१३ वर्षीया विद्यार्थी बलात्कारको आरोपमा शिक्षक पक्राउ


कैलाली ।
१३ वर्षीया बालिकालाइृ बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको छ । बर्दियाको ठाकुरद्वारमा बनभोज गएको बेला बालिका बलात्कार गरेको अभियोगमा आदर्शमाध्यमिक विद्यालय बौनियाका शिक्षक नारायण चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । बिहीवार पिक्निकमा गएका चौधरीले राति अबेर कक्षा आठमा अध्ययनरत बालिकालाई घर पु¥याउने क्रममा बाटोमा जबरजस्ती गरेको आरेपमा पक्राउ गरिएको हो । उनलाइृ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखड पठाइएको छ ।


Related posts

Leave a Comment