रुपन्देहीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु


रुपन्देहीको भैरहवामा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । प्रहरीले मारिनेमा तस्कर समूहको एक सदस्य रहेको दाबी गरेको छ ।

रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो । गोली लागेर एक जना प्रहरी घाइते भएका छन् ।

त्यसपछि जवाफी कारबाहीमा एक जना तस्करको मृत्यु भएको प्रहरीको भनाइ छ । मारिनेमा करीब ३०/३५ वर्ष उमेरका पुरुष छन् ।

प्रहरीको गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।


Related posts

Leave a Comment