राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमत, यी हुन निर्वाचित उम्मेदवार (सूचीसहित)

राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमत, यी हुन निर्वाचित उम्मेदवार  (सूचीसहित)

राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन । मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परिणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित र निर्विरोध गरी ५३ सिटको परीणम आउँदा वाम गठबन्धनले ३६ सिट जितेको छ । जसमा एमालेको २५ सिट छ भने माओवादीले ११ सिट जितेको छ । कांग्रेसले १३ सिट जित्दा राजपा र संघीय समाजवादी फोरमले २-२ सिट जितेका छन् । परिणामअनुसार वाम…

Read More

गाउँपालिकाको केन्द्र सार्ने निर्णय पछि आन्दोलन सुरु

गाउँपालिकाको केन्द्र सार्ने  निर्णय पछि आन्दोलन सुरु

अनिल पोखरेल अनिल पोखरेल राजविराज, २४ माघ । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाको नाम परिवर्तन गरि केन्द्र सार्ने विषयमा एउटा वडामा आन्दोलन सुरु भएको छ भने सातवटा वडा त्यसलाई समर्थन गरेको छ ।  हालै सम्पन्न गाउँ सभाको बैठकमा दुई तिहाई बहुमतले उक्त गाउँपालिकाको नाम “खाँडो–जीता गाउँपालिका” र केन्द्र कोइलाडीस्थित जिरिया पोखरीको डिलमा सार्ने निर्णय गरिएपछि आन्दोलन र समर्थन सुरु भएको छ ।  उक्त निर्णयको बिरोधमा सो गाउँपालिका वडा नं. १ तिलाठीका नागरिक समाजले आन्दोलन स्वरुप रिले अनसन सुरु गरेको छ । नाम परिवर्तन गरी केन्द्र सारिएको बिरोधमा सीमा रक्षकको नामले परिचित देबनारायण यादवसहितका स्थानियहरुले…

Read More

प्रदेश नम्बर ५ मा एमाले र माओवादीका २/२ र कांग्रेसका १ एक सदस्य बिजयी

प्रदेश नम्बर ५ मा एमाले र माओवादीका  २/२ र कांग्रेसका  १ एक सदस्य बिजयी

प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्यको लागि   बुधबार भएको निर्वाचनको मतपरिणाम अनुसार एमाले र माओवादीले दुई/दुई सदस्य जितेका छन् भने कांग्रेसले एक सदस्य जितेको छ । खुलामा एमालेबाट रुपन्देहीका खिमलाल भट्टराई ३ हजार ६, माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्का २ हजार २ सय ८० र कांग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय २ हजार ४ सय १८ मतभारका साथ विजयी भएका छन् । तीन जना उम्मेदवारले ल्याउनुपर्ने मतभार भन्दा बढी मत पाएपछि विजयी घोषणा गरिएको निर्वाचन अधिकृत हेमन्त रावलले बताए । एकल संक्रमणीय निर्वाचन प्रणालीअनुसार विजयी हुन एकजना उम्मेदवारले १ हजार ९ सय ६८ मत ल्याउनुपर्ने…

Read More

नक्कली पत्रकार बनी चोरी गर्ने केसी पक्राउ

नक्कली पत्रकार बनी चोरी  गर्ने केसी पक्राउ

महानगरीय अपराध महाशाखाले नक्कली पत्रकार बनी चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले गोष्ठी स्थलमा प्रवेश गरी चोरी गर्ने कार्यमा संलग्न ललितपुर गोदावरीका ५२ वर्षीय अशोक केसी भन्ने हरिशरण केसीलाई चोरीका धनमालसहित मंगलबार अपराध महाशाखा काठमाडौँको टोलीले ललितपुरबाट पक्राउ गरेको हो । केसीले माघ २० गते कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा बैंकरहरुको तालीम सञ्चालन भइरहेको अवस्थामा खाजा खाने समय पारी ‘फायर साइड डेली’ नामको नक्कली प्रेस कार्ड देखाई तीन महिलाको लेडिज ब्याग, ब्यागभित्र रहेको नगद तथा मोबाइलका साथै नगद रु ३२ हजार ५०० चोरी गरेका थिए । केसीबाट…

Read More

राष्ट्रिय सभामा माओवादी केन्द्रका नेता बादल विजयी

राष्ट्रिय सभामा माओवादी केन्द्रका नेता  बादल विजयी

नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल राष्ट्रिय सभामा विजयी भएका छन् । प्रदेश नम्बर ३ बाट खुल्लातर्फका उम्मेदवार बादलले ३३९६ मतसहित राष्ट्रिय सभामा स्थान पक्का गरेका हुन् । यसअघि वाम गठबन्धनको तर्फबाट राष्ट्रिय सभामा प्रदेश नम्बर ३ मा खुल्ला सदस्यका लागि तीनजनाको उम्मेवारी परेपछि एमाले उम्मेदवार बेदुराम भुसालको उम्मेदवारी फिर्ता गराएर बादललाई सुरक्षित गरिएको थियो । प्रदेश ३ बाट खुलाबाट ३ जनाको कोट रहेको अवस्थामा विवेकशील-साझा पार्टीसहितका साना दलको सहयोगमा कांग्रेसका राधेश्याम अधिकारीसहित चारजनाको उम्मेदवारी परेको थियो । तीनको कोटामा वामबाटै तीनैको उम्मेदवारी परेपछि वामले एमाले नेता भुसालको उम्मेदवारी…

Read More

इटहरी बलात्कार घटनामा प्रहरी चुकेपछि एसपी माझी र इन्स्पेक्टर दाहाल निलम्बित

इटहरी बलात्कार घटनामा प्रहरी चुकेपछि एसपी माझी र इन्स्पेक्टर दाहाल निलम्बित

 एक महिनाअघि प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी बालिकालाई जबरजस्ती बलात्कार गरेको घटनामा प्रहरी चुकेपछि सुनसरीका प्रहरी प्रमुख एसपी र इटहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई निलम्बन गरिएको छ। पुस १६ गते इटहरी वडा नं. २ को रोयल रिसोर्टमा १६ बर्षीया बालिकामाथि बलात्कार गरिएको थियो। प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इटहरीका इन्सपेक्टर चिरञ्जिवी दाहाललाई गृह मन्त्रालयले बुधबार निलम्बन गरेको हो। प्रहरी प्रधान कार्यालयले मंगलबार एसपी माझी र इन्सपेक्टर दाहाल निलम्बन गर्न सिफारिस गरेको थियो। त्यही आधारमा एसपी माझी र इन्सपेक्टर दाहाललाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी मनोज न्यौपानेले…

Read More

राष्ट्रिय सभामा दिननाथ शर्मा विजयी

राष्ट्रिय सभामा दिननाथ शर्मा  विजयी

 राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ४ बाट माओवादी केन्द्रका दिननाथ शर्मा विजयी भएका छन्। खुला सदस्य तर्फ उनी १५ सय ३० मतभारका साथ विजयी भए। यस्तै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे २२ सय ६२ मतभार र नेकपा एमालेका गणेष निमिल्सिना १७ सय ८२ मतभारका साथ विजयी भए।

Read More

राष्ट्रिय सभा निर्वाचन : ३ नम्बर प्रदेशमा ६ वाम गठवन्धन र २ कांग्रेसका उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन : ३ नम्बर प्रदेशमा ६ वाम गठवन्धन र २ कांग्रेसका उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन तीन नम्बर प्रदेशको परिणाम सार्वजनिक भएको छ। ८ सदस्यको लागि भएको निर्वाचनमा ६ वामपन्थी र २ सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। खुलामा कांग्रेसका राधेश्याम अधिकारी, एमालेका बलराम बासकोटा र माओवादी केन्द्रका रामबहादुर थापा विजयी भएका छन्। महिला तर्फ एमालेका उदया शर्मा पौडेल र दिलकुमारी थापा रावल (पार्वती) र कांग्रेसकी धनकुमारी खतिवडा विजयी भए। अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यकमा एमालेका रामचन्द्र राई र दलित तर्फ एमालेका सिंग बहादुर विश्वकर्मा विजयी भए।

Read More

सुन्धाराको महिला शौचालयमा लुकेर भिडियो खिच्ने युवक पक्राउ

सुन्धाराको महिला शौचालयमा लुकेर भिडियो खिच्ने युवक पक्राउ

काठमाडौं । बुधबार बिहान साढे ८ बजे सुन्धारास्थित एक मलको महिला सार्वजनिक शौचालयमा प्रवेश गरी लुकिछिपी मोबाइलबाट भिडियो खिच्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको पनौती–८ का रमेश श्रेष्ठ छन् ।   पीडित महिला नेपाल सरकारको अधिकृत तहको कर्मचारी भएको स्रोत बताउँछ । महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहन थापाले  दिएको जानकारी अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान सुरु भएको छ ।  

Read More

दुर्घटनापछि भक्तपुरका दुवै सडक बन्द

दुर्घटनापछि भक्तपुरका दुवै सडक बन्द

मिनिट्रकको ठक्करबाट आज बिहान मृत्यु भएका पीडितका परिवार र आफन्तले दोषीलाई कारबाहीको माग गर्दै भक्तपुरका मुख्य दुई सडक बन्द गराएका छन् । दिउँसो दुईबजेदेखि पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडक बन्द गराएर महानगरीय प्रहरी वृत्त थिमि घेराउ गरेको पीडितपक्षले साँझ ५ बजेदेखि अरनिको राजमार्ग खण्डअन्तर्गत थिमि चारदोबाटो पनि बन्द गराएका छन् । काठमाडौँबाट भक्तपुर र पूर्वतर्फ जाने सडक बन्द भएपछि सवारी आवागमन अस्तव्यव्स्त बनेको छ । साँझपख सयौँ यात्रुहरु अलपत्र परेका छन् । बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मर्निङ वाक गइरहेका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने वर्ष ६६ को जगतकुमार…

Read More