अज्ञात व्यक्तिको छुरा प्रहारबाट एक गम्भिर घाईते

अज्ञात व्यक्तिको छुरा प्रहारबाट एक  गम्भिर घाईते

सप्तरीको वेलही चपेना गाउँपालिकामा बुधवार साँझ अज्ञात व्यक्तिको छुरा प्रहारबाट एक व्यक्ति गम्भिर घाईते भएका छन् । हाट गरेर घर जाने क्रममा वडा नम्वर ४ बस्ने परमानन्द साहमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट गम्भिर घाईते भएका साहलाई उपचारको लागि धरान पठाईएको जनाईएको छ । प्रहरी चौकी पथरगाढाका ईन्चार्ज डम्वर बहादुर केशीका अनुसार स ५ प ५५८५ नम्वरको मोटरसाइकलमा आएका अज्ञात दुई जनाले साहमाथि छुरा प्रहार गरी फरार भएको हो । फरार दुवैको खोजि कार्य भईरहेको ईन्चार्ज केसीले जानकारी दिएका छन् ।

Read More

हवाई आक्रमणमा ज्यान गुमाउनेहरुको सम्झनामा श्रद्धाञ्जली सभा

हवाई आक्रमणमा ज्यान गुमाउनेहरुको सम्झनामा श्रद्धाञ्जली सभा

अनिल पोखरेल सिरियामा भएको हवाई आक्रमण ज्यान गुमाउनेको सम्झनामा सामाजिक सञ्जालमा सक्रिय एउटा समुह नेपाली बाजेले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बुधबार माईतिघर मण्डलामा आयोजित श्रद्धाञ्जलीसभामा मृतकको सम्झनामा दिप प्रज्वलन गरिएको थियो । समुहका सक्रिय दर्जन बढि सदस्यहरुको सहभागितामा भएको कार्यक्रममा सयौको अवोध बालबालिकासमेतले ज्यान गुमाउनुपरेको घटनाको भत्र्सना गदैं यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेका थिए । यसै गरि सिरियामा भएको नरसंहारको बिरोधमा राजबिराजमा बुधवार रयाली तथा मैनबत्ति प्रज्जवलन गरिएको छ ।  राजबिराज नगर बालसंजाल र सप्तरी युथ नेपालले गरेको उक्त कार्यक्रम अन्र्तगत बालबालिका तथा युवाहरुले जिल्ला खानेपानी…

Read More

लायन्स क्लव अफ काठमाण्डौँ नवोदित द्धारा खाद्यान्य सामाग्री बितरण

लायन्स क्लव अफ काठमाण्डौँ नवोदित द्धारा खाद्यान्य सामाग्री बितरण

लायन्स क्लव अफ काठमाण्डौँ नवोदित तथा नवोदित कलेज काठमाण्डौँको संयुक्त सहकार्यमा मंगलबार अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल जोरपाटीलाई दाल चामल लगाएतका खाध्यान्न सामाग्री वितरण गरेको छ । खाध्यान्न हस्तान्तरण कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल वि वान ३२५ का जोन चेयर पर्सन राजेन्द्र अधिकारीले मानविय भावनाले सहयोग गरेको बताउनुभएको छ। केन्द्रका महासचिव छिरिङ शेर्पाले सहयोगी हातहरुको कारणले हाल सम्म पुनर्स्थापना केन्द्रका बालबालिकाहरु दैनिकी सहजभएको भन्दै सहयोग प्रति खुसी ब्यक्त गर्नु भएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब काठमाण्डौ नवोदितका अध्यक्ष अमृत थापा , नवोदित कलेजका सहायक प्रिन्सीपल जि वी अधिकारी तथा नवोदित…

Read More

Breaking : २ लाख घुससहित घरेलुका हाकिम पक्राउ

Breaking : २ लाख घुससहित घरेलुका हाकिम पक्राउ

  अनिल पोखरेल , टिभी अन्नपूर्ण , सप्तरी । घरेलु तथा साना उद्योग कार्यालय लहानका उद्योग अधिकृत राजेन्द्रकुमार लालकर्णलाई अख्तियारको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ । बुधबार साँझ एनजिओ सञ्चालकसँग घुस लिदैंगर्दा अख्तियारको टोलीले अधिकृत कर्णलाई २ लाख रकमसहित अफिसियल क्वाटरबाट पक्राउ गरेको एसपी किसनसिंह थापाले जानकारी दिए । घरेलु कार्यालय लहान अन्तरगत मेडापको सहयोगमा संचालन रहेको लघु उद्यम विकास कार्यक्रमको रकम निकासामा प्रमुख कर्णले १० प्रतिशत कमिशन मागेको आरोप छ । कर्णका अनुसार तीन वटा संस्था मध्ये मानव अधिकार वातावरण (हुरेन्डेक) उदयपुर लघु उद्यम विकास कार्यक्रमको लागि छनौट…

Read More

जब उदितनारायण १५ वर्षपछि जन्मभूमी पुगे …

जब उदितनारायण १५ वर्षपछि जन्मभूमी पुगे …

अनिल पोखरेल, सप्तरी ।  एसियाकै प्रसिद्ध गायक उदितनारायण झा डेढ दशकपछि सोमबार जन्मभूमी भारदह स्थित पूर्व–पश्चिम लोकमार्गको उत्तर आउदा भारदहमा चहल पहल बढेको हो । घरायसी कामकाजका सिलसिसामा भारदह आएका झा कंकालनी मन्दिरमा पूजाआजा पनि गरेका छन् । उनले पूजा गर्नकै लागि आफू घर आएको यस पटकको होली पनी भारदहमै बनाउने योजना बनाएको सुनाए । उदित आगमनले प्रशंसकहरु भेट्ने र फोटो खिच्नेको भिड लागेको छ भने उनि पनि भारदहभाएका प्रसंसक संग रमिरहे देखिन्थे । उदितले गाउँका गरिब विपन्नलाई आर्थिक सहयोग गरि रहेको एक छिमेकीले बताए । यस भन्दा अघि ०५७÷०५८…

Read More

बिहीबार र शुक्रबार नारायणगढ मुग्लिन सडक खुल्ला रहने

बिहीबार र शुक्रबार नारायणगढ मुग्लिन सडक खुल्ला रहने

निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्ड होलीको २ दिन खुल्ला रहने भएको छ । भोलि बिहीबार र पर्सि शुक्रबार सडक बन्द नगरिने नारायणगढ मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । आयोजनाले कामलाई गति दिन भन्दै हरेक दिन विहान १० बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गर्दै आएको छ । आयोजनाको हालसम्म ७६ प्रतिशत काम सकिएको छ । अझैं २४ प्रतिशत काम बाँकी हुँदा ठेकेदारहरुसँग सम्झौता अवधि फेबु्रअरी २० मा सकिसकेको छ । आयोजनाले तीन वटै ठेकेदारहरुको म्याद थपका लागि विभागमा प्रस्ताव गरेको छ । तर स्वीकृती हुन भने बाँकी छ । अधिकतम आगामी…

Read More

विजय मल्लको “बौलाहा काजिको सपना” मञ्च प्रदर्शनी शुरु

विजय मल्लको “बौलाहा काजिको सपना” मञ्च प्रदर्शनी शुरु

स्व. नाटककार विजयमल्ल (१९८२–२०५३) द्वारा लिखित नाटक “बौलाहाकाजिको सपना“को मञ्च प्रदर्शनी शुरु भएको छ ।  उक्त नाटकका सबै पात्रलाई समेटी आहाना आधारको आयोजनामा“हाम्रापात्रहरु“को समुहले राष्ट्रियनाच घर काठमाण्डौंमा बुधवारदेखि शुरु भएको हो । फागुन १६ गतेदेखि शुरु भएको नाटकको प्रदर्शनी एक दिनमा तीन सो गरी १८ र २० गते प्रदर्शन हुनेछ । नाटक लेखकका आधारमा आमाको पात्रमा सन्जीला अर्याललाई देखाईएको छ। जो यसनाटकको फरक र रोचकबिषय रहेको छ। नाटक लेखनमा आमा मरेको दुश्यको रुपमा देखउन खोजिएको छ। यस नाटकलाई नारी पात्रको प्रमुख सहभागिताले नाटक अझ रोचक बन्न पुगेको पहिलो दिन नाटक…

Read More

विप्लव नेतृत्वको नेकपाले दियो प्रचण्ड र ओलीलाई कारबाहीको धम्की

विप्लव नेतृत्वको नेकपाले दियो प्रचण्ड र ओलीलाई कारबाहीको धम्की

नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ। माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न पठाएको पुर्जी मंगलबार मात्र सार्वजनिक भएपछि बुधबार विप्लवको पार्टीले प्रतिक्रिया दिएको हो। विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरेको विज्ञप्तिमा विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गर्ने प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नै पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिइएको छ। ‘ओली सरकारले ‘चोरलाई चौतारा र साधुलाई सुली’ गर्ने हो भने जनयुद्धमा अपराधी…

Read More

प्रदेश नम्बर ३ मा थपिए ४ मन्त्री

प्रदेश नम्बर ३ मा थपिए ४ मन्त्री

मकवानपुर  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरि ७ सदस्यीय बनाएका छन्। नेकपा एमालेका तर्फबाट ३ र माओवादी केन्द्रका तर्फबाट १ जनाले मन्त्रीको सपथ लिएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो। एमालेका तर्फबाट रामेछापका कैलाश प्रसाद ढुङ्गेल आर्थिक मामिला तथा योजना मन्त्री, सिन्धुपाल्चोकका अरुण प्रसाद नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र चितवनका दावा दोर्जे लामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएका छन् । ढुङ्गेल र लामा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता हुन् भने नेपाल वरिष्ठ नेता माधव नेपाल समूहका मानिन्छन्। त्यस्तै, माओवादीका तर्फबाट युवराज दुलाल…

Read More

यसरी गरियो श्रीदेवीको अन्तिम बिदाई (हेर्नुहोस् १० फोटोमा)

यसरी गरियो श्रीदेवीको अन्तिम बिदाई (हेर्नुहोस् १० फोटोमा)

 दुबईमा निधन भएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ। तमिलनाडुबाट आएका विशेष पण्डितको पूजापाठमा मुम्बईस्थित विले पार्लेको आर्यघाटमा बुधबार अपराह्न श्रीदेवीको हिन्दू धार्मिक परम्पराबाट अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। श्रीदेवीलाई पति बोनी कपुरले दागबत्ती दिएका थिए। दाहसंस्कार पूर्व अन्तिम श्रद्धाञ्जलिका लागि उनको शवलाई अंधेरी सेलिब्रेशन स्पोट्र्स क्लबमा राखिएको थियो। श्रीदेवीको अन्तिम संस्कारमा कपूर परिवारका साथै बलिउडका चर्चित हस्ती उपस्थित थिए। अभिनेता, अभिनेत्रीहरु, निर्देशक तथा निर्माताहरुले उनलाई अन्तिम विदाई गरेका थिए। आफन्तको विहेका लागि दुबई पुगेकी श्रीदेवीको गत शनिबार दुर्घटनाबस ‘वाथ टव’मा डुबेर…

Read More