हेटौंडा गोल्डकप प्रतियोगितामा थ्रीस्टारलाई हराउँदै संकटा सेमिफाइनलमा

हेटौंडा गोल्डकप प्रतियोगितामा थ्रीस्टारलाई हराउँदै संकटा सेमिफाइनलमा

तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको चौथो क्वाटरफाइनल खेलमा सीएमजी संकटाले रुस्लान थ्रीस्टारलाई १-० ले हराएको छ ।   संकटाको जितमा क्लबसँगै हालै टोलीमा सम्मिलित खेलाडी कर्ण लिम्बुले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित सकिए पनि दोस्रो हाफको ८३ औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै टोलीलाई जित दिलाए । खेलको २१ औं मिनेटमा अजयी मार्टिन्सको प्रहार विनय श्रेष्ठले आकर्षक बचाऊ गरेका थिए । ४१ औं मिनेटमा संकटाका प्रकाश बुढाथोकीको हेडर थ्रीस्टारका गोलकिपर एलेन न्यौपानेले बचाऊ गरे भने त्यसको एक मिनेटपछि थ्रीस्टारका लागि मार्टिन्सको वन-अन-वन विनय श्रेष्ठले फेरी बचाऊ गरे…

Read More

धादिङमा सेनाले डिस्पोज गर्यो बम

धादिङमा सेनाले डिस्पोज गर्यो बम

धादिङको मलेखु सडकखण्ड अन्तरगत सिद्धालेक गाउँपालिकाको कालिदह नजिक सडकमै राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । अपरान्ह ४ बजेतिर सडकमा बम जस्तै शंस्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शंस्कापद वस्तु फेला परेको ठाउँमा पुगेपछि बम पहिचान भएको थियो । बम फेला परेको जानकारी पाउने बित्तिकै नेपाली सेनाको देवीदत्तगणबाट बम डिस्पोज टोली घटनास्थल पुगेको थियो । डिस्पोज गरिएको बममा गनपाउडर भेटिएको थियो । फलामको पाइप र घरेलु सामाग्री प्रयोग गरेर सर्वसाधारणलाई आतंकित बनाउन राखिएको बम शक्तिशाली भने नभएको सेनाको दाबी छ । नेत्रविक्रम चन्द ‘विप्लव’…

Read More

देशको ८० प्रतिशत जनसंख्याको सरोकार राख्ने मन्त्रालयमा २ अर्ब बजेट, कसरी होस् विकास?

देशको ८० प्रतिशत जनसंख्याको सरोकार राख्ने मन्त्रालयमा २ अर्ब बजेट, कसरी होस् विकास?

जनक तिमिल्सिना र भिषा काफ्ले अथाह जिम्मेवारी, निम्छरो बजेट नेपाल सरकारले १८ वर्ष पुगेका र ५९ वर्ष उमेर नकटेका सबलाङ्ग पुरुषबाहेकको सम्पूर्ण जनसंख्यालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको कार्यक्षेत्रमा राखेको छ । मोटामोटी हिसाब गर्दा यो संख्या नेपालको कुल जनसंख्याको ८० प्रतिशत हुन आउँछ । ८० प्रतिशत जनसंख्यासँग जोडिएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई सरकारले चालू आर्थिक वर्ष (२०७४र७५) मा विनियोजन गरेको जम्माजम्मी बजेट हो, रु.२ अर्ब २२ करोड । मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने जनसंख्यालाई हिसाब गर्दा यो बजेट प्रतिव्यक्ति १०४ रुपैयाँ पर्न आउँछ । मन्त्रालयअन्तर्गतका १५९१ कर्मचारीको तलब…

Read More

देउवाको विकल्प खोज्दै कोेइराला

देउवाको विकल्प खोज्दै कोेइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संसदीय दलको नेतामा पार्टी सभापति शेरवहादुर देउवाको विकल्प खोजिने बताएका छन् । मंगलबार भरतपुरमा पत्रकारसँग कुरागर्दै कोइरालाले पार्टीको नेतृत्व गर्न सभापति देउवा असफल भैसकेकाले संसदीय दलको नेताको लागि विकल्प खोजिने बताएका हुन् ।सर्वसम्मत भएमा आफू पनि संसदीय दलको नेता हुन तयार रहेको बताउँदै कोइरालाले भने होइन भने पार्टी सभापतिको विकल्प खोजिन्छ ।’ एमाले–माओवादीको एकताले नेपाली कांग्रेसलाई चुनौती थपेको बताउदै महामन्त्री कोइरालाले महासमिति र केन्द्रीय समितिको वैठक तत्कालै बोलाएर पार्टी सुदृढीकरणको अभियानमा लागिने बताएका हुन् । दुई कम्युनिष्टको एकीकरणले प्रतिस्पर्धामा कठिन भए पनि कांग्रेसलाई सुदृढीकरण…

Read More

मन्त्रीको दौडधुपमा नयाँ बन्ने नेकपाका नेताहरु

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सोमबार पार्टी एकताका प्रारम्भिक आधारहरु तय भएपछि नयाँ गठित नेकपाका प्रचण्ड पक्षका नेताहरु मन्त्रीबन्न दौडधुपमा देखिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार भरतपुर विमानस्थलमा सरकारमा आजनै मन्त्री पठाउने बताएपनि टुंगो भने लागिसकेको छैन ।यता जनार्दन शर्मा र कृष्णबहादुर महराले सरकारमा पटक पटक लाभका पद पाएकोले उनीहरुको सम्भावना कम रहेको एक नेताले बताए। वरिष्ठ नेता रामबहादुर थापा राष्ट्रिय सभाको अध्यक्षको चर्चामा रहे पनि उनले अध्यक्ष दाहालसँग आफुलाई मन्त्री बनाउन आग्रह गरेको माओवादी स्रोतको दावी छ । थापाकै नेतृत्वमा माओवादी मन्त्रिमण्डलमा सहभागि हुने करिब निश्चित…

Read More

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट दाङका लागि छुटेको ना ६ ख ७९१० नम्बरको बसमा मंगलबार दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन् । घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए । बसमा समान्य क्षति हुनाका साथै घाइतेको अवस्था मध्यम रहेको र केही उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । कसले बम प्रहार…

Read More

मोटरसाईकलको ठक्करबाट १ महिलाको मृत्यु

मोटरसाईकलको ठक्करबाट १ महिलाको मृत्यु

मोटरसाईकलको ठक्करबाट १ महिलाको मृत्यु भएको छ । कैलालीको बर्दगोरीया गाउपालीका १ झगडपुरकी ५५ वर्षिया जमुना सुनारको से १ प ३७७६ नम्बरको मोटरसाईकलले मंलबार ठक्कर दिदा घटनास्थलमै मृत्युभएको ईलाका प्रहरी कार्यालय बौनियांले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाईकल र चालक १५ वर्षिय यवुराज ताम्राकार प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी बौनियांका ईञ्चार्ज रामचन्द्र पन्तले जानकारी दिएका छन् ।

Read More

बन्द खुले सँगै विप्लवको मुख खुल्यो, आयो यस्तो धम्कीपुर्ण विज्ञप्ति

बन्द खुले सँगै विप्लवको मुख खुल्यो, आयो यस्तो धम्कीपुर्ण विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्ताहरुमाथिको धरपक्कड जारी राखे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।मंगलबार नेपाल बन्द गरेको नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सो चेतावनी दिएका हुन् । मंगलबार आफ्नो पार्टीले आयोजना गरेको नेपाल बन्दको क्रममा पार्टी नेताहर सुदर्शन, पदम राई लगायतका नेताहरुलाई गिरफ्तार गरिएको भन्दै विप्लवले तत्काल उनीहरुको रिहाईको माग समेत गरेका छन् । विज्ञप्तिमा भनिएको छः बन्द सघर्षमा सहभागि सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौंकि…

Read More

राष्ट्रिय सभाको सबै निर्वाचन उल्टाएर देखाउन कांग्रेस प्रवक्ताको चुनौती

राष्ट्रिय सभाको सबै निर्वाचन उल्टाएर देखाउन कांग्रेस प्रवक्ताको चुनौती

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्व सरकारले सुरुवातमा नै प्रमुख प्रतिपक्षसँग दूरी बढाउने काम गरेको बताएका छन्। उनले राष्ट्रिय सभामा देउवा सरकारले गरेको तीन जनाको सिफारिस उल्ट्याएका आपत्ति जनाएका छन् । प्रवक्ता शर्माले अघिल्लो सरकारले गरेका निर्णय अनुमोदन गर्न ढिलाई गर्ने र ओली सरकारले गरेको निर्णय तत्काल अनुमोदन गर्ने राष्ट्रपतिको कार्य प्रति पनि रोष प्रकट गरेका छन्। प्रवक्ता शर्माले देउवा सरकारका निर्णय खारेज गर्ने भए सबै राष्ट्रिय सभाको निर्णय बदर गरेर देखाउन चेतावनी दिदै काम चलाउ सरकारले गरेका निर्णय खारेज गर्ने हो भने राष्ट्रिय सभाका सबै निर्वाचन उल्ट्याउनु…

Read More

व्रत लिएको बेला यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ?

व्रत लिएको बेला यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ?

नेपाली परम्परा अनुसार अधिकांश हिन्दूधर्मालम्बी महिलाहरु र पुरुषहरुपनि बेला बेलामा र बिभिन्न चार्डपर्वमा व्रत बसिरहेका हुन्छन् । दिनभर भगवानको नाममा उपवास बसेकी महिलामाथि सहवासको कुरा सोच्न पनि नहुने हिन्दूशास्त्रमा उल्लेख छ । व्रत बसेको दिन उनीहरू मानसिक रुपमा पनि तयार हुन नसक्ने र शारीरिक रुपले पनि निकै थकित हुने हुँदा सहवासका लागि बाध्य बनाउन नहुने परम्पारागत मान्यतासमेत रहेको पाइन्छ । व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुति अलग्गै सुत्नुपर्नेमा शास्त्रले जोड दिएको छ । बिबाहित महिलाहरु श्रीमानको घरमा नबसी माइतीमा बस्नुलाई पनि सहवासको अर्थसँग जोडिएको धर्मशास्त्रीय मान्यता रहेको शास्त्रका ज्ञाताहरु बताउँछन्…

Read More