कपिलबस्तु जिल्ला अस्पतालमा औषधी अभाव


शम्भू माली
कपिलबस्तु, २४ कार्तिक

कपिलबस्तुमा अति आवश्यक सहीत आधा दर्जन बढी औषधीको चरम अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । ईमेरजेन्सीमा जिवन जल समेत नरेकाले साधारण बिरामीलाई उपचार गर्न समेत समस्या रहेको शैलेन्द्र गुप्ताले बताएका छन । अति आवश्यक औषधीको सुचीमा पर्ने सिटामोल, मेट्रो, हाईजिनक, कोट्रिम सहीतका औषधीहरु नपाए पछि बिरामीहरुको उपचारमा समस्या आएको हो ।
जिल्ला अस्पतालमा गरिब, बृद्ध, महिला, असहायको लागी ७० प्रकारको औषधी नि:शुल्क बितरण गर्ने, नेपाल सरकारको घोषणमा मात्र सिमित रहेको छ । जिल्ला बासीलाई नि:शुल्क औषधीको बारेमा जानकारी छैन । स्वास्थ्य संस्थामा समेत उपचारमा समस्या आएको छ । एक महिना यता अत्यावश्क सुचीमा पर्ने एक दर्जन प्रकारका औषधीहरुको अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सो औषधी न्युन मात्रामा भएकाले माग अनुसार जिल्लाका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा आपुर्ति स्वास्थ्य कार्यालयले गर्न सकेको छैन । गर्मीबाट जाडोको सिजन शुरु हुन लागेले झाडापखालका बिरामीको संख्या बढीरहेको बेला मेट्रो लगायतका औषधीहरु उपलब्ध नहुँदा उपचारमा निकै समस्या आएको सिहोखोर स्वास्थ्य चौकी अहेब केशव घिमिरे बताउछन् ।

सदरमुकाम तौलिहवासंग सटेको दक्षिणी गाबिसका स्वास्थ्य चौकीमा अत्यावश्यक औषधी नहुदा बिरामीहरुलाई उपचारमा समस्या आएको छ । ‘ स्वास्थ्य कार्यालयमा औषधी माग्न जादा साता दिन देखि रित्तो हात फर्कने गरेको गुनासो रगंपुरका बृद्ध बिन्द जयसवालले गरेका छन । स्वास्थ्य कार्यालयका भण्डारण शाखामा ती औषधीहरु सकिएकाले स्वास्थ्य चौकीमा माग अनुसार आपुर्ति गर्न नसकिएको हो । क्षेत्रीय मेडिकल स्टोर र केन्द्रमा समेत औषधी अभाव भएकाले समस्या आएको अस्पतालले बताएको छ । औषधीहरु तीन तीन महिनामा स्वास्थ्य कार्यालयले जिल्ला भरका सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउने गरेको छ । देशभर नै औषधी अभाव भएकाले कार्यालले समेत माग अनुसार स्वास्थ्य संस्थामा औषधी आपुर्ति गर्न नसकिएको स्वास्थ्य कार्यालयलका बरिष्ट जन स्वास्थ्य प्रशासक डा. योगेन्द्र प्रसाद भगतले बताएको छन् । आपुर्ति महाशाखा र क्षेत्रीय मेडिकल स्टोरले माग अनुसार सो औषधी जिल्लामा दिन नसकेकोले जिल्लमा समेत समस्या आएको छ । जिल्लामा समेत अझै औषधी खरिद समन्धी टेन्डर प्रकृया अघि बढाईएको छैन ।


Related posts

Leave a Comment