सार्क सम्मेलनमा पाकिस्तान नजाने भारतको पुरानै अडान


पाकिस्तानमा हुने दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सम्मेलनमा सहभागी नहुने आफ्नो अडानलाई भारतले फेरि दोहोर्‍याएको छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफूहरुले उठाउँदै आएको विषयलाई सम्बोधन नहुन्जेल पाकिस्तानमा हुने सार्क सम्मेलनमा सहभागी नहुने बताएकी हुन्। स्वराजले भारतमा पाकिस्तानले आतंकवादी गतिविधि नरोकेसम्म कुनै पनि संवाद र सार्कमा भारत सहभागी नहुने बताइन्। भारतको व्यवहारका कारण पछिल्लो समय दक्षिण एशियाली यो क्षेत्रीय मञ्च निस्प्रभावी बन्दै गएको छ। यसअघि पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ताले सार्क सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो पठाउने बताएको थियो। पाकिस्तानको राजधानी इस्लामावादमा २०७३ कातिक ३० देखि मंसिर १ हुने शिखर सम्मेलनमा भारतले सहभागि नहुने नजाएपछि स्थगित भएको थियो। भारतले उरीस्थित आफ्नै सैनिक शिविरमा पाकिस्तानबाट आएका लडाकुहरुले आक्रमण गरेको भन्दै सीमापार आतंकवादी गतिविधि नरोकेसम्म इस्लामावादमा हुने सार्क शिखिर सम्मेलनमा सहभागी नहुने अडान राख्दै अएको छ।

सार्कमा सम्मेलनमा वा कुनै पनि प्रस्ताव पारित हुनका लागि सर्वसम्मत निर्णय हुन आवश्यक छ। कुनै एक देशले सम्मेलनमा सहभागी नहुने जनाउ दिएपछि बैठक स्थगित हुन्छ। यसअघि २०७१ मंसिर १० र ११ मा अठारौं शिखर सम्मेलनमा नेपालमा भएको थियो।


Related posts

Leave a Comment