डा.केसीको १४औ अनसन भोली तोड्न ५ बुँदे सहमति

डा.केसीको १४औ अनसन भोली तोड्न ५ बुँदे सहमति

पाँच दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीले भोलि अनसन तोड्ने भएका छन्।  अनसन तोडाउन त्रिवि शिक्षण अस्पतालमा पुगेका स्वास्थ्यमन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग वार्ता गरी डा केसीले भोलि अनसन तोड्ने भएका हुन्। त्यस्तै डा केसीले मन्त्री बोहोरासँग ५ बुँदे सहमति गरेका छन्।  मन्त्री बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको काम हुने भएकाले अनसन अन्त्य गर्न आग्रह गरेका थिए।

Read More

६ देशका भूउपग्रहसहित भारतले पहिलोपटक अन्तरिक्षमा रकेट पठायो

६ देशका भूउपग्रहसहित भारतले पहिलोपटक अन्तरिक्षमा रकेट पठायो

भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको बताइएको छ। ती रकेटमा भारत बाहेकका अरु विभिन्न छ वटा देशका भूउपग्रह पनि रहेका समाचारमा जनाइएको छ। यो अन्तरिक्षयान नक्साङ्कन र चित्राङ्कन गर्ने खालको हो। भारतीय सरकारको मातहतमा रहेको अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ। मुख्यरूपमा पृथ्वीको अवलोकन गर्ने बताइएका ती भू–उपग्रह संयुक्त राज्य अमेरिका, क्यानेडा, दक्षिण कोरिया, ब्रिटेन, फ्रान्स र फिन्ल्याण्डका पनि रहेका छन्। भू–उपग्रहलाई पृथ्वीको अवलोकनका अतिरिक्त सञ्चार सम्पर्कका लागि…

Read More

राष्ट्रियसभाको निर्वाचनका लागि २१ दल दर्ता

राष्ट्रियसभाको निर्वाचनका लागि २१ दल दर्ता

निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन्। आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो। राष्ट्रियसभाका लागि यही पुस १४ देखि २८ गतेसम्म दिइएको दल दर्ता समयमा २१ वटा पार्टीले दर्ता गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। उनका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपालसहित २१ दलले दल दर्ता गराएका हुन्। यसैगरी नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी,…

Read More

भारतीय रेलभित्र ६५ करोड बराबरको गाईको गोबार

भारतीय रेलभित्र ६५ करोड बराबरको गाईको गोबार

भारतीय रेल विभागले यात्रुको दिशापिसावमार्फत बायोग्याँस उत्पादनका लागी झण्डै ६५ करोडको गाईको गोबार खरिद गर्ने तयारी गरेको छ । दैनिक भाष्करमा प्रशारित समाचारअनुसार रेल विभागलाई यो कामका लागी झण्डै ३३ सय ५० ट्रक गोबरको आवश्यकता रहेको उल्लेख छ । भारतीय रेलमा जडान गरिएका बायो ट्वाइलेटमा फोहोर गलाउने ब्याक्टेरिया रिचार्ज गर्नका लागि गाईको गोबर किन्ने भएको समाचारमा उल्लेख छ । यस वर्ष सबै रेलमा बायो ट्वाइलेट जडान गर्ने लक्ष्य विभागको छ । बायो ट्वाइलेट भनेको एउटा सानो आकारको ढल प्रशोधन प्रणाली हो जुन ट्वाइलेट सिट मुनि हुन्छ । यसमा कम्पोष्ट च्याम्बरमा…

Read More

राष्ट्रसंघको आप्रवाससम्बन्धी विषयमा नेपालको खाका तयार

राष्ट्रसंघको आप्रवाससम्बन्धी विषयमा नेपालको खाका तयार

सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)का लागि नेपालले ‘राष्ट्रिय दृष्टिकोणको खाका’ तयार पारेको छ । श्रम तथा रोजगार मन्त्रालयले काठमाणडाैंमा आज आयोजना गरेको कार्यक्रममा ‘जिसिएम’को खाका प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा श्रमिक निर्यातकर्ता मुलुकको हितलाई ध्यानमा राखी तयार गरिएको जानकारी दिइयो । संयुक्त राष्ट्र संघको सन् २०१६ को साधारणसभाले आप्रवासका सम्बन्धमा अन्तर्राष्ट्रिय साझेदारीको खाका तयार गर्ने प्रतिबद्धता पारित गरेको थियो । राष्ट्रसंघको सन् २०१८ मा हुने ७३ औँ साधारणसभामा अन्तर्राष्ट्रिय साझेदारीको सो खाकालाई पारित गर्ने लक्ष्य राखिएको छ । कामदारको कार्यक्षेत्रको सुधार, बासस्थानको सुधार, उनीहरुको हकअधिकारको सुनिश्चितता, बीमा, मानव…

Read More

चिसोले लियो रौतहटमा १५ जनाको ज्यान

चिसोले लियो रौतहटमा १५ जनाको ज्यान

 झण्डै तीन सातादेखि पश्चिममा चिसो वायुसँगै एक्कासी बढेको चिसोको कारण कठ्याँग्रिएर रौतहटमा १५ जनाको ज्यान गएको छ। पुस महिनाको पहिलो हप्तादेखी एक्कासी बढेको कठ्याँग्रिदो चिसोको कारण जिल्लाको जन जिवन प्रभावित हुनुका साथै ठूलो जनधनको समेत क्षति भएको छ। चिसोबाट कठ्याँग्रिएर शुक्रवार सम्म १५ जना बृद्ध–बृद्धाहरुको ज्यान गइसकेकोे छ। जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पुस महिनाको पहिलो हप्तापछि बढेको शितलहर संगै कठ्याग्रिदो चिसोबाट जिल्लाको विभिन्न नगरपालिका एवं गाउँपालिकाका ७ महिला र ८ पुरुष गरी १५ जनाको मृत्यु भइसकेको हो। चिसोको कारण कठ्याँग्रिएर गौर नपा ५ की ६० बर्षिया सियादेवी…

Read More

ओखलढुङ्गा बाट कटारी आउदै गरेको सूमो दुर्घटना

ओखलढुङ्गा बाट कटारी आउदै गरेको सूमो दुर्घटना

अभी लामिछाने उदयपुर ओखलढुङगा बाट कटारी आउदै गरेको सूमो दुर्घटनामा परेको छ । ना १ ज ५१९२ नम्बरकोसूमो कटारी -८ सीरिसेमा दुर्घटना भएको इलाका प्रहरी कार्यलयका डीएसपी मेघराज अधिकारीले जानकारी दिएका छन । चालक सहित १० जना सवार रहेको उक्त सूमो अचानक ब्रेक फेलहुदाँ दुर्घंटना भएको अधिकारीले बताए । दुर्घटनामा ७ जना घाइते भएका छन । घाईते हुनेमा सिराहा जिल्ला धनगढी नगरपालिका -९ बस्ने नारायण तामाङ्ग,सिन्धुली जिल्ला फिक्कल नगरपालिका-५ बस्ने बिमला सुनुवार, सिन्धुली जिल्ला अरुण ठाकुर (७ बस्ने रत्न मगर,सोहि ठेगाना बस्ने विहिमाया मगर र इन्द्रमाया मगर र सोलुखुम्बु जिल्ला…

Read More

मुल्यवृद्धि विरुद्धको आन्दोलनबाट ७७८ जना गिरफ्तार

मुल्यवृद्धि विरुद्धको आन्दोलनबाट ७७८ जना गिरफ्तार

ट्युनिस टुयुनिसियामा मुल्यवृद्धिका विरुद्धमा भइरहेको आन्दोलनका क्रममा ७७८ जना प्रदर्शनकारीहरू गिरफ्तार भएका छन् । तीन रात भएको प्रदर्शनका क्रममा उनीहरूलाई सुरक्षाकर्मीहरूले गिरफ्तार गरेको गृह मन्त्रालयले शुक्रबार जनाएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीका बीचमा पटक पटक भएका झडपपछि उनीहरूलाई गिरफ्तार गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । उनीहरूलाई चोरी, लुटपाट, आगजनी र सडकहरूको अवरोध गरेको अभियोग लगाइएको गृह मन्त्रालयका प्रवक्ता खालिफ चिबानीले जानकारी दिनुभयो । उहाँले पछिल्ला दिनमा अघिल्ला दिनहरूको तुलनामा आन्दोलन बिस्तारै थप आक्रमक र हिंसात्मक हँुदै गएको बताउनुभयो । उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा अहिले पनि गरिबी र बेरोजगारीको समस्या समाधान…

Read More

वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव र प्रदेश मुख्यमन्त्रीमा यसरी गर्दैछ भागबन्डा

वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव र प्रदेश मुख्यमन्त्रीमा यसरी गर्दैछ भागबन्डा

वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि यसअघिकै जस्तो ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न बनाएको कार्यदलले विगतको सहमतिकै आधारमा छलफल अघि बढाएको छ । यसअघि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत भागबन्डा गरी उम्मेदवार तय गरेका थिए । प्रतिनिधिसभा चुनावको परिणाम भने ७० र ३० को अनुपातमा आएको थियो । कार्यदलको शुक्रबार बसेको बैठकले चारवटा आधार तयार बनाएर छलफल गर्ने निष्कर्ष निकालेको छ । कार्यदल सदस्य एवं एमाले…

Read More

बार्सिलोना स्पेसिन कोपा डेल रे क्वाटरफाईनलमा प्रवेश

बार्सिलोना स्पेसिन कोपा डेल रे क्वाटरफाईनलमा प्रवेश

सेल्टा भिगोलाई हराउँदै बार्सिलोना स्पेसिन कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ ।   अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरेपछि सेल्टा भिगोविरुद्धको दोस्रो लेगको खेल बार्सिलोनाले ५ – ० ले जित्यो ।   बार्साका लागि योर्डी अल्बा, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल थपे । पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको बार्सिलोना गएरातिको जितसँगै समग्रमा ६-० को परिणामका साथ क्वाटरफाईनलमा पुगेको हो । गएरातिका अरु खेलहरुमा लेभान्तेलाई हराउँदै ईस्पानियोल तथा काडिजलाई हराउँदै सेभािया पनि अन्तिम आठमा पुगेका छन् ।   स्पेनिस किङ्स…

Read More