स्थानीय र प्रहरीबीच झडप हुँदा इन्सपेक्टरका तीनवटा दाँत भाँचिए

स्थानीय र प्रहरीबीच झडप हुँदा इन्सपेक्टरका तीनवटा दाँत भाँचिए

बनेपा १ स्थित सडकमा टिपरको ठक्करले बटुवाको मृत्यु भएपछि झडप हुँदा एकजना प्रहरी निरीक्षकको तीनवटा दाँत भाँचिएका छन् । शनिबार साँझ बाटोमा हिँडिरहेका स्थानीय ५१ वर्षीय बद्री खड्कालाई बा ४ ख ३३२६ नम्वरको टिप्परले ठक्कर दिएपछि आक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरी निरीक्षक सुनिलजंग शाहाको दाँत भाँचिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आवेगमा आएका स्थानीयले टिप्पर जलाउन खोज्दा प्रहरी निरीक्षक शाहले छेकेपछि स्थानीयलले ढुङ्गामुढा गरेका थिए । त्यसक्रममा शाहको अगाडिका तीन दाँत भाँचिएको इलाका कार्यालय बनेपाका सई भक्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाइते शाहको बनेपास्थित…

Read More

एपीएफ क्लब बन्यो ढोरपाटन युएम महिला भलिबल च्याम्पियन

एपीएफ क्लब बन्यो ढोरपाटन युएम महिला भलिबल च्याम्पियन

विभागीय नेपाल एपीएफ क्लब १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।   नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बिहिबार भएको लिग चरणको अन्तिम खेलमा शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । अपराजित रहेको एपीएफले १७ खेलबाट ५० अंक जोड्दै दोस्रो स्थानको डायमण्डलाई ४ अंकले पछि पार्‍यो । न्यु डायमण्डले १७ खेलबाट ४६ अंकमात्र जोड्न सक्यो । डायमण्डले अन्य दिनका खेलभन्दा निकै निराशजनक प्रदर्शन गर्दा पहिलो सेट २५–१६ ले गुमाएको थियो । दोस्रो सेट २५–१७…

Read More

यस्ता हुन्छन क्यान्सरका सुरुवाती लक्षण

यस्ता हुन्छन क्यान्सरका सुरुवाती लक्षण

क्यान्सर, जसको नामबाटै हामी भयभित हुन्छौं । यो यस्तो रोग हो, जसको उपचार महंगो मात्र होइन, कतिपय अवस्थामा असंभव पनि हुन्छ । असंभव कुन अवस्थामा त ? यसको विभिन्न चरण हुन्छ । जब अन्तिम चरणमा पुग्छ, रोग निदान असंभव हुन्छ । तमाम उपचार गर्दा पनि रोगीको जीवन रक्षा गर्न चिकित्सा विज्ञान असफल हुन्छ । त्यही कारण क्यान्सरदेखि सबै डराउँछन् । यद्यपी सुरुवाती चरणमा थाहा भयो भने क्यान्सर निको हुन्छ । यसको उपचार हुन्छ । रोगी उपचारपछि सामान्य जीवनमा र्फकन सक्छन् । यसका उदाहरण हामी हाम्रै समाजमा पनि देख्न सक्छौं ।…

Read More

विद्यार्थीले गल्ती स्वीकार गर्लान् भनेर दिइयो यस्तो सजाँय

विद्यार्थीले  गल्ती स्वीकार गर्लान् भनेर दिइयो यस्तो सजाँय

भारतको पूर्वी प्रान्त झारखण्डको एक निजी विद्यालयमा बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएर विद्यार्थीलाई सजायँ दिइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानाध्यापक सुशान्ती हेमब्रोमले १३ जना विद्यार्थीलाई मैनबत्तीको लप्कामाथि हात राख्न लगाएकी हुन्। ती विद्यार्थीमध्ये कसले कक्षाको अर्का सहपाठीको पैसा चोरेको हो पत्ता लगाउन यस्तो सजायँ दिइएको झारखण्डका प्रहरीले जानकारी गराएको छ  । घटनाको भोलिपल्ट अविभावकले आफ्ना छोराछोरीलाई यातना दिएको गुनासो गरेपछि प्रधान शिक्षिकालाई निलम्बन गरिएको थियो। विद्यार्थीले आफ्नो गल्ती स्वीकार गर्लान् भनेर यस्तो सजायँ दिएको हिरासतमा रहेकी शिक्षिका हेमब्रेमले बताएकी छन्।

Read More

धार्मिक कट्टरताले दर्ता भएन बलात्कारको मुद्धा

प्रहरी अधिकारीहरुकै मिलेमतोमा लुकाइएको बालिका बलात्कारको घटनामा आरोपीहरु विरुद्ध मुद्दा रोक्न धार्मिक अस्त्र प्रयोग भएको पाइएको छ । अंग्रेजी नयाँ बर्ष मनाउन इटहरीको रोयल रिसोर्ट पुगेकी एक बालिका बलात्कृत भएकी थिइन् । तर, प्रहरीको समेत मिलमतोमा घटना लामो समय लुकाइयो । त्यसक्रममा बलात्कारीको अभियोग लागेका युवाहरुविरुद्ध पीडित परिवारले मुद्दा दर्ता नगराउन् भनेर धार्मिक अस्त्र प्रयोग भएको पाइएको छ । इटहरी तरहारका पीडित परिवारले इसाई धर्म मान्छन् । उनीहरुको घर छेउमै चर्च छ । त्यसैले पीडक पक्षका विचौलियाले ‘क्षमादान गर्न लगाइएको खुलेको छ । ‘प्रभूले मुद्दा मामिला गर्न हैन, क्षमादान गर्नु…

Read More

प्रदेश नम्बर २ मा फागुनमा २ प्रदेश सभामुखको निर्वाचन

प्रदेश नम्बर २ मा फागुनमा २  प्रदेश सभामुखको निर्वाचन

प्रदेश नम्बर २ मा आगामी २ फागुनमा प्रदेश सभा सभामुखको निर्वाचन हुने भएको छ । आज ज्येष्ठ सदस्य लगनलाल चौधरीले बोलाएको सर्वदलीय वैठकमा सो निर्णय भएको हो । तर निर्वाचनको प्रक्रिया भने प्रदेशसभाको दोस्रो वैठकले थाल्ने भएको छ ।   प्रदेश सभाको पहिलो वैठकबाटै सभामुख निर्वाचनको प्रक्रिया शुरु हुने चर्चा माझ सर्वदलीय वैठकले यस्तो निर्णय गरेको हो । चौधरीका अनुसार दोस्रो वैठक २९ माघमा बस्नेछ र त्यसले समाभुख निर्वाचनको प्रक्रिया सुरु गर्नेछ ।

Read More

ऋतिक रोशनका छोरा बन्दै टाइगर

ऋतिक रोशनका छोरा बन्दै टाइगर

 बलिउडका एक्सन अभिनेताद्वय ऋतिक रोशन र टाइगर श्राफ एकसाथ पर्दा सेयर गर्ने भएका छन्। फिल्म निर्माता सिद्धार्थ आनन्दले बनाउन लागेको फिल्ममा यी दुई एक्सन अभिनेतालाई एकसाथ पर्दा सेयर गरेको देख्न पाइने छ। अगस्टबाट छायङ्कन शुरु हुने फिल्मको नाम भने खुलाइएको छैन। सन् २०१९ को अक्टोबर २ मा रिलिज हुने फिल्ममा बानी कपुर पनि देखिने छिन्। फिल्मको छायांकन सन् २०१९ को फेब्रुअरीको गान्धी जयन्तीको दिनमा सकिने निर्माण पक्षले बताएको छ। फिल्ममा ऋतिक रोशनलाई टाइगर श्राफको पिताको रुपमा देख्न सकिने छ। टाइगर र आनन्दले हालै मात्र ‘सिल्भर स्टालोन’को हलिउड फिल्म ‘रेम्बो’मा एकसाथ…

Read More

देशसभाका लागि सांसदहरु धनगढी आउने क्रम जारी

देशसभाका लागि सांसदहरु धनगढी आउने क्रम जारी

धनगढी, २० माघ । सात नं प्रदेशको आइतबार बस्ने पहिलो प्रदेशसभा बैठकका लागि प्रदेशसभा सदस्यहरु धनगढी आउने क्रम जारी रहेको छ । कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा सहभागी हुन यहाँका सबै जिल्लाबाट निर्वाचित र समानुपातिक सांसदहरु धनगढी आइरहेका हुन् । बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिनुभयो । “पहिलो बैठकमा कार्यसूचीको सम्बन्धमा प्रदेश प्रमुखले आह्वान गरेको बैठकको पत्रबाट शुरुवात् हुनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार धनगढी आइपुग्ने सांसदहरुले सभामा सहभागी हुन प्रवेश पाससमेत लिइरहनुभएको छ । शनिबार दिउँसोदेखि साँझ…

Read More

एमालेले प्रदेश नं २ मा संसदीय दलको नेता छान्न निर्वाचन गर्ने

एमालेले प्रदेश नं २ मा संसदीय दलको नेता छान्न निर्वाचन गर्ने

महेन्द्रनगर : प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रुपमा उपस्थित भएको नेकपा (एमाले)को संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ । एक सय सात सदस्यीय प्रदेशसभामा एमाले २१ सिटसहित तेस्रो ठूलो दलका रुपमा रहेको छ । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम र २५ सिटसहित दोस्रो दल बनेको राजपाको गठबन्धनले सरकार बनाउने भएपछि एमालेले प्रमुख विपक्षी दलको हैसियत पाउने स्थिति रहेको छ । प्रमुख विपक्षी दलको नेता बन्न एमालेमा दुई नेता प्रतिस्पर्धामा छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश नं २…

Read More

यसरी पत्ता लगाउन सकिन्छ खाद्यपदार्थमा मिसावट

यसरी पत्ता लगाउन सकिन्छ खाद्यपदार्थमा मिसावट

अधिकांश खानेकुरा हामी बजारबाट खरिद गर्छौं, जसको शुद्धताप्रति ढुक्क हुन सकिदैन । कतिपय खाद्य पदार्थ मिसावटयुक्त हुन्छ । यसरी मिसावट भएको खानेकुराको गुणवक्ता कम हुने मात्र होइन, हानिकारक पनि हुन्छ । खासगरी अखाद्य तत्व मिश्रण गरिएको खानेकुराले शरीरमा विभिन्न किसिमको बिकार पैदा गर्छ । पौष्टिक पदार्थको स्रोत हामी स्वस्थ्य जीवनको लागि खानेकुरा सेवन गर्छौ । हाम्रो खानामा प्रोटिन, बोसो, कार्बोहाइड्रेट, भिटामिन, खनिज, लवण आदि सामेल हुनुपर्छ । यी सबैको सन्तुलनले नै शरीर स्वस्थ्य हुने हो । यद्यपी अहिले खानेकुरामा अनेकौ बस्तुको मिसावट हुन्छ । त्यसले गर्दा खानेकुराबाट जे प्राप्त गर्नुपर्ने…

Read More