निर्मला बलात्कार र हत्याको बिरोधमा बिप्लव माओवादी उत्रियो


 

छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका बुबाले सुरु गरेका अनिश्चितकालीन धर्नामा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डिडी पाण्डेले एेक्यवद्धता जनाएका छन् ।

मंगलबार धर्ना स्थलमा पुगेर पाण्डेले ऐक्यवद्धता रहेको जनाएको हुन् ।

पुराना कम्युनिष्ट नेता पाण्डेले लामो समयसम्म पनि निर्मलाका हत्यारा सार्वजनिक नहुनु दुःखद भएको बताए ।

आईतबारदेखि निर्मला पन्तका अभिभावकले प्रशासनको मुल गेटमा टेन्ट टाँगेर २४ घण्टे अनिश्चितकालीन धर्ना दिँदै आएको छ ।,


Related posts

Leave a Comment