आफ्नै छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ…


आलोक यादव । आफ्नै छोरीको हत्या गरेको आरोपमा धनुषामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापडा बस्ने १६ वर्षीय सोनी मण्डलको हत्या गरेको आरोपमा प्रहरीले मण्डलकै आमा राज कुमारी मण्डललाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

घरायसी विवादकै क्रममा आमा छोरी बिच झगडा हुँदा आमाले घाँटी थिचेर छोरीको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । सोनीले आफुले चाहेको केटासँग विवाह गर्न आमाबुवासँग अनुरोध गर्दा आमाबुवाले नमानेको र पछि उनीहरुबिच विवाद बढदै जाँदा उनकी आमा राज कुमारीले रिसमा आएर आफ्नै छोरीको हत्या गरेको उपरीक्षक थपलियाले जानकारी दिए ।

घटनामा परिवारका अन्य सदस्यहरुको समेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको समेत उनले बताएका छन् ।


Related posts

Leave a Comment