सरकारको ‘क्लिन फिड’ नीति तत्काल लागु नहुने (विज्ञप्ती सहित)

सरकारको ‘क्लिन फिड’ नीति तत्काल लागु नहुने (विज्ञप्ती सहित)

काठमाडौं । अन्ततः नेपालमा प्रशारण गरिने विदेशी टेलिभिजन च्यानलमा विज्ञापन रहित नीति सरकारले तत्काल लागु नगर्ने भएको छ । बिहीबार मात्रै गोरखापत्रमा सूचना प्रकाशित गरेर साउन १ गतेदेखि लागू हुनेगरी सो नीति लागू गरिने भनिएको भएपनि शुक्रबार राती मन्त्रालयले विज्ञप्ती जारी गरी यो नीति हालका लागि स्थगित गरिएको जनाएको छ । मन्त्रालयले कतिपय कार्यहरु सम्पादन गर्न बाँकी रहेको बताउँदै तत्कालका लागि यो व्यवस्था स्थगित गरिएको जनाएको छ । व्यवसायीहरुले सरकारले उक्त व्यवस्था नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित रहेको भन्दै सो निर्णय फिर्ता लिन दबाब दिँदै आएका…

Read More

फिलिपिन्सका लागि नेपालका राजदूत बस्न्यातद्वारा नेपालमा लगानी गर्न आग्रह

फिलिपिन्सका लागि नेपालका राजदूत बस्न्यातद्वारा नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । फिलिपिन्सका लागि नेपालका राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले फिलिपिन्सका उद्यमी तथा व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले फिलिपिन्सको मनिलामा आज आयोजना गरेको लगानी तथा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रममा उहाँले आशलाग्दो आर्थिक वृद्धिदर तथा जनताको लगानीप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्नुभयो । कार्यक्रममा राजदूत बस्न्यातले नेपालको प्रचुर पर्यटकीय सम्भाव्यता, सुधारोन्मुख लगानीमैत्री वातावरण, सहज लाभांश तथा नाफा फिर्ता प्रक्रियाका कारण नेपाल उत्कृष्ट लगानी गर्ने गन्तव्य भएको बताउनुभएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

Read More

स्थानीय बिकास मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ९९ दशमलव १ प्रतिशत

स्थानीय बिकास मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ९९ दशमलव १ प्रतिशत

काठमाडाैँ । संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयले चालू आर्थिक बर्षको कुल बिनियोजीत बजेटमध्ये ९९ दशमलव १ प्रतिशत चालु खर्च भएको जनाएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दे उपप्रधान एवं स्थानीय बिकास मन्त्री बिजय कुमार गच्छदारले पुजीगत तर्फ ७२ दशमलव ८७ प्रतिशत खर्च भएको समेत बताउनुभयो । त्यस्तै बेरुजु फछ्र्यौट ४८ दशमलव ६० प्रतिशत भएको मन्त्रालयले जनाएको छ । चालू आर्थिक बर्षमा भएका प्रगती बिवरण सार्वजनिक गर्दे मन्त्रालयले पूर्वाधार बिकास तथा सामाजिक सुरक्षा लाभग्रहीतर्फ महत्वपूर्ण कार्य सम्पन्न भएको जनाएको छ । पत्रकार सम्मेलनमा मन्त्री गच्छदारले संबिधानले परिकल्पना गरेअनुसारको प्रदेश…

Read More

विभिन्न साहित्यकार पुरस्कृत

विभिन्न साहित्यकार पुरस्कृत

विराटनगर । विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न साहित्यकारहरुलाई पुरस्कृत गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्तीका अवसरमा साहित्यकारहरुलाई पुरस्कार समर्पण गरेको हो । प्रतिष्ठानले साहित्यकार प्रा. चूडामणि रेग्मीलाई दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार, डा. तुलसी भट्टराईलाई लीलानाथ विश्व मञ्जरी प्रतिभा पुरस्कार र श्रीओम श्रेष्ठ ‘रोदन’लाई ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार समर्पण गरिएको थियो । पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ र ताम्रापत्र रहेको प्रतिष्ठानका सहसचिव दिङ्लाली कान्छोले जनाए । त्यस्तै २१ हजार रुपैयाँ राशिको धर्म संस्कृतिसँग सम्बन्धित विराटलक्ष्मी बैंक प्रतिभा पुरस्कार पण्डित भवनाथ खतिवडालाई प्रदान गरियो । समारोहमा ‘बुधनको घोडी’…

Read More

सहकारी आर्थिक विकासको मेरुदण्ड: प्रधानमन्त्री देउवा

सहकारी आर्थिक विकासको मेरुदण्ड:  प्रधानमन्त्री देउवा

ललितपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी आर्थिक विकासको मेरुदण्ड भएको धारणा राख्नुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको नवनिर्मित आधुनिक भवनको यहाँ आज उद्घाटन गर्दै उहाँले ‘जहाँ अवसर त्यहाँ चुनौती’ भएजस्तै सहकारीको मर्यादित विकास आजको आवश्यकता रहेको औँल्याउनुभयो । प्रधानमन्त्री देउवाले सहकारी क्षेत्रको विकासमा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको योगदानको चर्चा गर्दै उहाँको प्रधानमन्त्रीत्वकालमा विसं २०१६ मा पहिलो सहकारी ऐन आएको बताउनुभयो । रु १६ करोड ६६ लाख ५४ हजारको लागतमा बनेको उक्त भवन सात तले रहेको छ र एक रोपनी क्षेत्रफलमा छ । टेलिभिजन तथा रेडियो स्टेशन, तालीम तथा सभाहलसहित अत्याधुनिक सो भवनलाई…

Read More

नयाँ कर्मचारी भर्ना गर्न लोकसेवाले कार्यतालिका सार्वजनिक गर्यो

नयाँ कर्मचारी भर्ना गर्न लोकसेवाले कार्यतालिका सार्वजनिक गर्यो

काठमाडौं । एक चरणमा निजामति र अर्को चरणमा चाहिँ सुरक्षा निकाय तर्फ कर्मचारी भर्ना गर्ने गरि लोक सेवा आयोगले कार्य तालिका सार्वजनिक गरेको छ । कार्यतालिमा नयाँ भर्ना, बढुवा, आन्तरिक प्रतिस्पर्धा लगायतको लागि समय निर्धारण गरिएको छ । संसदमा कर्मचारी समायोजन विधेयक पेश भइसकेको अवस्थामा पनि लोक सेवाले चाहिँ आफ्नो नियमित कार्यतालिका प्रकाशन गरेको हो । संसदमा यसै साता पेश भएको कर्मचारी समायोजन विधेयक पारित भएमा आउँदो एक वर्ष नयाँ कर्मचारी भर्ना रोकिने छ । कर्मचारी भर्नाको लागि सरकारले नै लोक सेवा आयोगलाई अनुरोध गर्ने भएकोले सरकारले उक्त अनुरोध नगरेमा…

Read More

सामाजिक सञ्जाल प्रयोगकर्तालाई ओलीको प्रहार !

सामाजिक सञ्जाल प्रयोगकर्तालाई ओलीको प्रहार !

काभ्रे। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रजातान्त्रिक अभ्यास भएको देशमा पनि सामाजिक सञ्जालमार्फत् लोकतन्त्रको दुरुपयोग भएको बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रथम नगरसभालाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भने–‘सामाजिक सञ्जाल पक्कै पनि अलिअलि भएपनि पढे–लेखेकैले प्रयोग गर्छन् तर उनीहरुको शब्द हेर्दा कुनैपनि हिसाबबाट शिक्षित भन्न मिल्दैन ।’ अर्काे प्रसंगमा उनले लोकतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट नै व्यावहारिक अभ्यासको आवश्यकता रहेको बताए । पुरानो इतिहास बोकेको पनौतीमा जलविद्युत्, पर्यटनलगायत विभिन्न क्षेत्रमा प्रशस्त सम्भाव्यता रहेको र प्राकृतिक दृष्टिकोणले पनि निकै सुन्दर भएकाले यहाँको विकासका लागि नयाँ स्थानीय नेतृत्वले अग्रणी भूमिका…

Read More

महाकाव्य ‘रापती’ सार्वजनिक

महाकाव्य ‘रापती’ सार्वजनिक

काठमाडौं । कवि नीलमकुमार न्यौपानेद्वारा लिखित महाकाव्य ‘रापती’ शुक्रबार (आज) सार्वजनिक भयो । राप्तीका विकट जिल्लामा आधारित सो कृतिमा पश्चिम नेपालको प्राकृतिक सम्पदा, सामाजिक तथा भौगोलिक परिवेशका साथै ऐतिहासिक पक्ष समेटिएको छ । मिडिया स्कूलद्वारा आयोजित लोकार्पण कार्यक्रममा लेखककी आमा भैरवी र प्रकाशक संगीता न्यौपानेकी आमा सावित्री ढुंगेलले संयुक्त रुपमा कृति लोकार्पण गरेका हुन् । पेशाले निजामती कर्मचारी न्यौपानेको यो १४ औं कृति हो । कवि रमेश खकुरेल, समीक्षक ज्ञाननिष्ठ ज्ञवाली, सुरेश सत्याल, पं.चेतोनाथ शर्मा र पेक्षा लम्सालले कृतिमाथि चर्चा गरेका थिए ।

Read More

कामपाको नगरसभा शनिबार पनि

कामपाको नगरसभा शनिबार पनि

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रथम नगरसभाको बैठक शनिबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको छ । सभाको पहिलो दिन शुक्रबार १९ बुँदे नीति तथा कार्यक्रम भने पारित भएको छ । शनिबार आर्थिक र विनियोजन विधेयकमाथि छलफल हुन सकेमा कामपाको बजेट पारित हने कामपाका सन्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिए । सभाको पहिलो दिन शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत् गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले इ–ट्वाइलेट निर्माण, भर्टिकल र अन्डरग्राउन्ड कार पार्किङ तथा आधुनिक र सुविधायुक्त बससेवा सन्चालनमा ल्याइने बताए ।

Read More

तीन महिनामा बस्नुपर्ने बैठक चार वर्षमा तीन पटक

तीन महिनामा बस्नुपर्ने बैठक चार वर्षमा तीन पटक

काठमाडौं | सामाजिक न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयमा आवश्यक चासो नदिएको भनी सरकारको आलोचना गरेको छ । प्रतिवेदन कार्यान्वयनका लागि सिफारिश गरिएको प्रतिवेदन १४ प्रतिशत मात्र कार्यान्वयन हुने गरेका घटनाले मानवाधिकारको विषयलाई सरकारले बेवास्ता गर्दै आएको पुष्टि भएको समितिले निष्कर्ष निकालेको छ । आयोगको प्रतिवेदनमा सिफारिश गरिएका ३७ प्रतिशत विषयलाई लामो समयदेखि सम्बोधन नगरिएको भनी बैठकमा तथ्याङ्कसहितको प्रतिवेदन पेश गरियो । मानवअधिकार राष्ट्रिय कार्यान्वयन समितिको प्रत्येक तीन महिनामा एक पटक बस्नुपर्नेमा बैठक पछिल्लो चार वर्षमा तीन वटा मात्र हुनु भनेको मानवाधिकार विषयमा ध्यान पु¥याउन नसकेको भनी…

Read More