धनकुटामा ट्रयाक्टर दुर्घटना एक जनाको मृत्यु


धनकुटा नगरपालिका –२ भीरगाँउमा बिहीबार राति भएको ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाख्रिबास नगरपालिका घर भई हाल धनकुटा नगरपालिका ३ कागते बस्दै आएका ट्रयाक्टर सहचालक वर्ष ३१ को दिपक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। स्थानीय निबुवा खोलाबाट बालुवा लिएर आएकोे को २ त ६९७४ नम्बरको ट्रयाक्टर बाट बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको हाइड्रलिकबाट ट्रलि नझरेपछि हेर्ने क्रममा ट्रलि झरेर राई मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए। ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।


Related posts

Leave a Comment