सरकार गठनपछि पार्टी एकता गर्ने ओलीको प्रस्तावमा प्रचण्डको मौन सहमति

सरकार गठनपछि पार्टी एकता गर्ने ओलीको प्रस्तावमा प्रचण्डको मौन सहमति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। राजधानीमा बिहीबार भएको भेटमा राष्ट्रिय सभा निर्वाचनको परिणाम, प्रदेश सरकार गठन र पार्टी एकताबारे छलफल भएको बताइएको छ। पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने समझदारी भएको नेताहरुले बताएका छन्। दुई नेताको सहमतिअनुसार पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ। संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ। निर्वाचनअघि एमालेसँग ६०/४० को भागवण्डासहित वाम गठबन्धन गरेको माओवादी केन्द्र अहिले प्रदेश सरकारसम्म आइपुग्दा ३० प्रतिशतमा झरेको…

Read More

Breaking : नामिबियासँगको खेलमा नेपाल विजयी

Breaking : नामिबियासँगको खेलमा नेपाल विजयी

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपालले नामिबिया लाई  १ विकेटले पराजित गरेको छ । निर्धारित ५० ओभरको खेलमा पहिलो ब्याटीङ गरेको नामिबियाले १ सय ३८ रनमात्रै बटुल्न सफल भएको थियो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले १५ , कप्तान पारस खड्काले १९, सरद भेष्वाकर ले २९ र रोहित पौडेल ले १७ , सोमपाल कामीको ११ रनको योगदान गरे । यस अघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४.२ ओभरमा १ सय ३८ रनमै अलआउट पार्न सफल रह्यो । नेपालका लागि युवा बलर सन्दिप लामिछानेको बलिङ…

Read More

अफिसमा के गर्नुहुन्छ के हुँदैन ? जानीराख्नुहोस्

अफिसमा के गर्नुहुन्छ के हुँदैन ? जानीराख्नुहोस्

अफिसमा काम गर्दा निकै विचार पुर्‍याउनुपर्ने हुन्छ । व्यवहारकै कारण प्रिय वा अप्रिय हुने भएकाले राम्रो व्यवहार गरेर सबैको प्रिय बन्न सकिन्छ । बानी–व्यवहारमा कमी–कमजोरी भए तिनलाई हटाएर वा सुधारेर कार्यक्षेत्रका साथीभाइसँग मिलेर बस्ने बानीको विकास गर्नुपर्छ । अफिस पुगेपछि मोबाइल साइलेन्ट मोडमा राख्नुपर्छ । मोबाइल रिङटोनमा छ भने आवाज कम गर्नुपर्छ । आफ्नो सिटबाट उठ्दा मोबाइल लिन बिर्सनु हुँदैन । कुनै जरुरी तथा व्यक्तिगत फोन उठाउनु छ भने अरूले नसुन्ने ठाउँमा गएर उठाउनुपर्छ । मिटिङ, वर्कसप तथा सेमिनारहरूमा मोबाइलको स्वीचअफ गर्नुपर्छ । अफिसको फोन अनावश्यक प्रयोग गर्नुहुँदैन । अफिस समयको…

Read More

एमाले–माओवादी भन्दा पहिले वैद्य र चन्द नेतृत्वको माओवादीले पार्टी एकता गर्ने

एमाले–माओवादी भन्दा पहिले वैद्य र चन्द नेतृत्वको माओवादीले पार्टी एकता गर्ने

काठमाडौ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता अगाडि बढेको जनाएका छन् । महासचिवद्वय वैद्य र चन्दले आज संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा दुवै पार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकले तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय गरेको उल्लेख छ । राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर पहिल्यैदेखि सञ्चालन गरिँदै आएको संघर्षका कार्यक्रमलाई थप व्यवस्थित गर्नका लागि वामपन्थी, प्रगतिशील, देशभक्त शक्तिसित आवश्यक समझदारी बनाई संयुक्त मोर्चा निर्माणका निम्ति शीघ्र पहल गर्ने निष्कर्ष निकालिएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा राष्ट्रिय…

Read More

अत्याधिक नाफा कमाएका नौ वाणिज्य बैंकहरु

अत्याधिक नाफा कमाएका नौ वाणिज्य बैंकहरु

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नै नौ वटा वाणिज्य बैंक अर्बपति भएका छन् । नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकले छ महिनामा नै अर्बमाथि खुद मुनाफा आर्जन गरेका हुन् । हेरौँ, नौ वटै बैंकको अपरिष्कृत वित्तीय विवरण : नविल बैंक लिमिटेड नविल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ८३ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव १४ प्रतिशत…

Read More

दुई पांग्रे सवारी साधनमा पनि सुरु भयो इम्बोस्ड नम्बर

दुई पांग्रे सवारी साधनमा पनि सुरु भयो इम्बोस्ड नम्बर

यातायात व्यवस्था विभागले दुई पांग्रे सवारी साधनमा पनि इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्ने भएको छ। विभागले आउँदो फागुन १ गतेदेखि बागमती अञ्चल कार्यालयमा दर्ता भएका सम्पूर्ण दुई पांग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानको काम थाल्ने भएको हो। मोटरसाइकलमा इम्बोस्ड नम्बर जडान गर्न २५ सय रुपैयाँ राजस्व बुझाउनु पर्नेछ। त्यसका अतिरिक्त इम्बोस्डका लागि आवेदन गर्नुअघि सम्पूर्ण राजस्व पनि तिरेको हुनुपर्ने विभागले जनाएको छ। यातायात व्यवस्था विभागको बागमती अञ्चल कार्यालयमा मात्रै करिब ९ लाख दुई पांग्रे सवारी साधन दर्ता भएका छन्।  विभागका अनुसार दुई पांग्रे सवारी साधनको अगाडि ३००×८० मिलिमिटर…

Read More

बलात्कार काण्डको ‘फैसला’ उल्टियो,उच्च अदालत द्धारा नँया नजिर कायम

बलात्कार काण्डको ‘फैसला’ उल्टियो,उच्च अदालत द्धारा नँया नजिर कायम

करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीमा परेका तीन आरोपीलाई साधारण तारिखमा छाड्ने जिल्ला अदालतको फैसलालाई बदर गर्दै बिहीबार पाटनको उच्च अदालतले ‘प्राप्त प्रारम्भिक प्रमाणका आधारमा आरोपीलाई पुर्पक्षका लागि तत्काल थुनामा राख्ने’ आदेश दिएको छ । उच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दिएको जानकारीमा यो मुद्दाको छिनोफानो नभैकन आरोपीलाई तत्काल थुनामा राख्ने’ फैसला अदालतले सुनाएको हो । फैसला मुख्य न्यायाधिश प्रकाश ढुङ्गानाको बेन्चले सुनाएको थियो । कानूनी प्रावधानअनुसार अदालती फैसलामा चित्त नबुझेको अवस्थामा ‘१७ नम्बरको आदेशअनुसार’ पुनरावेदन ९उच्च अदालत० मा जान सकिने स्थितिमा अहिले यो घटना पुनरावेदनमा पुगिसकेको छ । ललितपुर…

Read More

शिक्षक समयमा नआउँदा बन्यो यस्तो नियम

शिक्षक समयमा नआउँदा बन्यो यस्तो नियम

अर्घाखाँचीमा विद्यार्थीले शिक्षकको हाजिरी गर्न थालेपछि शिक्षकहरू समयमा विद्यालय जान थालेका छन्। शिक्षकहरू १० बजेभन्दा ढिला र ४ बजेभन्दा अघि हिँड्ने गुनासो आएपछि जिल्ला शिक्षा कार्यलयले विद्यार्थीलाई नै जिम्मा दिएर शिक्षकको हाजिरी गर्ने नियम बनाएको हो। शिक्षकको हाजिरी विद्यार्थीले गर्न थालेपछि शिक्षकहरू समयमै विद्यालय जाने र ४ बजे मात्र विद्यालय छाड्ने गरेका जिल्ला शिक्षा कार्यलयका जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले जानकारी दिए। बिहीबार जिल्ला शिक्षा कार्यालय र जिल्ला युवा समिति कार्यालयले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा जिल्लाका ६० वटा विद्यालयमा यो अभियान चलेको र अभियानलाइ अर्को वर्षदेखि सबै विद्यालयमा सञ्चालन…

Read More

दरबारमार्ग काण्डमा सामूहिक बलात्कार भएको खुलासा

दरबारमार्ग काण्डमा सामूहिक बलात्कार भएको खुलासा

प्रहरीले दरबारमार्गको ल्याण्डमार्क होटलमा पीडित युवतीको सामूहिक बलात्कार भएको निष्कर्ष निकालेको छ । साथै बलात्कारको घटना मिलापत्र गरेर लुकाउन प्रहरीले भूमिका खेलेको पनि पुष्टि भएको छ ।   प्रहरीकै संलग्नतामा घटना लुकाएको खबर सार्वजनिक भएपछि काठमाडौं प्रहरी परिसरले एसपी रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । छानविन समितिले बिहीबार बुझाएको प्रतिवेदनमा युवतीमाथि सामूहिक बलात्कार भएको देखिएको छ । अहिलेसम्म शैलेश कार्कीसहित विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेल संलग्न देखिएको प्रहरीको अनुसन्धानले देखाएको छ । ‘यो बलात्कार हो भनेर हामीले मुद्दा चलाउन उठाएका छौं’ एसपी जोशीले  भने ।…

Read More

माओवादी केन्द्र संसदीय दल : प्रदेश नं ३ मा जमरकट्टेल र छमा शाही

माओवादी केन्द्र संसदीय दल :  प्रदेश नं ३ मा जमरकट्टेल र छमा शाही

नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं ३ संसदीय दलका नेतामा शालिकराम जमरकट्टेल (धादिङ) लाई चयन गरेको छ । संसदीय दलको आज यहाँ बसेको बैठकले दलको उपनेतामा कुमारी मोक्तान (मकवानपुर) र प्रमुख सचेतकमा वसन्त माझी (सिन्धुली) तथा सचेतकमा प्रतिमा श्रेष्ठ (भक्तपुर)लाई चयन गरेको छ । प्रदेश नं ३ का उपसभामुखमा राधिका तामाङ (नुवाकोट) लाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता जमरकट्टेलले जानकारी दिनुभयो । रासससँग कुरा गर्दै संसदीय दलका नेता जमरकट्टेलले जनताको अपेक्षानुसार संविधान कार्यान्वयन र आर्थिक समृद्धिको कार्ययोजनालाई अगाडि बढाउने लक्ष्यका साथ आफ्नो पार्टीले प्रदेशसभामा भूमिका निर्वाह गर्ने बताउनुभयो ।…

Read More