मोहन्याल आर्थिक अनियमितता प्रकरणः उपप्रमुख पूजा मगरमाथि नैतिक प्रश्न


कैलालीको मोहन्याल गाउँपालिकामा भएको भनिएको आर्थिक अनियमितताका विषयमा वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । गत पुस १० गते गाउँपालिका उपाध्यक्ष पूजा मगरले गाउँपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् । उनले आर्थिक वर्ष २०७४/०७५ को बजेटमा गाउँपालिका प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र केही वडाध्यक्षको मिलेमतोमा अनियमितता भएको आरोप लगाएकी थिइन् । जसमा केही कार्यपालिका सदस्यहरू पनि थिए । बुधवार ६ जना वडाध्यक्षहरुले विज्ञप्ति जारी गर्दै उक्त विषयमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै गम्भीर ध्यानआकर्षण भएको जनाएका छन् । सात वटा वडा रहेको मोहन्यालका वडा नम्बर ६ का अध्यक्ष टिकाराम भण्डारी बाहेकका ६ जना वडाध्यक्षहरुले विज्ञप्ति जारी गरेका हुन् ।


न्यायिक समितिकी संयोजक, योजना तथा कार्यक्रम अनुगमन समितिको संयोजक रहेकी उपप्रमुखले नै अनियमितता भएको भए कारबाहीको दायरामा ल्याउनुको सट्टा पत्रकार सम्मेलन गर्नुले पदीय दायित्व तथा नैतिकतामा नै प्रश्न उठेको आरोप विज्ञप्तिमा लगाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडाध्यक्षलाई कुनै आर्थिक अधिकार नदिएको उल्लेख गर्दै विकास निर्माणका सम्पूर्ण काम उपभोक्ता समिति मार्फत गरिएकोले आफूहरूको कुनै संलग्नता नरहेको दाबी विज्ञप्तिमा गरिएको छ ।


उपप्रमुखबाट पूर्वाग्रही रूपमा वडाध्यक्षहरुको राजनीतिक भविष्य बदनाम गर्ने र चरित्र हत्या गर्ने काम भएको भन्दै त्यसको घोर भ्रत्सना गरेका छन् । गाउँपालिकालाई असफल बनाउन केही सीमित व्यक्तिको स्वार्थमा उपप्रमुखलाई प्रयोग गरिएको आरोप वडाध्यक्षहरुको आरोप छ । साथै वडाध्यक्षहरुले सम्पूर्ण योजना तथा कार्यक्रमको छानबिन गर्न समेत माग गरेका छन् ।
साथै उनीहरूले एक अमुक सञ्चार माध्यमलाई पत्रकारिताको आडमा ब्याक्मेलिङ गरेको आरोप समेत लगाएका छन् ।

मोहन्यालसँग सम्बन्धीत यी समाचार पनि हेर्नुहोसः

-गाउँपालिका कर्मचारीकै मिलेमतोमा कामै नगरी लाखौँ रुपैयाँ स्वाहा

 बजेट बाँडफाँडको विषयमा मोहन्याल गाउँपालिका प्रमुख र वडाध्यक्ष विभाजित, गाउँसभा अनिश्चित

-कैलालीको मोहन्यालका बासिन्दा न्यूनतम सुविधाबाट वञ्चित

-सिंहदरबारको अधिकार गाउँगाउमा, गाउँपालिका कार्यालय राजधानीमा

-फ्लोअप: बाटोमै रोकिएको सिंहदरबार कहिले पुग्ला गाउँगाउँमा ? कार्यालय अझै राजधानीमै

-समाचार प्रभाव : मोहन्यालमै पुग्यो गाउँपालिकाको अस्थायी कार्यालय (हाल राजधानीमै)

-गाउँमा पानीको हाहाकार, खोलाको दुषित पानी पिउँदै स्थानीय

-मोेहन्यालमा एसईई परीक्षा केन्द्र माग

-राष्ट्रिय जनावरको विजोग, व्यवस्थापनमा उदासीनता

 

 

 


Related posts

Leave a Comment