अब घरबाटै लोकसेवा आयोगको परिक्षाको तयारी गर्न सकिने

अब घरबाटै लोकसेवा आयोगको परिक्षाको तयारी गर्न सकिने

लोकसेवा आयोगको परिक्षामा सहभागी हुन अध्ययन गरिरहेका विद्यार्थीले अब घरमै बसेर पनि आईक्यू क्लास लिन पाउने भएका छन् । लोकसेवा आयोग तयारी कक्षाका शिक्षक तुल्सीराम ढकालले विद्यार्थीको सहजताका लागी भिडियोमार्फत युट्युबमा प्रश्नोत्तरका टिप्सहरु सार्बजनिक गरेका छन ्। बिद्यार्थीको मागलाई मध्येनजर गदैं ढकालको एक्लो प्रयासमा युट्युबमार्फत सामान्य ज्ञान र आईक्यू क्लासको भिडियो तयार गरिएको हो । राजधानीका विभिन्न कलेज तथा कन्सल्टेन्सीहरुमा लोकसेवा तयारी कक्षामा अध्यापन गराइरहेका ढकालले कक्षाकोठा सम्म आउन नभ्याउने तथा घरमै बसरे अध्ययन गरिरहेका विद्यार्थीहरुको यो प्रबिधीले सहज बनाउने बताए । आफ्नो च्यानलमार्फत लोकसेवा आयोगको परिक्षासम्बन्धी अन्य जानकारीसमेत राखिने…

Read More

नेपालका युवा स्पिनर सन्दिप लामिछाने आईपीएलको लिष्टमा २७६औ स्थानमा

नेपालका युवा स्पिनर सन्दिप लामिछाने आईपीएलको लिष्टमा २७६औ स्थानमा

नेपालका युवा स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल )को ड्राफ्टमा परेका छन । ११औँ संस्करणको आइपीएलको लागि शनिवार सार्वजनिक गरिएको ५ सय ७८ खेलाडीको लिस्टमा सन्दीपको नाम २७६ औं नम्बरमा छ । यसअघि बंगालादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिंगको ड्राफ्टमा परेर समेत छनौट नभएका लामिछाने पहिलोपटक ईण्डियन प्रिमियर लिग आईपीएलको को ड्राफ्टमा पहिलोपटक परेका हुन । पहिलो पटक आइपीएल अक्सनका लागि छानिएका नेपाली खेलाडी सन्दीपको बेस प्राइज २० लाख तोकिएको छ। यस संस्करणको आइपीएलका लागि यही जनवरी २७ र २८ मा बैंगलोरमा अक्सन हुनेछ। जहाँ भारतका ३ सय…

Read More

सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा

सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा

वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली आज वीरगञ्ज आएको छ ।छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि यथार्थ बुझ्न नापी विभागका निर्देशकको नेतृत्वमा टोली वीरगञ्ज आएको हो । नापी विभागका निर्देशकद्वय दामोदर ढकाल र अनिल मरासिनीको नेतृत्वमा आएको टोलीले छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर गाडिने स्थानको नाप नक्सा गर्ने कार्य शुरु गरिएका छन् । सीमास्तम्भको छानबिन गर्न घटनास्थल पुगेका…

Read More

बिश्वकप २०२२ का सबै खेलहरु कतारमै हुने हस्सन अल थवाडीको स्पष्टोक्ति

बिश्वकप २०२२ का सबै खेलहरु कतारमै हुने हस्सन अल थवाडीको स्पष्टोक्ति

अमृत शर्मा, कतार । जारी खाडी समस्याका कारण बिश्वकप २०२२ का केही खेल अन्य देशहरुसँग समन्वय गरी सञ्चालन गर्ने हल्ला आईरहदाँ कतार सरकारले भने सबै खेलहरु कतारमै हुने स्पष्ट पारेका छन । विगत आठ महिनादेखि जारी खाडीका छिमेकी देशको नाकाबन्दीका बावजुत् पनि कतारमा बिश्वकप तयारीमा कुनै कमि नभएकाले अन्य देशको समन्वय आवश्य पर्ने कुरा निराधार भएको दाबी गरे । कतार विश्वकपको तयारीका लागी बनेको पूर्व योजनामा नाकाबन्दीले कुनै असर नगरेको भन्दै आफुहरु सबै खेल पूर्व ययोजना अनुरुप नै सञ्चालन हुने आयोजक कमिटीका प्रमुख हस्सन अल थवडीले जानकारी दिए । कतारमा…

Read More

दाङको बन्द र आमहड्ताल स्थगित

दाङको बन्द र आमहड्ताल स्थगित

पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएको बिरोधमा दाङमा हुँदै आएको बन्द खुलेको छ। शनिवार बेलुका बसेको विभिन्न राजनीतिक दल सम्मिलित संघर्ष समितिको बैठकले बन्द हड्तालका कार्यक्रम स्थगित गरेको हो। तर आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने वैठकले निर्णय गरेको छ। माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचन र उक्त निर्वाचनका लागि निर्वाचन आयोगले बन्द कार्यक्रम नगर्न आग्रह गरेकाले बन्दको कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले जनाएको छ। अबको आन्दोलन अन्तर्गत कालो झण्डा प्रदर्शन, डेलिगेशन, विरोधसभा, ज्ञापन पत्र बुझाउने, धर्ना कार्यक्रम, रिले अनशन एबं कानुनी उपचारका लागि सर्वोच्च अदालतसम्म जाने सम्मका आन्दोलनका…

Read More

यस्तो छ एमाले नेता खनालको राष्ट्रपति बन्ने तयारी

यस्तो छ एमाले नेता खनालको राष्ट्रपति बन्ने तयारी

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन्। रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता खनालले आफू राष्ट्रपति बने देशकै लागि फाइदा हुने टिप्पणी गरे। लामो संघर्षमय जीवन भएको, लोकतान्त्रिक आन्दोलनमा लामो योगदान भएको र राष्ट्रको महत्वपूर्ण नेतृत्व पंक्तिमा बसेर काम गरेको व्यक्तिलाई राष्ट्रपति जस्तो गरिमामय पदमा पठायो भने राष्ट्रकै निम्ति महत्वपूर्ण हुने भन्दै उनले भने– ‘पार्टीले दिने जिम्मेवारीलाई दृढतापूर्वक पालना गर्छु, जे जिम्मेवारी दिए पनि पालना गर्न सक्छु, जिम्मेवारी मबाट शिरोधार्य हुनेछ।’ यस्तै, नेता खनालले प्रदेशको अस्थायी मुकामको विषयलाई लिएर अहिले विवाद, बखेडा झिकेर…

Read More

हामीले माओवाद छोडेका छैनौँ, एमालेले जबज छाडेको छैनः दाहाल

हामीले माओवाद छोडेका छैनौँ, एमालेले जबज छाडेको छैनः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अनुमोदन गरेकाले पछाडि फर्केर जाने अवस्था कोही कसैलाई नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार पार्टी निकट जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली जनताले पार्टी एकतालाई स्वीकार गरिसकेका छन्। अनुमोदन गरिसकेका छन्।’ पार्टीभित्रका केही व्यक्तिले एकताको विरोध गरिरहेको भएपनि त्यसको कुनै औचित्य नभएको र त्यसले कुनै पनि प्रभाव नपार्ने उनको भनाइ थियो। ‘एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्’, अध्यक्ष दाहालले भने, ‘जनता खुशी हुँदा उहाँहरु किन निराश हुनुभयो ? नेपालमा राजनीतिक स्थिरता,…

Read More

कांग्रेस आफ्नै कारणले पराजय भोग्दै छ : शशांक कोइराला

कांग्रेस आफ्नै कारणले पराजय भोग्दै छ : शशांक कोइराला

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी सरकार बनाउने खेलमा नलागेर प्रतिपक्षको भुमिकामा बस्ने बताएका छन् ।   कोइरालाले कांग्रेस आफ्नै कारणले पराजय भोगेको चर्चा गर्दै प्रतिपक्षमा बस्ने जनमात पाएकाले सरकार सञ्चालन गर्ने चोष्टा गरे पार्टीलाई नोक्सान पुग्ने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी र मधेसवादी दललाई फकाएर सरकार बनाउने खेलमा लागिरहेको चर्चा चलिरहेकै बेला कोइराला सरकार बाहिर बसेर सकारात्मक प्रतिपक्षको भूमिकामा रहनपर्ने अडानमा देखिएका छन् । नवलपरासीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसलाई सरकार बनाउने जनमत नै नरहेकाले त्यस्तो भूमिकामा लाग्न नहुने दोहोर्‍याए ।

Read More

एपिएफलाई हराउँदै थ्री स्टार विजेता

एपिएफलाई हराउँदै थ्री स्टार विजेता

मदन भण्डारी इटहरी गोल्डकपमा थ्री स्टार २-१ को अन्तरले विजेता भएको छ । आज भएको खेलमा एपिएफलाई हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   थ्री स्टारका लागि अजयी मार्टिनले खेलको ३८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको ४८ औं मिनेटमा फेरि मार्टिनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । थ्री स्टारका पिटर सेगुनले खेलको ६२ औं मिनेटमा आत्मघाती गोल गरेपछि अन्तर कम भएको थियो । खेलमा १० हजार नगद पुरस्कार सहित थ्री स्टारका अजयी मार्टिन ‘म्यान अफ द म्याच’  घोषित भए । थ्री स्टारले…

Read More

ओली प्रचण्डको वान टु वान वार्ताले तय ग-यो भोलीका एजेण्डा

ओली प्रचण्डको वान टु वान वार्ताले तय ग-यो भोलीका एजेण्डा

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको वान टु वान वार्ताले भोली बस्ने बैठकका एजेण्डा तय गरेका छन । शनिबार ओली निवास बालकोटमा भएको २ घण्टा लामो वान टु वान वार्ताले भोली बस्ने पार्टी एकता संयोजन समितिको बैठकका मा हुने छलफलका बिषय र सहमति का आधार तय गरेको हो। भेटपछि संक्षित प्रतिक्रिया दिादै प्रचण्डले भने, ‘बैठकका एजेण्डा र लिने निर्णयबारे छलफल भएको छ ।’ नेताहरुकाअनुसार भोलिको बैठकमा प्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनबारे गृहकार्य गर्न बनेको कार्यदलले औपचारिक रुपमा रिपोर्ट बुझाउनेछ । कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा २९ एमाले…

Read More