निर्मलाको लागि न्याय माग्दै राष्ट्रपति निवास अगाडि प्रदर्शन, १२ पक्राउ


निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति निवास महाराजगञ्ज अगाडि प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियान्ताहरुले राष्ट्रपति निवास अगाडि ‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गरेको भन्दै १२ जना अभियान्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई महाराजगञ्ज प्रहरी वृत्तमा लगिएको छ । उनीहरु शितल निवास अगाडिको सडकमा प्लेकार्डसहित प्रदर्शन गर्न भेला भएका थिए।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै देशव्यापी रुपमा दबाव कार्यक्रम गरिँदै आएको छ ।

पोल्याण्डको कातोबीचे शहरमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी भई राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार बिहान स्वदेश फर्केकी छन् । राष्ट्रपति निवास फर्कंदै गर्दा उनीहरुले उक्त क्षेत्रमा प्रदर्शन गरेका थिए।


Related posts

Leave a Comment