काठमाण्डौमा यसरी हुदैछ भूमिगत बिजुली बितरणको तयारी

काठमाण्डौमा  यसरी हुदैछ भूमिगत बिजुली बितरणको तयारी

नेपाल विद्युत् प्राधिकरण काठमाण्डौ उपत्यकामा जथाभावी झुण्डिएका तार र बिजुलीको पोल व्यवस्थीत गर्ने योजना अघि सारेको छ । २०७८ भित्र सम्पन्न गर्नेगरि प्राधिकरणले अघि सारेको योजनामा काठमाण्डौ भक्तपुर र ललितपुरको बिजुलीका तारलाई भूमिगत गराउने योजना छ । नेपाल सरकार र एडिबीबीच सन् २०१७ जुनमा साढे ५ अर्ब रुपैयाँ ऋण सम्झौता अनुसार यो कामको थालनी भएको हो । पहिलो चरणमा २ बर्षभित्रै सम्पन्न गर्नेगरि केही स्थानको काम अघि बढिसकेको नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । एसियाली विकास बैंकसँगको सहकार्यमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रले ओगटेका क्षेत्रमा र…

Read More

कसरी गयो रातारात नेपाली भूमि भारतमा ? वीरगन्जका सयौ नेपालीको उठिबास

कसरी गयो रातारात नेपाली भूमि भारतमा ? वीरगन्जका सयौ नेपालीको उठिबास

वीरगन्जको छपकैयाँको ५० बिघा नेपाली जमिन रातारात भारतमा पर्नेगरि सीमा स्तम्भ निर्माण भएपछि यहाँ सयौं परिवारको उठिवास हुने भएको छ । वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा एक्कासि सीमा स्तम्भ गाडेर भारतीय पक्षमा पारिएपछि यस्तो अवस्था आएको हो । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा उक्त क्षेत्रको भूभाग भारततिर पर्ने भएको हो । नयाँ सिमास्तम्भले भारततर्फ पारिदिएको नेपाली भुमिको नेपाली लालपुर्जा समेत स्थानीय सँगै छ । सोही अनुसार जग्गाधनीले मालपोत कर तिर्दै आएका छन् । तर नागरिकता र लालपुर्जाले नेपाली नागरिक भए…

Read More

शहिद परिवारको पीडामा मल्हम लगाउदै पुन , मंगले बुढाको घर शिलन्यास

शहिद परिवारको पीडामा मल्हम लगाउदै पुन , मंगले बुढाको घर शिलन्यास

शहिद परिवार रोल्पाका मंगले बुढा दम्पतीका लागी माओवादी केन्द्रका नेता बर्षमान पुन र निवर्तमान सभामुख ओनसरी घर्तीले नयाँ घरको शिलन्यास गरेका छन । मंगलबार आफ्नै पहलमा निमार्ण सम्पन्न गर्नेगरि शहिद परिवार बुढा दम्पतीका लागी नयाँ घरको शिलन्याश गरेका हुन । ‘सांसद सुरक्षित आवास कोष बनाएर त्यसैबाट मंगले बुढा लगायत रोल्पाका सबै सहीद परिवार र द्धन्द पीडितको घर बनाउन पहल गर्ने समेत पुनले घर शिलन्याशको क्रममा प्रतिवद्धता व्यक्त गरेका छन । ५ लाख खर्च लाग्ने अनुमान गरिएको घर सम्पन्न गरेपछि केहीसमयअघि रुखबाट लडेर घाईते भएको बुढाको उपचारसमेत आफ्नै खर्चमा गर्ने पुन…

Read More

ख्याल गर्नुहोस् यी हुन् निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोगहरु

ख्याल गर्नुहोस् यी हुन् निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोगहरु

विख्यात अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको चिकित्सकहरूले पुष्टि गरेका छन्। निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ। ६० बर्सकी फिसरको गत वर्ष डिसेम्बर २७ मा निधन भएको थियो । जनवरीमा जारी मृत्युको प्रमाणपत्रमा उनको निधन हृदयघातबाट भएको उल्लेख गरिएको भए पनि चिकित्सकहरूले निधनको सही कारण पत्ता लगाउन सकेका थिएनन्। अहिले आएर लस एन्जल्सका एक जना चिकित्सकले स्लिप एप्नियासँगै मुटुसम्बन्धी रोग र लागुऔषध प्रयोगले फिसरको निधन भएको बताएका छन ।…

Read More

किन आफ्नै १३ छोराछोरीलाई बन्धक बनाएर यातना दिए बाबुआमाले ?

किन आफ्नै १३ छोराछोरीलाई बन्धक बनाएर यातना दिए बाबुआमाले ?

क्यार्लिफोनियाका प्रहरीले सार्न बर्नाडिनो नजिकै रहेको आफ्नो घरको ओछ्यानमा सिक्रीले बाँधेर राखिएका २ देखि २९ वर्षका एकै परिवारका सन्तानको परिचय सार्वजनिक गरेका छन्। उनीहरूका आमाबुबालाई पक्राउ गरिएको छ र यातना अनि बालबालिकालाई जोखिममा पारेको अभियोग लगाइएको छ। आइतवार भाग्न सफल एक किशोरीले आपतकालीन सेवामा सम्पर्क गरी आफ्ना दाजुभाइ र दिदीबहिनीलाई बन्धक बनाइएको जानकारी दिएकी थिइन्। प्रहरीको कार्यालयले कैयौँ पीडितलाई ओछ्यानमै हत्कडी लगाएर राखिएको र दुर्गन्ध आउने ठाउँमा थुनिएको जनाएको छ। फोन पेरिस नगरको मुइर वुड्स रोडसँगैको एउटा घरभित्रको त्रासदीपूर्ण अवस्थाबारे त्यहाँबाट मोबाइल फोनसहित भागेर प्रहरीलाई फोन गर्न सफल भएकी एक…

Read More

सुन तस्करी घटनामा फरार अभियुक्त पक्राउ

सुन तस्करी घटनामा फरार अभियुक्त पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुन तस्करी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार अभियुक्त भारतीय नागरिक राहुल गोयललाई पुस २६ गते काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०७३ फागुन २२ गते जिल्ला अदालत समक्ष अभियोग पत्रसहित पेश गरेकामा गोयल फरार रहेका थिए । गैरीधारा बस्ने गोयल विशालबजारमा रहेको सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक समेत हुन् ।

Read More

दुधौलीका मेयरले बाढे मुशहर बस्तीमा कम्बल

दुधौलीका मेयरले बाढे मुशहर बस्तीमा कम्बल

अभी लामिछाने दुधौली – अत्याधिक चिसो बढे पछि दुधौली नगरपालिकाका बिपन्न परिवारका मुशहर समुदायलाई कम्बल वितरण गरिएको हो। जिल्ला रेडक्रस सिन्धुलीको सहयोगमा दुधौली नगरपालिकाका मेयरले मुशहर समुदायका परिवारलाई कम्बल वितरण गरेका हुन। हाललाई गरिबीको रेखामुनि रहेका मुशहर समुदायलाई प्राथमिकतामा राखेर कम्बल वितरण गरिएको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बताउनु भयो। चिसो बढे संगै गरिबीको रेखामुनि रहेका मुशहर समुदायलाई आफ्नो पहलमा कम्बल वितरण गरिएको राउतले बताउनु भयो। कम्बल पाए पछि खुसी हुदै एक बृद्धले मेयरले आफुहरुको लागी कम्बल वितरण गरेकोमा आफु निक्कै खुसी भएको बताए। हाललाई वडा नं ७ मा १००…

Read More

पार्टी सुदृढिकणका लागी तत्काल महासमिति बैठक बोलाउन काँग्रेसका युवा नेताको माग

पार्टी सुदृढिकणका लागी तत्काल महासमिति बैठक बोलाउन काँग्रेसका युवा नेताको माग

नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीलाई बलियो र सशक्त बनाउनका लागि वैचारिक अभियान चलाउन नेतृत्वसँग माग गरेका छन् । सोमबार एक विज्ञप्ति निकाल्दै युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनका लागि तत्काल महासमिति बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेका छन्। युवा नेताले पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्न केन्द्र, जिल्ला र गाउँ तहसम्म विचार, सिद्धान्त र कार्यसूचीमा आधारित वैचारिक जागरण अभियान सञ्चालन गर्नुपर्ने तथा पार्टीको पराजयबारे गम्भीर समीक्षा गरेर निचोडमा पुग्नुपर्ने, निर्वाचनमा लिइएको जिम्मेवारी सिंगो केन्द्रीय समितिले लिनुपर्ने, समानुपातिकमा एक पटक सांसद बनेको व्यक्तिलाई दोहो(याउन नहुने, पार्टीलाई व्यवस्थित, प्रशिक्षित र संगठित गरेर…

Read More

सोलुखुम्बुमा सबै विद्यार्थी एकैपटक बिरामी, स्वाइन फ्लूको आशंका

सोलुखुम्बुमा सबै विद्यार्थी एकैपटक बिरामी, स्वाइन फ्लूको आशंका

सोलुखुम्बुमा ४ सय बढी विद्यार्थी बिरामी परेका छन्। जिल्लाको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका – २ स्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी एकैपटक बिरामी भएका हुन्। चिकित्सकले बिरामी विद्यार्थीमा स्वाइन फ्लूको आशंका गरेका छन्। विद्यार्थीमा एक्कासी ज्वरो आउने, टाउको दुख्ने, बान्ता हने, आँखा रातो हुने, आँसु आइरहने, खोकी लाग्ने जस्ता समस्या देखिएको छ। ६ वर्षदेखि १६ वर्ष उमेरका बालबालिकामा यस्तो समस्या देखिएको विद्यालयका प्रधानाध्यापक टंक दाहालले जनाएका छन्। ५ दिनअघि विद्यालयमा रहेका करिब ३ सय विद्यार्थीमा यस्तो स्वास्थ्य समस्या देखिएको थियो। मंगलबार पनि विद्यालयमा अध्ययनरत १ सय २४ जना…

Read More

बजारमा विषाक्त माछा विक्री भएपछि प्रशासनको सचेत बन्न चेतावनी

बजारमा विषाक्त माछा विक्री भएपछि प्रशासनको सचेत बन्न चेतावनी

जापानको एक शहरमा केही विषाक्त फुगु माछा गलत तरिकाले बिक्री भएपछि मानिसहरुलाई त्यो जातको माछा किन्नबाट रोक्न आपत्‌कालीन चेतावनी दिइएको छ। गामागोरी शहरमा रहेको स्थानीय सुपरमार्केटले फुगु माछाको कलेजो नझिकी पाँच वटा प्याकेट बिक्री गरेको खुलासा भएपछि त्यस्तो चेतावनी दिइएको हो। फुगु माछाको कलेजो निकै विषाक्त हुन्छ। बेचिएका तीनवटा प्याकेट भेटिएपनि दुई प्याकेट अझै नभेटिएको बताइएको छ। कलेजो र अन्य अंग विषालु हुने फुगु माछा तयार गर्न विशेष प्रकारको तालिम लिनु पर्छ। माछा बनाउने बेला सानो गल्ती भएपनि खाने मानिसको ज्यान नै जोखिममा पार्न सक्छ। जापानमा प्रत्येक वर्ष विषालु फुगु…

Read More