हाम्रो बारेमा


अन्नपूर्ण टेलिभिजन नेपाली अनलाइन मिडियामध्ये सबैभन्दा ठुलो नेटवर्क भएको टिभी अन्नपूर्ण डट.कम मार्फत प्रसारण हुने नेपालकै पहिलो अनलाइन टेलिभिजन हो । ३ वर्षअघि नेपाली अनलाइन मिडियामा पहिलो पटक भिडियोसहित समाचार प्रसारणको थालनी गरेको टिभी अन्नपूर्ण डटकम गएका तीन वर्षमा मूलधारको लोकप्रिय अनलाइनका रूपमा स्थापित भएको छ । टिभी अन्नपूर्णको सहकार्यमा अहिले दुईवटा क्षेत्रीय टेलिभिजन, ३ वटा एफ एफ रेडियो र अन्य तीन वटा अनलाइन न्युज पोर्टल सब्सीडरी मिडियाका रूपमा प्रसारणमा छन् । अनलाइन मिडिया सोसाइटीमा आबद्ध टिभी अन्नपूर्णले आर्थिक समाचार डटकम मार्फत आर्थिक गतिविधि समेत प्रसारण गदै आएको छ । टिभी अन्नपूर्ण वेबसाइट, फेसबुक, ट्विटर, यूटुयुव, गुगल प्लेस्टोरमा एन्ड्रोइड र आईओएस मात्रै होइन विन्डोज मार्फत देशबिदेशका ४ लाख स्मार्ट टेलिभिजन सेटमा समेत प्रसारण हुन्छ । नेपाली अनलाइन मिडियामा लाइभ टेलिभिजनसहितको पहिलो र एक्सक्लूसिभ न्युज पोर्टलका रूपमा स्थापित टिभी अन्नपूर्णको एक्सक्लुसिभ कार्यक्रम ‘सरकार कहाँ छ ?’ टिभी अन्नपूर्ण र आर्थिक टिभीसँगै अहिले देशका ३ वटा क्षेत्रीय टेलिभिजन र १६ वटा एफएम रेडियो मार्फत प्रसारण हुन्छ ।

About TV Annapurna
About TV Annapurna