त्रियुगा नगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने


अभिमन्यु लामीछाने, उदयपुर ।
त्रियुगा नगरपालिकाका नगरपालिकाले नगर क्षेत्रका सुत्केरी महिलाहरूलाई एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी थालेको छ । घरघरमा नै प्रसूति हुने क्रमलाई घटाउन सुत्केरी महिलालाई स्वास्थ्य संस्था सम्म लैजान एम्बुलेन्सको खर्च दिन लागेको प्रमुख बलदेव चौधरीले बताए ।
त्रियुगा नगरपालिका वडा नम्बर १२ ले आयोजना गरेको ज्येष्ठ नागरिक, एकल महिला, र अपाङ्गता भएका व्यक्तिहरूलाई जाडोको मौसम भएकाले एक/एक वटा बल्यानकेट र एक/एक वटा जुस दिएर सम्मान गरेका नगर प्रमुख चौधरीले देश निर्माणको अभियानमा सबै एक भएर जुट्नु पर्ने बताए । राज्यले अवलम्बन गरेको सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा सबैको योगदान हुनु पर्नेमा जोड दिएका थिए । यसका लागि सबैले आ आफ्नो क्षेत्रबाट सकेको योगदान गर्न आग्रह गरे ।
उनले भने, कानुनको नजरमा सबै नागरिक बराबर छ । जिम्मेवारीको हिसाबले कसैलाई के जिम्मेवारी कसैलाई के जिम्मेवारी दिएको मात्र हो । कानुनले सबैलाई समान दृष्टिले हेर्छ । हामी नयाँ संरचना गएकाछौं, कानुनी रूपमा केही समस्याहरू भएकाले हामीले चाहेको जस्तो काम गर्न सकेका छैनौँ । कानुन बन्दै छ केही बन्ने क्रममा छ केही बनी सकेको छ र बिस्तारै बन्दै जाने क्रममा भएकाले यो बिचमा केही समस्या आउनु स्वाभाविक हो । अब बन्ने कानुनमा सबै नागरिकले रोजगारी पाउने ग्यारेन्टी हुनेछ । नगरपालिकाले दिगो विकासलाई ध्यानमा राखेर योजनाहरू निर्माण गर्ने क्रममा रहेको छ । त्यसका लागि सबैले सहयोग गर्न समेत मेयर चौधरीले आग्रह गरे ।
नगर क्षेत्र भित्रका ज्येष्ठ नागरिकहरूलाई घरघरमा पुगी सामान्य स्वास्थ्य उपचार गर्ने व्यवस्था गर्न लागेको स्पष्ट पारे ।


Related posts

Leave a Comment