पुरुषको भन्दा महिलाको दिमाग बढी सक्रिय हुन्छ, कसरी ?

पुरुषको भन्दा महिलाको दिमाग बढी सक्रिय हुन्छ, कसरी ?

एक अध्ययनले महिलाहरुको दिमाग पुरुषको भन्दा बढी सक्रिय हुने देखाएको छ । महिलाको दिमाग पुरुषको तुलनामा विशेषगरी ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा बढी सक्रिय हुने गर्छ । अध्ययनमा ४६ हजार ३४ मस्तिष्कको इमेजिङ अध्ययन गरिएको थियो । जसमा महिलाको दिमाग पुरुषको तुलनामा केही क्षेत्रमा बढी सक्रिय भएको पाइयो । अमेरिकामा अमेन क्लिनिक्सका संस्थापक तथा लेखक डेनियल जी अमेनले लैङ्गिक आधारमा मस्तिष्कको सक्रियता पनि फरक पाइएको बताएका छन् । जर्नल अफ अल्जाइमर डिसीजमा प्रकाशित लेखमा उनले भनेका छन्, ‘हामीले पुरुष र महिलाबीचका यस्ता भिन्नता पहिचान गरेका…

Read More

अम्बे सिमेन्ट प्रालीको इजाजत रद्द

अम्बे सिमेन्ट प्रालीको इजाजत रद्द

काठमाडौँ  |  नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द गरेको छ । प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आज आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालिले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिए ।

Read More

तीन घरमा आगलागी, ३५ लाखको क्षति

तीन घरमा आगलागी, ३५ लाखको क्षति

ताप्लेजुङ | ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिकामा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । विद्युत् प्रवाह भई आगलागी हुँदा उक्त गाउँपालिका– ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दिउँसो करिब ३ः३० बजेको समयमा देउमानको घरमा विद्युत् प्रवाह भई आगलागी शुरु भएको र नजिकै रहेका अन्य घरमा समेत आगलागी भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आगलागीले घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपात, गरगहना लगायतका सामान जलेर नष्ट भएको छ । तीनवटै…

Read More

‘इण्डोनेशिया–नेपाल सम्बन्ध अद्वितीय’

‘इण्डोनेशिया–नेपाल सम्बन्ध अद्वितीय’

काठमाडौँ । नेपालका लागि इण्डोनेशियाका राजदूत रिना प्रित्यासमियर्सीले इण्डोनेशिया–नेपाल सम्बन्ध अद्वितीय रहेको चर्चा गर्दै पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपालका लागि इण्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले आज साँझ यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा राजदूत प्रित्यासमियर्सीले नेपालसँगको सम्बन्धलाई आफ्नो मुलुकले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । अवैतनिक वाणिज्यदूत ढकालले द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि आफू लागिपरेको बताउँदै दुई मुलुकबीचको जनस्तरको सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतको कार्यालयबाट हरसम्भव प्रयास भइरहेको जानकारी दिनुभयो । उक्त समारोहमा संवैधानिक नियोगका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, उद्योगपति, व्यापारीको…

Read More

बरम्ची खोला आयोजनाबाट विद्युत उत्पादन सुरु

बरम्ची खोला आयोजनाबाट विद्युत उत्पादन सुरु

२०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन सुरु भएको छ । खोलामा पानी घटेको कारण हाल १ दशमलब ८ देखि २ मेगावाट विद्युत उत्पादन भइ लामोसाँघुस्थित सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख एम थापाले जानकारी दिनुभयो । निजी क्षत्रको युनिक हाइडेल प्रालिद्वारा निर्माण भएको सो आयोजना ४ दशमलब २ मेगावाट क्षमताको छ । जुगल गाउँपालिकाअन्तर्गत साविक बरम्ची गाविसस्थित बरम्ची खोलामा सञ्चालित क्षतिग्रस्त सो आयोजनालाई मर्मत गरी २०७३ साउन ४ गते सञ्चालनमा ल्याइए पनि बाढी र पहिरोले तीन दिनपछि आयोजनालगायत सर्वसाधारणको कैयौं…

Read More

विस्फोटमा परी कम्तिमा ६ जनाको मृत्यु, ८ घाइते

विस्फोटमा परी कम्तिमा ६ जनाको मृत्यु, ८ घाइते

पाकिस्तान । पाकिस्तानको उत्तरी वाजिरिस्तानमा मंगलबार विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । स्थानीय सन्चारमाध्यमले जनाएअनुसार विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका छन् । सडक किनारामा मोटरसाइकल पार्क गरी राखेको स्थानमा विछ्याइएको विस्फोटक पदार्थ तीनजना सामान्य नागरिकसहित आएको एउटा सैनिक गाडीलाई लक्षित गरी पड्काइएको एक प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे थप विवरण आउन केही समय लाग्ने स्थानीय प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी समाचार तयार पार्दासम्म कुनै समूहले लिएको छैन । File Photo

Read More

चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ

चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ

इलाम | निर्वाचन विरोधी गतिविधिसहित चन्दा असुल्दै गरेको अवस्थामा प्रहरीले इलामबाट १२ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा इलाममा मंगलबार जिल्ला बाहिरका १२ जनालाई भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित मंगलबारेबाट पक्राउ गरेको हो । गोर्खे प्रहरी चौकीबाट खटेर गएको प्रहरीको टोलीले गोर्खेस्थित सिंहदेवी मतदान केन्द्र आसपासका स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा पूर्व नेपाली सेनासहित १२ जनालाई पक्राउ गरेको इलामका प्रमुख एसपी विपीन कर्मचार्यले बताउनुभयो । पक्राउ पर्नेमा नेपाली सेनाका भूपू जागिरे चितवनका ५१ वर्षीय वसन्तबहादुर बराल, चितवनकै ४९ वर्षीय मुक्तिनाथ अधिकारी, तनहुँका २८…

Read More

निर्वाचन केन्द्र तोकिएकै विद्यालयमा बम विस्फोट

निर्वाचन केन्द्र तोकिएकै विद्यालयमा बम विस्फोट

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्कोवाचनका लागि मतदान केन्द्र तोकिएको विद्यालयमै बम विस्फोट भएको छ। धनुषाको क्षरेश्वरनाथ नगरपालिकामा पर्ने क्षिरेश्वर जनता उच्च माध्यामिक विद्यालयमा बम विस्फोट भएको हो। बम विस्फोटबाट विद्यालयको पर्खालमा क्षतिसागै स्थानीयलार्इ त्रसित बनाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। चुनावका लागि उक्त विद्यालयमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो।

Read More

काँग्रेस कार्यकर्ताहरुले मतदातालाई कुखुरा बाँड्न खोज्दा झडप, एक जना गम्भिर घाईते

काँग्रेस कार्यकर्ताहरुले मतदातालाई कुखुरा बाँड्न खोज्दा झडप, एक जना गम्भिर घाईते

अखिलेश यादव, रौतहट | जिल्लाको गढी माई नगरपालिका—६ धरमपुरमा नेपाली कांग्रेस र र राजपाका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेसका प्रतिनिधि सभाका सदस्य कृण्णा यादवको नेतृत्वमा गएका कार्यकर्ताहरुले धरमपुरमा ६ मा कुखुरा वितरण गर्न खोजेपछि राजपाका स्थानीय नेताहरुले विरोध गरेका थिए । राजपना नेताहरुका अनुसार मौन अवधिमा कुखुरा बाँड्न खोजेपछि झडप भएको हो । झडपमा परि राजपाका नेता बिसमर राय यादव खुट्टा र हातमा गम्भिर चोट लागेको छ । घटनास्थलमा अहिले प्रहरी पुगेको छ । प्रहरीले नेपाली काँग्रेसका तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय लालबाबु राय यादव…

Read More

आगामी ३ दिनको मौषमः हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा वर्षा हुने, चिसो अझै बढ्ने

आगामी ३ दिनको मौषमः हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा वर्षा हुने, चिसो अझै बढ्ने

आगामी तीन दिन अझै चिसो बढ्ने मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दक्षिणपूर्वी अरब सागरको शक्तिशाली सामुन्द्रिक चक्रवतको प्रभावले हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि देखिएको छ । महाशाखाले त्यस अवधिमा पर्वतारोसहिमा असर पर्ने भएकाले विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ । महाशाखाका अनुसार आज पश्चिम क्षेत्रमा सामान्यतया बदलि हुने छ । भने पश्चिमी र मध्य हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको छ । पश्चिमका एक दुई स्थानामा फाट्टफुट्ट वर्षा हुने बताईएको छ । त्यस्तै भोली पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका धेरै स्थानमा…

Read More