सुरक्षा फौजको १२ घण्टाको संघर्षपछि होटल नियन्त्रणमा

सुरक्षा फौजको १२ घण्टाको संघर्षपछि होटल नियन्त्रणमा

अफगान सुरक्षा फौजले १२ घण्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमाथि आफूले नियन्त्रण हासिल गरेको जनाएको छ। होटललाई हमलाकारीको आक्रमणबाट सुरक्षित गर्ने र होटेलमा रहेका ग्राहक तथा कर्मचारीको उद्धार गर्ने क्रममा १४ विदेशीसहित चार जना अफगानी नागरिकको ज्यान गएको यहाँको गृह मन्त्रालयले जनाएको छ। ‘आतङ्कबादीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेका थिए,’ गृह मन्त्रालयका प्रवक्ता नाजीब डेनिसले स्थानीय सञ्चारमाध्यमसँग बताए। आतङ्कवादीको नियन्त्रणमा के कति मान्छे छन् या छैनन् भन्ने बारेमा केही स्पष्ट हुन नसकेको अधिकारीले बताएका छन्। घटनास्थलमा कुनै सञ्चारकर्मी तथा आम मान्छेको प्रवेशमा रोकी कारबाही थालिएको थियो। घटनास्थलमा उद्धारका लागि…

Read More

चिसो कारण एक घण्टाको फरकमा बाबु–छोराको मृत्यु

चिसो कारण एक घण्टाको फरकमा बाबु–छोराको मृत्यु

अनिल पोखरेल ,राजविराज । शीतलहरका कारण सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर–६ मा बाबु–छोराको मृत्यु भएको छ । पछिल्लो पटक शनिबार बिहान करिब ९ बजेको समयमा छोरा बासुदेब साहको निधन भएको थियो । छोराको निधन भएको एक घण्टा पनि नबित्दै बाबु सुभी साहको निधन भएको आफन्तजनले जानकारी दिएका छन् । शीतलहरबाट सप्तरीमा हालसम्म ३० जनाभन्दा बढीको मृत्यु भईसकेपनि प्रहरीले भने अहिलेसम्म १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार जिल्लामा खड्ग नगरपालिका–८ का ७० वर्षिय मुसहरु चौधरी, ७ का ६४ वर्षिय प्रेम बहादुर माझी, अग्नीसाइर कृष्णासवरण गाउँपालिका–४ का ६५…

Read More

जुनसुकै बैंकबाट पनि आफ्नो खातामा पैसा जम्मा गर्न सकिने

जुनसुकै बैंकबाट पनि आफ्नो खातामा पैसा जम्मा गर्न सकिने

अबदेखि जुनसुकै बैंकबाट पनि आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत घोषणा गरेको यो सुविधा कार्यान्वयनमा ल्याउन आइतबार सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । अर्को बैंकको खातामा रकम जम्मा गर्न आउने ग्राहकसँग बैंकले आवश्यक शुल्क लिने छन् । राष्ट्र बैंकले सेवाग्राहीलाई पूर्व जानकारी गराएर शुल्क लिन बैंकहरुलाई छुट दिएको छ । अन्तर बैंक भुक्तानी प्रणालीमार्फत सेवाग्राहीले अर्को बैंकमा गएर आफ्नो खातामा रकम जम्मा गर्न सक्ने भएका हुन् । यस व्यवस्थाबाट विशेष गरी ग्रामीण क्षेत्रका नागरिकलाई सजिलो हुने…

Read More

अस्पतालमा करोडौंका उपकरण थन्किए, बिरामीलाई अन्यत्र

अस्पतालमा करोडौंका उपकरण थन्किए, बिरामीलाई अन्यत्र

अनिल पोखरेल राजविराज । विशेषज्ञ डाक्टरको अभावमा सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा करोडौं मुल्यका अत्याधुनिक उपकरण वेकम्माभ एर थन्किएका छन ्। अस्पतालको सेवा विस्तारका लागि उपलब्ध गराईएका उपकरण त्यसै थन्किएपछि सर्वसाधारणको उपचार सेवा प्रभावित भएको छ । तर, सरकोरवाला निकायको ध्यान पुगेको छैन । तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको विशेष पहलमा उपलब्ध अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया मेसिन, फूल अटोमेटिक ल्याव, होरिजेन्टल एक्स–रे मेसिन, अक्सिजन मेसिन र डायलाइसिस मेसिन जस्ता अत्याधुनिक उपकरण हालसम्म सञ्चालनमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दयाशंकर लाल कर्णले वताए । मन्त्री थापाको पहलमा अस्पताललाई २ करोड २४…

Read More

हाब्रेको छालासहित ४ जनालाई पक्राउ

हाब्रेको छालासहित ४ जनालाई पक्राउ

 नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु हाब्रेको छालासहित ४ जनालाई पक्राउ गरेको छ। ब्यूरोबाट खटिएको टोलीले अवैधरुपमा हाब्रेको दुई थान छाला ओसारपसार गरी खरिद बिक्री गर्न लागेको अवस्थामा बूढानीलकण्ठबाट मकवानपुरका विनोदकुमार राना, स्याङ्जाका हर्कबहादुर आले, नुवाकोटका राजकुमार तामाङ र भोजपुरका ध्यानबहादुर राईलाई आइतबार पक्राउ गरेको हो। पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिम अपराध गरेको भन्दै कानूनी कारबाहीका लागि आइतबारै जिल्ला वन कार्यालय हात्तिसार पठाएको ब्यूरोले जनाएको छ। अवैधरुपमा वन्यजन्तु ओसारपसार गर्ने व्यक्तिलाई रु ५ लाखदेखि रु १० लाखसम्म जरिवाना वा पाँच…

Read More

जंगली जनावरका कारण विस्थापित बन्ने भएपछि नगरपालिकाको शरणमा

जंगली जनावरका कारण  विस्थापित बन्ने भएपछि नगरपालिकाको शरणमा

अनिल पोखरेल -सप्तरी कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासका बासिन्दाहरु जंगली जनावरहरुको आतंकले बस्नै नसक्ने भएपछि सुरक्षाको पहल गरिदिन माग गदैं नगरपालिका कार्यलयको शरणमा पुगेका छन । वन्यजन्तु आरक्ष भित्रका हात्ती, अर्ना, बँदेल लगायतका जंगली जनावरको आतंक निरन्तर खेप्नुपरेपछि सप्तरीको उत्तर–पूर्वी भेगका किसानहरु नगरपालिकाको शरणमा पुगेका हुन । स्थानीय बासिन्दाको एक टोली जंगली जनावरले विगत १५ दिनदेखि आफ्नो जग्गामा लगाएको गहुँबाली नष्ट गर्नुको साथै मानिसहरुलाई समेत आक्रमणको खतरा बढेको भन्दै शुक्रबार नगरपालिका कार्यलय पुगे । आफ्नो समस्य बोकेर कञ्चनरुप नगरपालिका पुगेको उनिहरुले मध्यवर्ती क्षेत्र छेउछाउमा जंगली जनावरले सास्ती दिएकाले तत्काल समाधान खोज्न…

Read More

ओलीलाई फोन गरेर के भने भारतीय प्रधानमन्त्री मोदीले ?

ओलीलाई फोन गरेर के भने भारतीय प्रधानमन्त्री मोदीले ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्री बन्न लागेकोमा टेलिफोन गरेर बधाई दिएका छन् । आइतवार अपरान्ह टेलिफोन गरेर मोदीले ओलीलाई नेपालको भावी प्रधानमन्त्रीकारुपमा अग्रिम बधाई दिएका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । मोदीले ओलीसँगको टेलिफोन वार्ताका क्रममा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना समेत दिएका थिए । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नुभएको छ’, प्रेस संयोजक अधिकारीले भनेका छन्, ‘अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को…

Read More

इतिहास तोडमोड गर्ने फिल्मको विरोधमा अदालत जलाईदिने धम्की

इतिहास तोडमोड गर्ने फिल्मको विरोधमा अदालत जलाईदिने धम्की

 सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’को विरोध बढिरहेको छ। जनवरी २५ मा प्रदर्शन हुने फिल्मको रिलिज मिति नजिकिँदा विरोध उग्र बनेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार सिनेमा हल तोडफोडदेखि बसमा आगजनी, राजमार्ग बन्द गर्ने गतिविधि तथा प्रदर्शन गर्न दिन आदेश दिने सर्वाेच्च अदालतमा आगो लगाउनेसम्मको धम्की आइरहेको छ। फिल्मको सुरुदेखि नै विरोध गरिरहेको राजपूत करणी सेनाले इतिहास तोडमोड गर्ने फिल्म प्रदर्शन गर्न खोजेको भन्दै थियटरमा तोडफोड गरेको छ भने राज्य सरकारलाई दबाब दिन बसमा आगजनी र राजमार्ग र रेलमार्ग बन्द जस्ता गतिविधी बढाएको छ। यसका अलावा फिल्म रिलिज हुने दिन (२५ जनवरी)मा…

Read More

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार द्विजराज भट्टको राजीनामाको माग गर्दै नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका विद्यार्थीले आज विश्वविद्यालयको केन्द्रीय क्याम्पसको मूलढोकामा तालाबन्दी गरी धर्नामा बसेका छन् । शुक्रबार विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठको उपस्थितिमा विश्वविद्यालयमा लामो समयदेखि देखिएको गतिरोध हटाउनका लागि विद्यार्थी सङ्गठनसँग छलफल भइरहेका बेला अनेरास्ववियुका विद्यार्थीले नेविसङ्घका पुरोहित बडूमाथि कुर्सीले हिर्काई घाइते भएका थिए । रजिस्ट्रार भट्टको उक्साहटमा अनेरास्ववियुका विद्यार्थीले विद्यार्थी नेता बडूमाथि हमला गरेको नेविसङ्घको ठहर छ । बडूमाथि हमला गर्ने र उक्साउने रजिस्ट्रार भट्टको राजीनामाको माग गर्दै तालाबन्दीमा उत्रिनुपरेको नेविसङ्घका किशोरप्रसाद जोशीले बताए ।  दोषीमाथि कारबाही नहुँदासम्म धर्ना र तालाबन्दी…

Read More

वाम एकता संयोजन समितिको बैठक सकियो : माओवादीका २ र एमालेका ४ मूख्यमन्त्री हुने

वाम एकता संयोजन समितिको बैठक सकियो : माओवादीका २ र एमालेका ४ मूख्यमन्त्री हुने

नेकपा एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ । त्यस्तै बैठकले नयाँ सरकार बन्नासाथ समृद्धि र सुशासनको मार्गचित्र कार्यान्वयनमा लैजान अर्काे कार्यदल गठन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार बसेको समिति बैठकले सुवास नेम्वाङ नेतृत्वको कार्यदलको राष्ट्रियसभा सदस्य निर्वाचनमा सिट बाँडफाँड सम्बन्धी प्रतिवेदन अनुमोदन गरेको हो । नेम्वाङ नेतृत्वको कार्यदलले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा गठबन्धनले उम्मेदवारी दिने र यसमध्ये एमालेले २९ र माओवादीले १४ उम्मेदवार उठाउने तय गरेको थियो । सोहि अनुसार कार्यदलले प्रदेश सरकारका…

Read More