ओली प्रधानमन्त्री भएको खुसीयालीमा दिप प्रज्वलन

ओली प्रधानमन्त्री भएको खुसीयालीमा दिप प्रज्वलन

  अनिल पोखरेल ,सप्तरी । राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा सप्तरीको कन्चनरुपमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको खुसियालीमा दिप प्रज्वलन गरेको छ । रुपनगर चोकमा भएको दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्याकुरेलले विकास, समृद्धि र राष्ट्र निर्माणको अभियानमा जुटन कार्यकर्तालाई निर्देशन दिए । कंचनरुप नगरपालिकाका मेयर वसन्त मिश्रले कंचनरुप नगरपालिकालाई सुन्दर नगरपालिका बनाउन आफू कटिबद्ध भएर लाग्ने बताए । वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साह , जिल्ला कमिटी सदस्य मोड्ड इस्लाम , १२ नम्बर वडाका वडा सदस्यद्वय मोड्ड करिम र लिलबहादुर मगर लगायतका वक्ताहरूले मन्तव्य…

Read More

माओवादीका सबै सांसद मन्त्री हुने, पत्ता लगाए नयाँ उपाय

माओवादीका सबै सांसद मन्त्री हुने, पत्ता लगाए नयाँ  उपाय

प्रदेश १ मा माओवादीका सबै सांसद मन्त्री बन्ने भएका छन् । पार्टी्भित्रको आन्तरिक झगडा मिलाउन नसकेपछि माओवादी केन्द्रले ‘रोटेसन’ को रोचक र नया सूत्र प्रतिपादन गरेको छ । यो सूत्रअनुसार प्रदेशमा जितेका सबै माओवादी सांसदहरु मन्त्री बन्न पाउनेछन् ।प्रदेश १ मा माओवादीका १५ सांसद छन् । तीन मन्त्री, एक उपसभामुख र एक जना दलको नेतासहित ५ जनाले पहिलो चरणमा सत्ताको स्वाद चाख्न पाएका छन् । बाँकी १० जनाले ‘रोटेसन’ का आधारमा अबको ५ वर्ष्भित्र सत्ताको पालो पाउने छन् । प्रदेश १ मा माओवादीभित्र चर्को अन्तरद्वन्द्व बढेपछि आलोपालोका आधारमा सबैलाई मन्त्री…

Read More

अध्यक्षहरुबीच नै छलफल भएन, बाम एकता संयोजन समितिको बैठक स्थगित

अध्यक्षहरुबीच नै छलफल भएन, बाम एकता संयोजन समितिको बैठक स्थगित

पार्टी एकताको विषय टुंग्याउन एमाले र माओवादी केन्द्रबीच शुक्रबार हुने भनिएको छलफल हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार वार्ता भएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने तय भएको थियो । तर अध्यक्षहरुबीच नै छलफल नभएकाले संयोजन समितिको बैठक पनि बस्न नसकेको एमाले नेताले बताएका छन् । पार्टी एकताको खाका तयार भैसके पनि केही विषयमा कुरा मिल्न बाँकी रहेको स्वयं नेताहरु बताउछन् । दुई अध्यक्षले पालैपालो सरकारको नेतृत्व गर्ने सहमति गरिसकेका छन् । तर पार्टी एकतामा अरु कुरा मिल्न बाँकी भएकै कारण एमाले…

Read More

दाजुबाटै बलात्कार भएको खुलासा

दाजुबाटै बलात्कार भएको खुलासा

अनिल पोखरेल, राजविराज ।  सप्तरीमा १३ वर्षीया बालिकाको बलात्कारपछि  हत्या गरेको आरोपमा मृतकका ठूलाबुबाका छोरा १८ वर्षीय राजदेव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार खडक नगरपालिका ९ लालपत्ता निवासी पार्वतीकुमारी मण्डललाई उन्कै दाजु राजदेवले गत माघ २५ गते बहिनीको बलात्कार गरी हत्या गरेका थिए। घटनालाई परिवारले नै गुपचुप राख्न खोजेका कारण अनुसन्धान प्रक्रिया जटिल र लामो भएको एसपी मुकेशकुमार सिंहले जनाए। कोठामा सुतिरहेकी बालिकालाई बलात्कार गरेर कुर्ताको तुनाले घाँटी बाँधेर हत्या गरिएको सिंहले बताए। ‘बालिका चिच्याएपछि घटना सार्वजनिक हुने डरले लुकाउन खोज्दा अर्को घटना…

Read More

विवाह छोडेर भागेका दुल्हा भारतमा

विवाह छोडेर भागेका दुल्हा भारतमा

विवाहको अघिल्लो दिनबाट बेपत्ता भनिएका गैंडाकोटका दुलाह बालकृष्ण खरेल भारतको विभिन्न सहरमा घुम्दै गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । गत माघ २२ गतेका दिन उनको विवाह गर्ने निधो भएको थियो तर विवाहको अघिल्लो राति १२ बजेदेखि घरबाट बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि सिंगो गाउँ नै दुलाह खोज्ने तनावमा थियो । मोबाइल अफ गरिएको र घरीघरी फेसबुक चलेको आधारमा उनको खोजी भइरहेको थियो । फेसबुक चलेको आधारमा प्रहरीले उनको लोकेसन भारतको दिल्ली र हैदरावाद आसपास देखेको थियो । बेहुलाको अपहरण भएको आशंकामा प्रहरी प्रधान कार्यालयको (सीआईबी) केन्द्रीय अनुसन्धान…

Read More

संयुक्त राज्य अमेरिका र टर्की विवादः तनाव कम गर्न मिलेर काम गर्ने वाचा

संयुक्त राज्य अमेरिका र टर्की विवादः तनाव कम गर्न मिलेर काम गर्ने वाचा

अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले आफुहरुबीचका मतभिन्नता हटाउन एउटा संयन्त्र बनाइने बताए । संयुक्त राज्य अमेरिका र टर्कीले सिरियालाई लिएर उनीहरुबीचमा उत्पन्न पछिल्लो तनाव कम गर्न मिलेर काम गर्ने वाचा गरेका छन्। अङ्कारामा बोल्दै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले आफुहरुबीचका मतभिन्नता हटाउन एउटा संयन्त्र बनाइने बताए। टर्कीले उत्तरी सिरियामा सकृय कुर्द लडाकुहरुलाई अमेरिकाले दिंदै आएको सहयोग आफ्नो मुलुककालागि प्रत्यक्ष खतरा रहेको बताउँदै आएको बिबिसीले जनाएको छ । कार्यदल टर्कीको राजधानी अङ्कारामा एउटा संयुक्त पत्रकार संमेलनमा बोल्दै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसन र उनका टर्केली समकक्षी मेभलुत काभुसोग्लुले दुई मुलुकहरुबीच विवादित…

Read More

वडाध्यक्ष मोहम्मदका छोराको अपहरण

वडाध्यक्ष मोहम्मदका छोराको अपहरण

मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण भएको छ । वडाध्यक्ष फत्ते मोहम्मदका ६ वर्षीय छोरा रेहमानको अपहरण कसले गरेको हो भन्ने खुलेको छैन । घर नजिकैको निसवा स्कुल, गुल्डीहवामा नर्सरीमा पढ्ने रेजमानलाई स्कुल जाँदै गर्दा गाउँबाटै बिहीबार अपहरण गरिएको वडाअध्यक्ष मोहम्मदले बताए । आफ्नो छोराको अपहरण भएको खबर साँझ ५ बजे मात्र थाहा भएको उनले जानकारी दिए । उनले भने,‘बिहानै नजिकैको स्कुल जान हिँडेको थियो तर बेलुकासम्म घर नआएपछि सोधखोज गर्दा भेटिएन ।’ अपहरण भएको बारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी गरिएको मोहम्मदले जानकारी दिए । उनको खोजीका लागि उनले…

Read More

जीवनमा यी ५ कुरा, जसलाई सँधै अति गोप्य राख्नुहोस्

जीवनमा यी ५ कुरा, जसलाई सँधै अति गोप्य राख्नुहोस्

जीवनमा यस्ता केही कुरा हुन्छन्न जुन आफ्ना निकटलाई पनि बताउनु हुँदैन । कतिसम्म भने कतिपय कुरा आफ्नी श्रीमतीसँग पनि गर्नुहुँदैन भने कतिपय कुरा आमा–बुवासँग पनि लुकाउनुपर्ने अवस्था हुन्छ । मित्रहरु भनेका आमा–बुवा र श्रीमतीभन्दा अझै टाढाका हुन् । हाम्रा शास्त्रहरुले पनि यी कुरा उल्लेख गरेका छन् । आजको समाज व्यावसायिक समाज हो । जतिसुकै निकट सम्बन्धमा पनि केही न केही स्वार्थ गाँसिएको हुन्छ । यही कारण स्वार्थ बाझ्ने कुनै पनि कुरा निकटतमसँग गर्नुहुँदैन । मानौं, तपाईं कुनै युवतीको रुपलाई मनपराउनु हुन्छ । तर, घरमा श्रीमती हुनुहुन्छ भने कुनै बाहिरी युवतीको…

Read More

खेतमै सन्नी लियोनीको तस्विर राखेर खेती

खेतमै सन्नी लियोनीको तस्विर राखेर खेती

मान्छेका के कुरा सन्नी लियोनी भनेकी भगवानले दिएकी यस्ती जादूमयी महिला हुन् जसलाई देखेपछि पशु र पंक्षी पनि लठ्ठ पर्छन् होला । उनको रुपदेखि मानिस अवाक् छन् । उनको अनुहारमा जादू छ । शरीरमा त्यो वासना छ जुन वासनासंग भगवान ईन्द्र पनि काबुमा आउँथे होला । तर भारतको आन्ध्रप्रदेशको निलोरे जिल्लाको कुरा बेग्लै छ । त्यहाँ त सन्नी नियोनीको पोष्टर राखेरै एक किसानले बाली जोगाउन सफल भएका छन् । बन्दा किन्नी पिल्ले गाउँका ४५ वर्षे छेन्चु रेड्डीले लगाएको काउली र बन्दा लगायतका तरकारी उनका छिमेकीहरुले देखेर हैरान पारे । उनीमाथि…

Read More

Breaking: भिरबाट जीप खस्यो, ४ जनाको मृत्यु

Breaking: भिरबाट जीप खस्यो, ४ जनाको मृत्यु

सिन्धुलीमा बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको घट्नास्थलमै ज्यान गएको छ । बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–२ सेल्फीडाँडा नजिकै सदरमुकाम सिन्धुलीमाढीबाट सिन्धुलीकै तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप बेलुका पाँच बजे सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृदुर्घटनामा परि मृत्यु हुनेहरुमा गोलान्जोर गाँउपालिका –५, रतनचुरा निवासी १९ वर्षीय नवराज थापा, ५० वर्षीया लक्ष्मी देवकोटा, २० वर्षीय युवराज लुंगेलीमगर र २२ वर्षीय रेशम कार्की रहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   घाइते यात्रुहरुलाई उपचारका लागि सिन्धुली अस्पतालमा…

Read More