नागरिक लगानी कोषकाे कार्यालयमा आगलागी

संरक्षणको पर्खाइमा सुदूरका तालहरू

संरक्षण नहुँदा डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् । स्थानीयस्तरबाट ताल संरक्षणका लागि समिति गठन गरी पहल गरेको भए पनि सरकारी उदासिनताका...

एक महिनादेखि लिबियामा ५ नेपाली ‘बन्धक’

लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा ५ जना नेपाली एक महिनादेखि बन्धक बनेका छन् । उनीहरु मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका थिए । लिबियाको सदरमुकाम त्रिपोलीबाट १८७ किलोमिटर दुरीमा रहेको मिस्रातामा रहेको एउटा भित्री वस्तीको घरमा आफूलाई राखिएको भन्दै पोखराका रन्जित केसीले उनका बाबुलाई खबर पठाएका छन्।...

चालु आर्थिक वर्षमै साढे दुई लाखलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा दुई लाख ३० हजार नयाँ रोजगारी सिर्जना हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आवको असार मसान्तसम्म दुई लाख ३० हजार रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको हो। मन्त्रालयका सहसचिव प्रकाश दाहालले दुई लाख ३० हजार जनाले असार मसान्तसम्म...

रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई २–० ले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन कासेमिरो र लुका मोड्रीचले एक–एक गोल गरे । जितसँगै रियाल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ भने सेभिया चौथो स्थानमा झरेको छ । ला लिगाअन्तर्गत गएराति भएका अन्य...

मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनोको बधाई

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई बधाई दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पामार्फत बिहीबार पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले आठौं पटक लिग च्याम्पियन बन्न सफल भएकोमा मनाङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्रावधिक टोली, मेडिकल टोली...

लडाकूहरुविरुद्धको जवाफी कारबाहीमा १३ को मृत्यु

म्यानमारको सेनाले १३ जना राखिने लडाकूहरु मारिएको शुक्रबार जनाएको छ । विद्रोहीहरुले यही महिनाको सुरुमा प्रहरी कार्यालयमा आक्रमण गरेकोमा त्यसको जवाफी कारबाही गर्दा उनीहरु मारिएको सैन्य अधिकारीहरुले जनाएका छन् । राखिने राज्यमा पछिल्ला केही हप्तामा नयाँ तहबाट हिंसात्मक घटनाहरु सुरु भएका छन् । राखिने बौद्धहरुको छुट्टै राज्य हुनु...

पछिल्ला परिघटनाले विवेकशील साझा पार्टी सुदृढ हुने विश्वास छः डा. सूर्यराज आचार्य(भिडियोसहित)

वैकल्पिक राजनीतिक शक्ति बनाउने अठोटसहित सत्र महिना अघि विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भयो । महाधिवेशनसम्म तत्कालीन दुवै दलका संयोजक रविन्द्र मिश्र र उज्जल थापा नयाँ पार्टीको संयोजक रहने गरी एकता घोषणा भयो । दुई वर्ष भित्रमा महाधिवेशन गर्ने सहमति भयो । वर्तमान नेपाली राजनीतिबाट आजित...