गणतन्त्र दिवसमा सरकारले माफी दिएका ४ जना फेरि लुटपाटमै सक्रिय

गणतन्त्र दिवसमा सरकारले माफी दिएका ४ जना फेरि लुटपाटमै सक्रिय

  बुधबार प्रहरीले सार्वजनिक गरेको ४ जना लुटेर गतबर्षको गणतन्त्र दिवसमा सरकारले आममाफी दिएर छुटेपछि फेरि लुटपाटमा संलग्न भएपछि पक्राउ परेको खुलेको छ । १६ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोगमा पक्राउ परेका रामेछापका भोजबहादुर थापा, सिन्धुलीका रत्नबहादुर तामाङ, धुलिखेलका बिष्णु तामाङ र सोही ठाउँका सानुकान्छा ब्लोनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको थियो । भक्तपुरको सुर्य्विनायक—८ मा रामबहादुर तामाङ र उनको परिवारलाई बन्धक बनाएर गत माघ १० गते राती करीब १६ लाख बराबरको सामान लुटिएको थियो । लुटपाटमा संलग्न मध्ये रामेछापका रोहितबहादुर थापा मगर, सिन्धुपाल्चोकका दीर्घबहादुर तामाङ र बिनोद तामाङ…

Read More

तरकारीवाली कुसुम श्रेष्ठले अभिनय गरेको चलचित्रको गित सार्वजनिक

तरकारीवाली कुसुम श्रेष्ठले अभिनय गरेको चलचित्रको गित सार्वजनिक

तरकारीवालीबाट चर्चित कुशुम श्रेष्ठको अभिनय रहेको चलचित्र ‘लम्फु’ का गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले चलचित्रका अडियो गीतहरु जुबक्स मार्फत सार्वजनिक गरेको हो । चलचित्रमा ‘सँगै जिउने सँगै मर्ने’, ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ बोलका ४ गीत रहेका छन् । ती चारै गीतमा अर्जुन पोखरेको संगीत छ, भने स्वर प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेश लामा र अप्सरा घिमिरेको रहेको छ । गोपाल चन्द्र लामिछाने निर्देशित चलचित्र ‘लम्फू’बाट नव–नायक कबिर खड्काले डेब्यू गर्दैछन् । कबिरसहित चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र…

Read More

सातौँ दिनमा जोन तामाङ भेटिए , हेर्नुहोस् यस्तो अवस्थामा थिए

सातौँ दिनमा जोन तामाङ भेटिए , हेर्नुहोस् यस्तो अवस्थामा थिए

  हराएको सातौँ दिनमा जोन तामाङ भेटिए । फूलचोकीमै । उनी फेला परेको भनी सातदोबाटोका डीएसपी विनोद सिलवालले जानकारी दिनुभएपछि अभिभावक संघका पूर्व अध्यक्ष सुप्रभात भण्डारी र म गोदावरीतर्फ लाग्यौँ । राती सवा आठ बजे उनलाई तल गोदावरीमा ल्याइयो । उनलाई एम्बुेन्समा राखेर बीएण्डबी अस्पतालतर्फ लगियो । उनलाई रामकाजी तिवारी र चन्द्र आलेले बोकेर तल झार्नुभएको हो ।   रेस्क्यु एसोसिएसन, र्या्फ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दर सिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली आज सुरुमै फुलचोकीको टुप्पामा पुग्यो । त्यहाँबाट तल झर्यो । रामकाजी तिवारी र चन्द्र आलेले…

Read More

खग्रास चन्द्रग्रहण समाप्त

खग्रास चन्द्रग्रहण समाप्त

माघ शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लागेको छ । बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल सात बजेर १७ मिनेटमा भयो । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । ग्रहणका समयमा शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकले बिहान आठ बजेर ५५ मिनेटदेखि नै खान नहुने मान्यता छ । ग्रहण लागेपछि सुत्न, हाँस्य विनोद, मैथुन लगायत काम पनि गर्नु नहुने उनले बताए…

Read More

निकृष्ट शब्द प्रयोग गर्दैमा समाज परिवर्तन नहुने : प्रधानान्यायाधीश

निकृष्ट शब्द प्रयोग गर्दैमा समाज परिवर्तन नहुने : प्रधानान्यायाधीश

प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले कसैलाई गाली गलौज र निकृष्ट शब्द प्रयोग गर्दैमा समाज परिवर्तन नहुने बताउनुभएको छ । बुधबार काठमाडौमा अपराध संहिता र देवानी संहिता प्रशिक्षणमा प्रधानन्यायाधिश पराजुलीले यस्तो बताउनुभएको हो । उहाले कसैलाई होच्याएर नबोल्न पनि आग्रह गर्नुभयो । विकृति र विसंगति विरुद्ध लड्ने अस्त्र पद्धति र प्रणाली भएको भन्दै उहाले कसैप्रति तल्लोस्तरको बोली नबोल्न सुझाव दिनुभयो । कार्यक्रममा कानुन मन्त्री यज्ञबहादुर थापाले अस्थायी राजधानीका बिषयमा आन्दोलन नगर्न भन्दै कार्य संचालनका लागि मात्रै अस्थायी राजधानी तोकिएकोले स्थायी रुपमा प्रदेशसभाले नै टुङगो लगाउने धारणा राख्नुभयो ।

Read More

यूएई ‘ए’माथि नेपालको शानदार जित, युएई १ सय ९३ रनले पराजित

यूएई ‘ए’माथि नेपालको शानदार जित, युएई १ सय ९३ रनले पराजित

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो खेलमा युएई ‘ए’लाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३ सय ३४ रनको लक्ष्य पछ्याएको युएई ४०.२ ओभरमै १ सय ४० रन बनाउँदै अलआउट हुन पुगेको थियो । युएईलाई सस्तैमा रोक्न हालै आइपिएल टोली दिल्ली डेरडेभिल्समा आबद्ध लेग स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र शक्ति गौचनले पनि एकएक विकेट लिएका थिए भने पारस खड्काले २ विकेट लिए । युएईका लागि मोहम्मद कसिमले सर्वाधिक ४१ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने राम्रो…

Read More

नविल बैंकमा अनिल केशरी शाहको नियुक्ति खारेज

नविल बैंकमा अनिल केशरी शाहको नियुक्ति  खारेज

नविल बैंक लिमिटेडले अनिल केशरी शाहको नियुक्ति खारेज गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शाहलाई नियुक्त गर्ने सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरेको हो । शाहलाई बैंकको प्रमुख कार्यकारीका रुपमा बैंक सञ्चालक समितिले पुस १३ गते नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकले, बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई एक संस्था छोडेको ६ महिना नपुगेसम्म अर्को संस्थामा जान नपाउने व्यवस्था गरेअनुरुप शाहले जेठ २२ गतेसम्म अन्य बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर जान पाउँदैनन् । नबिल बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत शशीन जोशिले राजिनामा दिएसकेका…

Read More

हेर्नुस् एक सय ५२ वर्षपछि लागेको खग्रास चन्द्रग्रहण

हेर्नुस् एक सय ५२ वर्षपछि लागेको खग्रास चन्द्रग्रहण

 एक सय ५२ वर्षपछि खग्रास चन्द्रग्रहण लागेको छ। बेलुकी साढे ६ बजेबाट चन्द्रमालाई इशान कोणबाट ग्रहणले छोएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ। ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१…

Read More

गाउँपालिकाका अध्यक्ष विरुद्ध दुईवटा नागरिकता लिएको आरोपमा उजुरी

गाउँपालिकाका अध्यक्ष विरुद्ध दुईवटा नागरिकता लिएको आरोपमा उजुरी

रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्री विरुद्ध दुईवटा नागरिकता लिएको आरोप लगाउँदै छानविन माग गरिएको छ। स्थानीय हरिबहादुर पुनले छानविन माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएका हुन। फरक फरक नाम र फरक समयमा दुई वटा नागरिकता लिएकोबारे छानविन गरी कानुनी कारबाही गर्न माग गरिएको हो। नागरिकता दुई ब्यक्तिको नाममा छ तर एउटै ब्यक्तिको या दुई भाईको हो अनुसन्धान पछि थाहा हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।   जाहेरीमा खत्रीले ४ वर्षको फरकमा दुई वटा नामबाट नागरिकता लिएको आरोप लगाईएको छ। वास्तविक नाम भिउदे खत्री भएको र आफ्नै…

Read More

आउने सरकारले बालमैत्री संरचना तयार गर्छ :अध्यक्ष ओली

आउने सरकारले बालमैत्री संरचना तयार गर्छ :अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले बालमैत्री संरचना तयार गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित नेकपा (एमाले)  कार्यालयमा बालसञ्चार केन्द्र एवं बालमैत्रीका अध्यक्ष रविराज बसौलाको नेतृत्वमा गएको टोलीले आज बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले आगामी सरकारले बालमैत्री संरचना निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, “बालबालिका शान्ति क्षेत्र हुन्, उनीहरुको श्रव्य र दृश्यमा वा मस्तिष्कमा असर पर्ने गरी कुनै पनि काम गर्न हुँदैन ।” उहाँले बालबालिका असर पर्ने खालको सामाजिक परिस्थितिको समेत निर्माण गर्न नहुनेमा जोड दिनुभयो । बालबालिकालाई विषादीमुक्त खाना खुवाउनुपर्ने र शिक्षा, स्वास्थ्यमा…

Read More