दशैमा टीका प्रयोग गर्दा सावधान रहनुहोस् यस्तो समस्या देखा पर्न सक्छ


दशैंको टिकामा प्रयोग गरिने अबिरलगायत मर्करी राखिएको रङ लगाउँदा छाला तथा स्वास्थ्यमा निम्तिने खतराबाट पनि टाढा रहने र दसैँमा रातो टीका पनि लगाएर रमाइलो गर्ने कुनै विकल्प छैन ? यस प्रश्नमा स्किन प्रोफेसनलले मर्करीले पार्ने असरबारे व्याख्या गर्दै विकल्प पनि बताएका छन्ः ब्याट्री र थर्मोमिटरमा प्रयोग हुने मर्करी रातो रङमा मिसाइएको हुन्छ । यो निकै असरदार हुन्छ । त्यसैले सकेसम्म यसको प्रयोग नगर्नु नै उत्तम हुन्छ । मर्करीको असर संवेदनशील छालामा बाहिरै देखिन्छ । कठोर छालामा बाहिर नदेखिए पनि मर्करीको असर भित्रसम्म पुगेर दीर्घकालमा देखिन सक्छ । छालामा मर्करी परेपछि शतप्रतिशत रूपमा भित्र छिर्नबाट रोक्न मुस्किल पर्छ । यसले क्यान्सर गराउने, टाउको दुख्ने, डिप्रेसन गराउने, मिर्गौला बिगार्नेजस्ता समस्या निम्त्याउन सक्छ । मर्करीयुक्त रातो रङको विकल्पमा दसैँमा फलफूलबाट बनेका विभिन्न रङ पाइन्छन् । आफूलाई आवश्यक फ्लेबरको रङ प्रयोग गर्न सक्नुहुन्छ । यस्तो रंगले पनि संवेदनशील छालामा बाहिर असर गर्दैन नै भन्ने हुँदैन । तर, मर्करीले जस्तो भित्री असर भने निम्त्याउँदैन । मर्करी धोएर पनि छालाबाट हटाउन सकिँदैन । आँखाले देख्न नसक्ने छालाका प्वालबाट भित्र छिर्छ । मर्करीमिश्रित या अन्य जुनसुकै रङको टीका लगाउ“दा पनि असर कम गर्न छालामा केही मेकअप गर्नुपर्ने हुन्छ । यसका लागि सुरुमा टोनिक लगाउनुहोस् । टोनिक छालाको प्वालमा बसेर मर्करीलाई भित्र जान दिँदैन । टोनिकपछि मोस्चराइजर लगाएर सनब्लक पनि लगाउनुहोस् । सनब्लक ४० एसपिएफभन्दा माथिको प्रयोग गर्नुपर्छ । यसले घामबाट पनि छाला जोगाउँछ । यसपछि हल्का मेकअप गर्न सकिन्छ । अनि मात्रै टीका लगाउ“दा रङको असर छालाभित्र कम हुन जान्छ ।

Related posts

Leave a Comment