ए डिभिजन लिग : फ्रेन्ड्सले आर्मीलाई गोलरहित बराबरीमा रोक्यो


शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा नेपाल आर्मी क्लब फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । एकपछि अर्को आक्रामक खेल खेले पनि आर्मीले गोल गर्न भने सकेन । आर्मीले पहिलो हाफमा पाएको राम्रो अवसरलाई खेर फालेको थियो । दोस्रो हाफमा पनि आर्मीले थुप्रै अवसर खेर फालेको थियो ।

फ्रेन्ड्स क्लबले भने आर्मीविरुद्ध रक्षात्मक खेल खेलेको थियो । खेल अवधिभर आर्मीको झन्डै आधा दर्जन गोलमुखी प्रहार बचाएका देव लिम्बू खेलको म्यान अफ द म्याच घोषित भए । यस बराबरीसँगै आर्मीको ६ खेलमा ४ जित र २ बराबरीसँगै १४ अंक भएको छ । आर्मी अंक तालिकामा चौथो स्थानमा छ । यता फ्रेन्ड्सले भने ६ खेलमा ५ अंक जोडेको छ ।


Related posts

Leave a Comment