यसकारण बलिउड कलाकार राजपाललाई ३ महिना कैद


बलिउड कलाकार राजपाल यादवलाई चेक बाउन्स मुद्धामा दिल्लीको उच्च अदालतले तीन महिनाको कैद सजाय सुनाएको छ। ऋण लिएको पाँच करोड भारू रकम फिर्ता नगरेको उजुरीमा उनलाई सो सजाय सुनाइएको हो।उनले सन् २०१०मा व्‍यापारी सुरेन्दर सिंहसँग ५ करोडको ऋण लिएका थिए। उक्त रकम फिर्ता गर्दा यादवले एक्सिस बैंक मुम्बइको चेक सुरेन्दरलाई दिएका थिए र उक्त चेक सेप्टेम्बर २०१५ मा बैंकमा जम्‍मा गर्न जाँदा सो खातामा पैसा थिएन। चेक नसाटिएपछि यादवविरूद्ध सिंहले अदालतमा मुद्दा दर्ता गराएका थिए।राजपाल तथा उनको पत्नी मिलेर उक्त रकम सन् २०१० मा हिन्दी फिल्म ‘अता पता लापता’ निर्माणमा खर्च गरेका थिए।यसअघि अदालतमा यादवले १० करोड ४० लाख रकम फिर्ता दिने सहमति गरेका थिए तर सो रकम राजपालले चुक्ता नगरेपछि अदालतले उनलाई जेल पठाएको हो।यादव ट्रायल कोर्ट समक्ष एउटा सम्झौता रकम दिन तयार रहे पनि दिल्ली उच्च अदालतले उनीमाथि तीन महिनाको जेल सजायको फैसला सुनाएको हो।

 


Related posts

Leave a Comment