सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आइतबार थप एक महिलाको मृत्यु भएको छ। स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको आफ्नै घरमा सुतिरहेको अवस्थामा कठयाङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ। योसँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ भने प्रहरीले भने १६ जनाको मात्र पुष्टि गरेको छ।

Read More

बिएस्सी दोस्रो वर्षको नतिजा प्रकाशन यसरी हेर्नुहोस् नतिजा

बिएस्सी दोस्रो वर्षको नतिजा प्रकाशन यसरी हेर्नुहोस् नतिजा

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आइतबार प्रकाशित गरेको छ। उक्त परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने छ।

Read More

सरकारले फिल्मको प्रदर्शनमा रोक नलगाए आत्महत्या गर्ने धम्की

सरकारले फिल्मको प्रदर्शनमा रोक नलगाए आत्महत्या गर्ने धम्की

 ‘पद्मावत’को नामबाट प्रदर्शनको अनुमति पाएको सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’लाई रोक लगाउन महिलाहरुले माग गरेका छन्। नाम परिवर्तन र ५ संशोधनका बाबजुद प्रदर्शनको तयारीमा रहेको फिल्मको विरोध अझै रोकिएको छैन्। यसैक्रममा चित्तौडगढका महिलाहरुले बैठक गरेर सरकारले फिल्मको प्रदर्शनमा रोक नलगाए आत्मदाह गर्ने धम्की दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार चित्तौडगढमा आइतबार आयोजित ५ सय जना उपस्थित बैठकले फिल्मको विरोध गर्दै कडा संघर्षमा उत्रिने निर्णय गरेको छ। उच्च घरानाका सयभन्दा बढी महिला सहभागी बैठकमा फिल्ममा रोक नलगाए आत्मदाह गर्ने धम्की उनीहरुले दिएका थिए। इतिहासको तोडमोड गरेको भन्दै सुरुदेखि नै विरोधमा उत्रिएको राजपूत…

Read More

प्रचण्डपत्नी सिता दाहालको स्वास्थ्य जटिल बन्दैं नर्भिकले दिल्ली पठायो

प्रचण्डपत्नी सिता दाहालको स्वास्थ्य जटिल बन्दैं नर्भिकले दिल्ली पठायो

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपत्नी एंव माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको स्वास्थ्यमा जटिल बन्दै गएपछि थप उपचारका लागि आइतबार बिहान भारतको दिल्ली लगिएको छ । लामो समयदेखि सुगर, प्रेसर, थाइराइडको उपचार गराउँदै आउनुभएका दाहालको समस्या जटिल बन्दै गएपछि नर्भिक अस्पतालमा उपचार समस्या भएपछि दिल्ली रिफर गरिएको नर्भिक अस्पतालले जानकारी दिएको छ । नियमित औसधी सेवन गदैं आइरहेकी दाहालको स्वास्थयमा पछिल्लो समय समस्या बढेपछि जाँचका लागि नर्भिक इन्टरनेशनल अस्पताल लगिएको र चिकित्सकले दिल्ली लैजान सुझाव दिएकाले बिहान दिल्ली पठाईएको प्रचण्डका प्रेस सल्लाहकार मनहरी तिमिल्सिनाले जानकारी दिनुभयो । छोरा प्रकाश दाहालको निधनपछि उनी…

Read More

७.१ रेक्टरको स्केलको भूकम्प, २ को मृत्यु ६५ घाईते

७.१ रेक्टरको स्केलको भूकम्प, २ को मृत्यु ६५ घाईते

पेरुको उत्तरपश्चिम भागमा केहीबेर अघि गएको शक्तिशाली भुकम्पमा २ जनाको मुत्यु भएको छ । स्थानीय समय अनुसार ४ बजेर १८ मिनेट गएको भूकम्पको केन्द्रबिन्दु प्यासिफक ओशियान ट्रिमोर भएको बीबीसीले जनाएको छ । भूकम्पबाट शहरका धेरै घरहरु भत्किएपनि दिउँसोको समयमा गएको भूकम्पका कारण ठुलो मानविय क्षति भने भएको छैन ।

Read More

जहाज धावन मार्गबाट चिप्लिएर समुद्र नजिक पुगेपछि

जहाज धावन मार्गबाट चिप्लिएर समुद्र नजिक पुगेपछि

टर्की १६८ यात्रु बोकेको एउटा जहाज धावन मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको छ। टर्कीस्थित पेगासुस एयरलाइन्सको एउटा जहाज धावन मार्गबाट चिप्लिएर ब्ल्याक सि नजिकै पुगेको हो । टर्कीको अंकराबाट उडेको पेगासुस एयरलाइन्सको बोइङ ७३७-८०० जहाज ट्राब्जोन एयरपोर्टमा अवतरणका क्रममा शनिबार राति धावन मार्गबाट चिप्लिएर समुद्र नजिकै पुगेको हो । धावनमार्गबाट चिप्लिएको जहाज भिरालो जग्गा गएर अड्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जहाज ब्ल्याक सागरमा खस्न केही मिटरको दुरीले जोगिएको हो । जहाज ब्ल्याक सागरको भिरालो किनारमा अड्किएको जहाज दुर्घटनाका क्रममा कयौँ यात्रु घाइते भएका थिए । दुर्घटनापछि प्रान्तीय गभर्नर युसेल याभ्युजले छानबिन समिति…

Read More

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

 कपिलवस्तु  ट्र्याक्टरको ठक्करबाट आज साँझ यहाँ एक बालकको मृत्यु भएको छ । महाराजगन्जबाट बनगाई जाँदै गरेको भे १ त ६९७७ नं को ट्र्याक्टरले महाराजगन्ज नगरपालिका–११ बडेगाउँ स्थित डुमरा–महाराजगन्ज सडकखण्ड नजिकै स्थानीय जगदीश यादवको सात वर्षीय छोरा महेन्द्रलाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक जगजीवन यादवले जानकारी दिनुभयो । ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

भवन भट्टले किन किने आम्दानीभन्दा खर्च बढि हुने जहाज

भवन भट्टले किन किने आम्दानीभन्दा खर्च बढि हुने जहाज

आम्दानीभन्दा खर्च बढी भएको भन्दैै नेपाल वायुसेवा निगमले लिलामी गरेको विमान गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले किनेका छन । ९एन(एसीए कलसाइनको बोइङ(७५७ विमान भट्टले १४ लाख ६० हजार अमेरिकी डलरमा किनेका हुन् । बीबी एयरवेजमार्फत सञ्चालनका लागी दर्ता गर्ने तयारीमा रहेको उक्त विमान केही समयपछि सञ्चालनमा आउने तयारी छ । शुरुवातीदेखी विभिन्न समस्या देखिएपछि मर्मत खर्च आम्दानीभन्दा महंगो हुनेभएपछि नेपाल वायुसेवा निगमले यो विमान बिक्री गरेको हो । निगमले सन् १९८७ मा खरिद गरेको विमानले चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । ८६ हजार चार सय १०…

Read More

मन्दिर परिसरमा महिलाको शव फेला

मन्दिर परिसरमा महिलाको शव फेला

काठमाडौँ महानगरपालिका–१४ स्थित भुवनेश्वर मन्दिर परिसरमा एक महिलाको शव फेला परेको छ । बल्खुस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख अनिरुद्र भुजेलले परिचय नखुलेको अन्दाजी ३५ वर्षकी महिला आइतबार मृत अवस्थामा मन्दिर परिसरमा फेला परेको जानकारी दिँदै उनको शरीरमा चोट देखिएकाले हत्या भएको हुन सक्ने बताए । मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

चुनाव हारेका पौडेल विमानस्थल चलाउन जुटे, चैत्रभित्रै बलेवा विमानस्थलमा जहाज

चुनाव हारेका पौडेल विमानस्थल चलाउन जुटे, चैत्रभित्रै बलेवा विमानस्थलमा जहाज

प्रदेशसभाको निर्वाचनमा बाग्लुङ १ बाट प्रदेश सभा सदस्यमा पराजित प्रकाश पौडेलको पहलमा बलेवा विमानस्थल सञ्चालनका लागी नागरिक उड्डयान प्राधिकरणसँग छलफल भएको छ । बाग्लुङबाट विभिन्न दलको प्रतिनिधित्व गर्ने दलका नेताहरुसहित आईतबार बबरमलस्थित प्राधिकरणको कार्यलयमा  विमानस्थल सञ्चालनबारे छलफल भएको हो । प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार पूर्वसांसदसमेत रहेका पौडेलले निरन्तर दबाब दिएपछि र अन्य दलका नेतासहित भएको छलफलले बिमानस्थल सञ्चालनको तयारी गरेको हो । छलफलमा नेपाल वायु सेवा निगम, तारा एयर, मकालु एयर, सिम्रिक एयरका प्रतिनिधीहरु सहभागी थिए । बाग्लुङ नगरपालिकाका मेयर जनक पौडेल माओवादीका दिनानाथ शर्मा लगायत अन्य दलका नेताहरुसमेत…

Read More