गुल्मीले गुमाऊनै नहुने तिन हस्तीहरु


बिजय ज्ञवाली |

गुल्मी जिल्लाको हकमा मात्र नभएर यि तिनैजना नेता केन्द्रिय राजनितिसंगै समग्र देशको लागी अति आवश्यक नेता हुन। एमाले सचिवद्वय क.प्रदीप ज्ञवाली र गोकर्ण विष्ट तथा कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारी केन्द्रिय राजनितिमा पनि उत्तिकै प्रभाव राख्दछ्न जति गुल्मीको समृद्धिमा यिनिहरुको योगदान छ। कुनै आग्रह पूर्वाग्रहविना निष्पक्ष भएर सोंच्ने हो भने यि तिनैजना नेताको एकआपसमा घनिष्ठ सम्बन्ध पनि छ। नेपालका लोकतान्त्रिक शक्ति होऊन या बामपन्थी शक्ति नै किन नहोऊन, समग्रमा पार्टिको नाम फरक रहेतापनि यि दूवैथरि शक्तिविचमा थुप्रै विषयहरुमा समानता रहेको छ।

पार्टिका कतिपय प्रभावशाली र उच्च पूँजीवाला नेताको दम्भ र आडम्वरता फरक भएतापनि वास्तवमा यि दुवै शक्तिईतरका राजनैतिक दलहरुको मूख्य आस्था भनेकै संसदिय लोकतान्त्रिक अभ्यासको निरन्तरता नै हो।

नेपालमा न नै वाम गठवन्धनको सरकारले अधिनायकवाद ल्याऊन सक्ने अवस्था छ, न नै कांग्रेसलगायतका प्रजातन्त्रवादी शक्तिहरुको एक्लो प्रयासले मात्र लोकतन्त्रको संरक्षण एवं संवर्द्द्वन सम्भव छ। दशकौं पहिलाका नारा आजको नेपाली समाजमा बिल्कूलै पचाऊन गाह्रो हुंदोरहेछ भन्नेकुरा नेपाली कांग्रेसका शिर्ष नेताले अव आईन्दा बुझेर बसेकै राम्रो हुनेछ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादूर देऊवा एवं उनका निकटस्थहरुबाट हालै सम्पन्न स्थानिय, प्रदेशसभा एवं प्रतिनिधिसभाको निर्वाचनमा वारम्वार दोहोर्याईरहेको शव्द हो,- “कम्यूनिष्टले जिते अधिनायकवाद आऊंछ।”

के हो त अधिनायकवाद ?

अधिनायकवाद अर्थात डिक्टेटरशिप त्यस्तो ब्यवस्थालाई भनिन्छ, जुन सेनाप्रमूख या शक्तिसम्पन्न राजनैतिक दलको कुनै ब्याक्तिले आफूमा अन्तर्निहित शक्तिको आडमा विद्यमान ब्यवस्थालाई लत्याऊंदै आफूअनूकुलको शक्ति प्रदर्शन गरेको हुन्छ। त्यस्तो ब्याक्ति या संस्थाले ब्यवस्था गरेको राज्य संचालन प्रणाली यौटा जवर्जस्ती हस्तक्षेपबाट मात्र सम्भव हुन्छ। यस्तो अवस्थालाई अर्को अर्थमा `कू´ पनि भन्ने गरिन्छ भने हस्तक्षेपकर्ताले राज्यको सम्पूर्ण शक्ति र अधिकार आफैमा केन्द्रित गरेको हुन्छ, जुन पछिल्लो समय तत्कालिन राजा ज्ञानेन्द्रले प्रयोग गर्ने दुस्साहस गरेका थिए, तर छोटै समयमै उनी असफल मात्र भएनन कि, साथमा २४० बर्षको ईतिहास बोकेको राजतन्त्र पनि समाप्तीको कारण बन्न पुग्यो। अर्कोतर्फ संसदिय लोकतान्त्रिक पद्धतिको उच्च अभ्यास गर्दै आएका बामपन्थी दलहरु जनताद्वारा अनुमोदित भएमा अधिनायकवाद आऊने हो या कुनै अमूक दल या गठवन्धनले जितेमा अधिनायकवाद आऊने अनि कांग्रेस नेतृत्वको गठवन्धनले जितेमा मात्र लोकतन्त्रको सुनिश्चित हुने हो र? हो, बिना कुनै चुनावी एजेण्डा यि र यस्तै हास्यास्पद तर्कको कारणले गर्दा नै २०७४ सम्म आईपुग्दा कांग्रेसले यसरि नराम्रोसंग हावा खानुपरेको मूख्य कारण हो।

कतिपय कांग्रेस नेताहरुले अझैपनि ग्लानी महसुस विल्कूल गर्दैनन। यसरि ग्लानी, आत्मालोचना तथा हिनतावोध नगर्ने नेताहरुमा प्रायश: उच्च खानदानीदेखि लिएर सत्ताको ईर्दगिर्दमा हालीमुहाली गर्ने र डन गुण्डा तथा राज्यका महत्त्वपूर्ण ठेक्कापट्टा हरु हात पार्ने तिनै उच्च तहका नेता नै पर्दछन। नामै किटेर भन्नुपर्दा यस्तो फेहरिस्त लामै पर्दछ। तर पनि प्रम तथा सभापती शेरवहादूर देऊवा, आरजु राणा, रामशरण महत, विमलेन्द्र निधि, कृष्ण सिटौला, अमरेश सिंहलगायतका कतिपय कूलिन वर्गका नेता अनि विचौलिया तथा सत्ताको ईर्दगिर्दमा रहंदै आएका यस्ता नेताले न त पार्टिले हार्नुको कारणवारे वहस गर्नेछन, न नै नैतिक जिम्मेवारी लिनेछन र न नै आगामी यात्रा सुधारको यात्रा तय गर्नेछन। बरु यि र यस्तै नेताहरुको कारण जिम्मेवारपूर्ण प्रतिपक्षको भूमिका निभाऊनमा पनि समग्र कांग्रेस पार्टि चुक्नेछ। जसको सिधा मार पार्टिका अन्य ईमान्दार नेता तथा कार्यकर्तामा पर्न जान्छ।

गुल्मी क्षेत्र नं. १ मा बाम गठवन्धनको तालमेल नभएको भए यसपाली पनि कांग्रेस नेता चन्द्र भण्डारीले बाजी मार्ने थिए। स्मरण रहोस, संविधानसभाको पहिलो निर्वाचनमा यस क्षेत्रवाट एमाले नेता क.प्रदिप ज्ञवालीले जितेका थिए भने संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेस नेता चन्द्र भण्डारीले बाजी मारेका थिए। यसपाली पनि यदि बाम गठवन्धन नभएको भए बाजी भण्डारीको पक्षमै जाने नतिजा सार्वजनिक भएको छ। यद्यपि नतिजा जे जस्तो भएतापनि गुल्मीमा यि तिनैजना नेताविच कहिल्ल्यै आरोप-प्रत्यारोप, गालीगलौज तथा छेंडाखानी सुनिएन। हरेक निर्वाचनहरुमा यि तिनैजना नेता शालिन, सभ्य र अति शिष्टपूर्वक उपस्थित हुन्छन।

यसपाली गुल्मी कांग्रेसको मत घट्नाको अर्को मूख्य कारण शिर्ष नेतृत्वको चरम बेईमानी एवं अलोकप्रीय कामको परिणाम नै हो, जसले गर्दा आफू त डुबे डुबे नै, ईमान्दार नेता तथा कार्यकर्तातहरुका जहाज पनि डुवाऊन पुगे।

गुल्मीको मतपरिणाम एमाले नेताद्वय प्रदिप ज्ञवाली र गोकर्ण विष्टको पक्षमा जानु पनि अत्यन्तै सुखद पक्ष हो। समग्रमा गुल्मीले यि तिनैजना नेता अत्यन्तै प्रभावशाली, बौद्धिक तथा विवेकी नेता पाएको छ। भलै चन्द्र भण्डारीको हकमा यसपाली केन्द्रिय अकर्मण्यताका कारण यथोचित न्याय नभएतापनि उनको केन्द्रिय राजनितिमा उपस्थिति उत्तिकै जवर्जस्त हुनेछ। जित या हारमध्ये एकमा त हर कसैले चित्त बुझाऊनु नै छ,साथै गुल्मीमा मतदानपश्चात यि तिनैजना नेताले एकसाथ भनेका छ्न- “जित हार जे भएतापनि जनताको अभिमतलाई सहस्र स्विकार गर्दछौं” भनेर।

यो नै सवैभन्दा ठूलो लोकतान्त्रिक उपहार हो आम जनताको लागी। किनकि नेपालका कतिपय अहंकारी नेताहरु आजका दिनसम्म पनि आफ्नो लज्जास्पद हार स्विकार्न तयार नभएका उदाहरण हामीसंग प्रशस्त छन। अव गुल्मीको विकाससंगै समग्र देशको समृद्धिका लागी विजेता मात्र होईन चुनावी परिणामले सोंचेअनुरुपको नतिजा दिन नसकेका अन्य नेतृत्वजनहरु सवैजना मिलेर एकरुपमा अंघाढि बढ्नुको विकल्प छैन। किनकि गुल्मीसंगै केन्द्रीय राजनितिमा समेत महत्वपूर्ण योगदान पुर्याऊंदै आएका यि तिन नेतात्रय गुमाऊनै नहुने नेतामध्येमा पर्दछन। किनकि यि तिन नेताहरु गुल्मीको लागी मात्र नभएर समग्र देशका उज्जवल तारा हुन।


Related posts

Leave a Comment