एएफसी यु–१६ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र फिलिपिन्स खेल्दै


एएफसी यु–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स खेल्दैछन् ।आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनौट खेलमा नेपालले बुधबार फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३:३० बजे खेल हुनेछ । पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमा र मलेसिया छन् । उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ ।

छनौटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् ।

फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनौट भइसकेका छन् ।


Related posts

Leave a Comment