थ्री स्टार आहा-रारा गोल्ड कपको सेमिफाइनलमा

थ्री स्टार आहा-रारा गोल्ड कपको सेमिफाइनलमा

 नेपाल एपिएफ क्लबलाई टाई ब्रेकरमा ५-३ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । विमल घर्ति मगर मोहन बगानसँग आबद्ध भएपछि यस प्रतियोगितामा उपलब्ध भएनन् भने क्लब व्यवस्थापनले समयमा विदेशी खेलाडीको कागजात नवीकरण नगर्दा थ्री स्टारले विदेशी खेलाडी विना खेल्नु पर्यो । थ्री स्टारले १२ औं मिनेटमा पाएको कर्नर मार्फत अग्रता लिने मौका पाएको थियो । सुनिल बालको प्रहारमा एपिएफका डिफेन्डरले क्लियर गर्ने प्रयास आफ्नै क्रसबारमा लागेपछि आत्मघाती गोलबाट एपिएफ जोगिएको थियो । एपिएफ ३० औं मिनेटमा तोप बहादुर विष्टको ३०…

Read More

निजी मेडिकल कलेजले मनपरी शुल्क असुलेको भन्दै विरोध

निजी मेडिकल कलेजले मनपरी शुल्क असुलेको भन्दै विरोध

एमबिबिएस कार्यक्रममा निर्धारित शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका निजी मेडिकल कलेजले विद्यार्थीसँग विभिन्न शीर्षकमा थप शुल्क लिएको विरोधमा आज माइतीघर मण्डलामा विद्यार्थीले विरोध र्‍याली निकालेका छन्। विद्यार्थीले ‘हाम्रा राम्रा दिन फर्कन दिनुहोस्, हामी विद्यार्थी हौँ, बैंक होइनौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेका थिए। आइओएम क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा सो विरोध र्‍याली निकालिएको थियो। सो अवसरमा विद्यार्थीले वार्षिक शुल्क, सुरक्षा शुल्क, इन्टरनसीप शुल्कलगायतका शीर्षकमा अतिरिक्त शुल्क असुली गरी विद्यार्थीलाई मनि बैंकका रुपमा प्रयोग गरिरहेको आरोप लगाएका थिए। आइओएमका स्ववियु सभापति…

Read More

कहिले गर्दैछन् त शिल्पा र छविले बिहे ? (भिडीयो सहित)

कहिले गर्दैछन् त शिल्पा र छविले बिहे ? (भिडीयो सहित)

  चर्चित फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच चलचित्र ‘मंगलम’को रिलिजपछि विवाह हुने भएको छ। रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझा शिल्पाको फिल्म क्षेत्र मात्रै नभइ जीवनमा समेत नजिकिएका थिए। नयाँ फिल्म ‘मंगलम्’ को प्रचार प्रसारका क्रममा नेपालगन्ज पुगेका ओझाले फिल्म रिलिजपछि वैवाहिक जीवनमा बाँधिने बताएका हुन्। शिल्पासँग फिल्म क्षेत्रमा सफलता पाएपछि व्यक्तिगत जीवन समेत सफल हुने निश्चित गरी विवाह गर्ने योजनामा पक्का भएको निर्माता ओझाले सञ्चारकर्मीसँग बताए। तपाईंहरुको सम्बन्धको गरिने चर्चा औपचारिक रुपमा कहिले जोडिन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्माता ओझाले भने, ‘हामी…

Read More

सरकारले गर्यो नेशनल ट्रेडिङ लिमिटेड खारेज

सरकारले गर्यो  नेशनल ट्रेडिङ लिमिटेड खारेज

सरकारले नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घाटा चुलिदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै नेसनल टे्रडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको हो । त्यसैगरी नेपाल यातायात व्यवसायी महासंघको विधानमा चौथो संशोधन गर्ने निर्णय पनि भएको छ । यसले संघीय संरचनामा जान सहज हुने निष्कर्ष सरकारले निकालेको छ । अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाको दोश्रो संशोधन गर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरु रानीजमरा कुलरीया सिंचाई आयोजना, निलगिरी जलविद्युत् आयोजना, शिवम् सिमेण्ट उद्योग र ढाडखोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय बैठकले गरेको छ…

Read More

स्थानीय तह, विद्यालय व्यवस्थान समिति र शिक्षकबीच अधिकारको लडाईँ

स्थानीय तह, विद्यालय व्यवस्थान समिति र शिक्षकबीच अधिकारको लडाईँ

विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघका अध्यक्ष कृष्ण थापा भने स्थानीय तहले आफूले अधिकारको प्रयोग गर्नुभन्दा विद्यालयसम्बन्धी विषयमा समितिलाई अधिकार दिन र आफुखुशी विव्यस गठन विघटन नगर्न माग गर्दै आएको छ । शिक्षकहरुले सङ्घीय संरचनामा आफूहरुको ट्रेड युनियन अधिकारमा कटौती हुने जनाएपछि स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र शिक्षकबीच अधिकारको लडाईँ हुने देखिएको छ । डा कोइरालाले स्थानीय तहले माविसम्म सञ्चालनको जिम्मेवारी आफ्नो हो भन्ने बुझेर शिक्षाका जानकारलाई समावेश गरेर नीति, नियम बनाउन पनि उत्तिकै आवश्यक भएको बताए । नेपाल शिक्षक महासङ्घले उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई आइतबार भेटी आफूहरुको अधिकारको…

Read More

समातिए २० जना विदेशी डाक्टर

समातिए २० जना विदेशी डाक्टर

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौंका विभिन्न अस्पतालबाट अनुमति नै नलिई काम गरिरहेका २० जना विदेशी डाक्टरलाई पक्राउ गरेको छ। नेपाल मेडिकल काउन्सिलको सहकार्यमा अवैध डाक्टर पक्राउ गरेको सीआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिए। सीआइबीको अप्रेशन जारी राखेकाले थप विवरण आउन बाँकी छ। नेपालमा विदेशी डाक्टरले काम गर्न काउन्सिलको अनुमति लिनुपर्ने हुन्छ। त्यसका लागि पनि यहाँ नभएको विशेषज्ञलाई काउन्सिलले अनुमति दिने गर्छ। त्यसरी अनुमति लिएकाहरुले दुर्गम ठाउँमा पनि गएर काम गर्नुपर्ने हुन्छ। पछिल्लो समय काठमाडौ उपत्यकाभित्रै अनुमति नलिई काम गरेको सूचनाका आधारमा उनीहरुलाई सीआइबीले पक्राउ गरेको…

Read More

भोलि सहिद दिवस : सरकारलाई नै पत्तो छैन सहिदको तथ्यांक !

भोलि सहिद दिवस : सरकारलाई नै पत्तो छैन सहिदको तथ्यांक !

मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा वि.सं. २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ । हालसम्म कति सहिद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन । सरकारले यहीँ माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाइरहेको छ । वि.सं. २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिदको सम्झनामा कार्यक्रम गरिदै आएको छ । वि.सं. १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई (१० माघ)काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा (१३ माघ) र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई (१५ माघ) शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड…

Read More

काठमाडौंका १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

काठमाडौंका १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार १२ जनालाई पक्राउ गरेको हो ।   पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन ।  

Read More

भारतलाई उछिन्दै चीन शीर्ष स्थानमा

भारतलाई उछिन्दै चीन शीर्ष स्थानमा

एक सर्वेक्षणले चीन सरकारलाई विश्वमै सबैभन्दा बढी जनताको विश्वास जित्ने सरकारका रुपमा देखाएको छ। अघिल्लो वर्ष पहिलो नम्बरमा रहेको भारतलाई उछिन्दै चीनले शीर्ष स्थानमा आफुलाई उभ्याएको हो। स्वीटजरल्याण्डको डावोसमा भर्खरै सार्वजनिक यस वर्षको ग्लोबल ट्रस्ट इन्डेक्स रिपोर्टअनुसार चीनको सरकार ७४ अंक प्राप्त गरी विश्वमै सबैभन्दा बढी जनताको मत जित्ने सरकारको रुपमा आफुलाई उभ्याएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्। कम्युनिष्ट पार्टीको शासन, राष्ट्रपति सी जिनपिङको आक्रामक भ्रष्टाचारविरोधी अभियान, धनी गरिब सबैलाई समान व्यवहार, सुशासन, आर्थिक वृद्धिदर, जनताको आयस्तर वृद्धि लगायत सरकारका सुधारका कामले चीनमा जनतालाई अत्यधिक प्रभावित पारेको रिपोर्टमा उल्लेख छ। रिपोर्टमा…

Read More

कानून र अनुशासनको परिधिमा रही जिम्मेवार भएर काम गर्न सचिव देवकोटाको निर्देशन

कानून र अनुशासनको परिधिमा रही जिम्मेवार भएर काम गर्न सचिव देवकोटाको निर्देशन

जिम्मेवार भएर ऐन, कानून र अनुशासनको परिधिमा रही काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले कर्मचारीलाई निर्देशन दिएका छन । पर्यटन मन्त्रालयमा आफ्नो स्वागत तथा सोही मन्त्रालयबाट अन्यत्र सरुवा भएका सचिव महेश्वर न्यौपानेको बिदाइ कार्यक्रममा उनले इमान्दारपूर्वक मन्त्रालय र मातहतका काम कारबाहीलाई चुस्त तथा प्रभावकारी बनाउन आग्रह गरे । सचिव देवकोटाले कानूनी राज्यभन्दा माथि कोही व्यक्ति नहुने भन्दै कसैको दबाब र प्रभावमा नपरी जिम्मेवार भएर कार्यसम्पादन गर्न आग्रह गरे । आफू कर्मचारीको सम्बन्धलाई सुमधुर तुल्याएर सेवा प्रवाहलाई परिणाममुखी बनाउन लागि पर्ने भन्दै उनले गल्ती गर्नेलाई कुनै छुट…

Read More