प्रदेशसभाको बैठक यही माघ २२ गते

प्रदेशसभाको बैठक यही माघ २२ गते

प्रदेश नं ४ मा प्रदेशसभाको बैठक यही माघ २२ गते  बस्ने भएको छ। निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था भएअनुसार पोखराको नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बैठक बस्न लागेको हो। प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले प्रदेश प्रमुखले दलहरूबीच छलफल गरी बैठकको मिति तय भएको जानकारी दिँदै आइतबार बैठकको औपचारिक सूचना जारी गरिने बताए। नेपालमा नयाँ अभ्यासका रुपमा रहेको प्रदेशसभाका सम्बन्धमा संविधानको भाग १३, १४, १५ र १६ मा क्रमशः प्रदेश कार्यपालिका, प्रदेश व्यवस्थापिका, प्रदेश व्यवस्थापन कार्यविधि र प्रदेश आर्थिक कार्यप्रणालीको व्यवस्थाका साथै…

Read More

देउवा, ओली र प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने

देउवा, ओली र प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने

अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले तीन दलका मुख्य नेतालाई  जनअदालतमा मुद्दा हाल्ने बताएका छन्। शुक्रबार आयोजित साक्षात्कारमा अध्यक्ष सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माफियाहरुसँग मिलेर शैक्षिक क्षेत्रलाई व्यपार गर्ने थलो बनाउन सहयोग गरेको भन्दै मुद्दा हाल्ने बताए।  शैक्षिक माफिया र उनीहरुको संरक्षण गर्ने प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, प्रचण्डलगायतलाई जनअदालतमा मुद्दा हाल्छौं,’ सिंहले भने। आफूहरु भारतले कब्जा गरेको सीमा स्तम्भमा जाने र आवश्यक परे गोली थाप्न तयार रहेको सिंहको भनाई थियो। आफ्नो संगठनका सम्पूर्ण सदस्यहरु आवश्यक परे जनमुक्ति सेनामा भर्ती भएर…

Read More

रात काटे दिन कटाउन गाह्रो, दिन गए रात अझै साह्रो

रात काटे दिन कटाउन गाह्रो, दिन गए रात अझै साह्रो

अनिलपोखरेल, राजविराज  । ‘रात काटे दिन कटाउन गाह्रो, दिन गए रात अझै साह्रो’, सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमकी ६० वर्षीया दुखनीदेवी सदाको भनाई हो यो । दुई सातादेखि निरन्तर चलेको शीतलहरका कारण चिसो थेग्नै नसक्ने भएपछि उनलाई हरदम ज्यानको चिन्ता लाग्ने गरेको छ। सरकारले बनाइदिने नयाँ घरको लोभमा परेर आफ्नो छँदाखाँदाको झुप्रो पनि भत्काउन दिँदा अहिले ज्यानै धरापमा परेको उनको पिरलो छ। ६ फिट लम्बाइ, ४ फिट चौडाइ र ४ फिट उचाइको इँटाको ओढारभित्र कम्बल ओढेर परालमाथि सुतेकी दुःखनीले भनिन्, ‘चिसो त हरेक वर्ष आउँछ, जसोतसो काटेकै थियौं। यस पटक चाहिँ सरकारी…

Read More

मृगौला पिडितलाई ५५ हजार सहयोग

मृगौला पिडितलाई ५५ हजार सहयोग

प्रकाश खनाल बुटवल सामाजिक सञ्जाल नेपाली बाजे फेसबुक समूहद्धारा मृगौला पिडीतलाई उपचारका लागि रकम सहयोग गरेको छ । बिगत चार महिनादेखी बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालामा डाइलाइसिस गराउँदै आएकी पाल्पा जिल्ला माथागडी गाउपालिका वडा नं ९ बस्ने पुर्णकला राना मगरको उपचारका लागि समूहले ५५ हजार पाँच सय रुपैयाँ प्रदान गरेको हो । समूहले शुक्रवार मुटु अस्पतालमै एक कार्यक्रमको आयोजना गरी मगरको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । समूहका अध्यक्ष दिवश सापकोटाको अध्यक्षता र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष…

Read More

अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने

अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिएका छन्। हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागिता नजनाएसम्म उक्त रकम रोक्ने जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरू वार्तामा आउनुपर्नेमा जोड दिए। उनीहरु शान्ति वार्तामा नआए शान्ति प्रयासका लागि गर्ने थप कामहरु आफ्नो प्रशासनले नगर्ने बताएको समाचारमा जनाइएको छ। राष्ट्रपति ट्रम्पले यो घोषणा दोस्रो पटक गरेका हुन्। अमेरिकी विदेश मन्त्रालयले पनि प्यालेस्टिनीलाई बिगतदेखि उपलब्ध गराउँदै आएको सबै सहायताका बारेमा पुनर्विचार भइरहेको यसअघि नै बताइएको थियो। राष्ट्रपति ट्रम्प विश्व आर्थिक मञ्चमा सहभागिताका लागि डाभोसमा छन्। सो…

Read More

काँग्रेस नेता पौडेलद्वारा संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई

काँग्रेस नेता पौडेलद्वारा संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ उद्योग वाणिज्य संघको १५आँै अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आज दमौलीमा बधाई दिनुभएको छ । सो अवसरमा प्रदेश नं ४ अन्तर्गत पर्ने तनहुँ जिल्लालाई व्यापारिक केन्द्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कृषि, पर्यटन, जलस्रोत र उद्योग कलकारखानाको प्रशस्त सम्भावना रहेको भन्दै तनहुँलाई विकासमा अगाडि बढाउन सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । संघको अध्यक्षमा निर्वाचित मानकाजी श्रेष्ठ, प्रथम उपाध्यक्ष वैकुण्ठ मिश्र, द्वितीय उपाध्यक्ष हरिबहादुर थापा, दमौली बजार इकाइका सभापति राजकुमार श्रेष्ठ (राकु) लगायतका पदाधिकारीलाई अबिर र खादा लगाएर उहाँले बधाई दिनुभएको हो । कार्यक्रममा नेपाली काँग्रेस…

Read More

रुख काटेको आरोपमा वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

रुख काटेको आरोपमा वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

अनिल पोखरेल, राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष इन्द्रदेव साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । राजमार्ग वरिपरीका शिशौका रुखहरु काटेको आरोपमा जिल्ला वन कार्यालयले साह विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पूर्व–पश्चिम राजमार्ग किनारका रुखहरु काटेको भन्दै सडक डिभिजन कार्यालय लहानका नायव सुब्वा सत्यनारायण चौधरीले साह विरुद्ध किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा वन कार्यालयले दुई दिनअघि पक्राउ पुर्जी जारी गरेको शम्भुनाथ इलाका वन कार्यालयका सहायक वन अधिकृत मनोजकुमार कर्णले बताए । घट्नास्थलमा बरामद भएका करिब ५१ क्युफिट काठ मुचुल्का गरी वन…

Read More

शीतलहरका कारण सप्तरीमा एकको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

शीतलहरका कारण सप्तरीमा एकको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

अनिल पोखरेल, सप्तरी  । शीतलहरका कारण शुक्रवार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर– १० स्थित सौरयाहीका ४२ बर्षिय देवीलाल सदाको कठ्यांग्रिएर मृत्यु भएको छ । सदाको शुक्रवार विहान मृत्यु भएको हो । विहीबार राती १० बजे ठेला चलाएर घर आईपुगेका सदा खाना खाएर सुतेका थिए । विहान ४ बजेको समयमा दिसा–पिसाब गरेर पुनः सुतेका सदा मृत अवस्थामा भेटिएको मृतकका दाजु भबिलाल सदाले जानकारी दिएका छन् । यो सँगै सप्तरी जिल्लामा शितलहरबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

Read More

तीसवर्षीय सेवाअवधि खारेज गर्न निवेदन

तीसवर्षीय सेवाअवधि खारेज गर्न निवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार तीसवर्षीय सेवाअवधिसम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका सहायक निर्देशकहरु पुण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डलले आइतबार दायर गरेको निवेदनमा बैंकको सो विनियमावलीको व्यवस्थाअनुसार ३० वर्षीय सेवाअवधिसम्बन्धी व्यवस्था खारेज गर्न माग गरिएको छ । बैंकको विनियमावलीमा भएको ३० वर्षीय सेवाअवधि हटाउन बैंक सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगर्न आयोगले दिएको सुझावसमेत गैरकानूनी भएको निवेदनमा जिकिर गरिएको छ । पुराना कर्मचारीको अनुभव र आवश्यकतालाई मनन गरी विद्यमान…

Read More

नेपाललाई भारतको ६६२ एम्बुलेन्स र १३० वटा बस उपहार

नेपाललाई भारतको ६६२ एम्बुलेन्स र १३० वटा बस उपहार

 भारतको ६९औं गणतन्त्र दिवसका अवसरमा शुक्रबार लैनचौरस्थित भारतीय राजदूतावासले विविध कार्यक्रमको आयोजना गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आफ्नो देशको राष्ट्रिय झण्डा फहराए कार्यक्रमको सुरुवात गरे। लगत्तै राष्ट्रपति रामनाथ कोविन्दको सन्देश पढेर सुनाए। झण्डोत्तोलन समारोहमा एक हजार भन्दा बढीको उपस्थिती थियो। समारोहमा काठमाडौंमा रहेको भारतको केन्द्रीय विद्यालय, मोर्डन इण्डियन स्कुल र भारतीय सांस्कृतिक केन्द्रले राष्ट्रिय गान प्रस्तुत गरेका थिए भने नेपाली सेनाको ब्याण्डले शानदार प्रस्तुत दिएको थियो। सो अवसरमा राजदूत पुरीले ७ एकल महिला, ४ मृत सैनिकका परिवारलाई र एक अपाङ्ग सैनिकप्रति सम्मान व्यक्त गर्दै ४.१४ करोड रुपैयाँ…

Read More