बन्द मिनरल वाटरको बोत्तलभित्र परालको टुक्रा र बयरको दाना

बन्द मिनरल वाटरको बोत्तलभित्र परालको टुक्रा र बयरको दाना

अनिल पोखरेल , लहान सिरहाको लहानस्थित पान पसलमा बेच्न राखिएको मिनरल वाटरको बोत्तलभित्र परालको टुक्रा फेला परेको छ । जिल्ला अस्पताल अघि अवस्थित सगरमाथा आक्वाको बोतलमा परालको टुक्रा भेटिएको हो । सबै भन्दा शुद्ध मानिने मिनिरल वाटरको बन्द बोत्तलभित्र परालको टुक्रा भेटिएपछि पानीको शुद्धतामाथी नै प्रश्न उब्जिएको छ । सरकारबाट पानी प्रशोधन गरी शुद्ध पानी बेच्ने ईजाजत लिएको सगरमाथा आक्वाले पानीमा भेटिएको फोहरजस्तै परालको टुक्रालाई सामान्य मानवीय त्रुटि भएको भन्दै यसलाई सामन्य रुपमा लिर्नुपर्ने पानी प्रशोधक कम्पनीको जिकिर छ । सगरमाथा आक्वा मात्रै होईन जल शुद्ध पानीका बोतलमा समेत केही…

Read More

मान्छे मार्ने बाघ नियन्त्रणमा

मान्छे मार्ने बाघ नियन्त्रणमा

सोमबार मकवानपुर मनहरी–७, की ४१ वर्षकी सरस्वती बर्तौलालाई आक्रमण गर्ने बाघलाई मंगलबार नियन्त्रणमा लिइएको छ ।मकवानपुरको मनहरी–७ पुरानो प्रतापुरबाट त्यस बाघलाई नियन्त्रणमा लिइएको छ । पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई गोली मार्फत लठ्याउने सुई हानेर बाघलाई नियन्त्रणमा लिइएको हो । सुई लागेर बेहोस भएको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ । त्यस बाघको आक्रमणबाट घाइते भएकी सरस्वती बर्तौलाको उपचारको क्रममा निधन भएको थियो । नेपाल आर्मी, प्रहरी, चितवन र पर्सा राष्ट्रिय निकुञ्जको टोली र स्थानीयबासीको सयुक्त टोलीले दुई दिन लगाएर बाघलाई नियन्त्रणमा लिएको हो ।

Read More

उपचार गर्दा सन्चो नभएपछि देउता रिसाएको भन्दै दुई वटा बोका काटियो

उपचार गर्दा सन्चो नभएपछि देउता रिसाएको भन्दै दुई वटा बोका काटियो

नेपालका कतिपय ठाउँमा अझै पनि अलौकिक शक्तिमाथि विश्वास गर्न छोडेका छैनन्। छाउगोठमा बसेका बेला राति बाहिर निस्कँदा घाइते भए पछि देउता रिसाएको भन्दै बोका काटीएको छ । उनीहरुले भने महिनावारी भएको बेला गाउँकै देवतालाई चढाएको घोडा छोएपछि देवता रिसाएको भन्दै हुम्लामा दुई वटा बोका काटिएका हुन् । सिमकोट गाउँपालिका वडा नम्बर ७ डाडाफयाकी १६ वर्षीया लक्ष्मी शाहीले महिनावारी भएको समयमा गाउँकै देवताको घोडा छोएको भन्दै गाउँलले उनको परिवारलाई २ वटा बोका काट्न लगाएका थिए । पाँच दिनसम्म जिल्ला अस्पतालमा उपचार गरे पनि घाउ सन्चो नभएको र अपरेसन गर्न जिल्ला बाहिर…

Read More

राष्ट्रपतिको सपथ बैधानिकता: सर्वोच्चमा सुनुवाइ हुने

राष्ट्रपतिको सपथ बैधानिकता: सर्वोच्चमा सुनुवाइ हुने

राष्ट्रपति विद्या भण्डारीको सपथ बैधानिकतामाथि सर्वोच्च अदालतमा बहस गर्ने बाटो खुलेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको सपथ बदरको माग गर्दै परेको रिट दरपीठ बदर गरेको हो । पराजुलीले २१ साउनमै अवकास पाएको देखिएको र न्याय परिषदले पत्रचार गरिसकेको अवस्थामा सपथको बैधता संवेदनशील प्रश्न भएको इजलासले बताएको छ । ‘यस विषयलाई न्यायिक सुनुवाईमा प्रवेश हुन नदिनु उचित हुँदैन’ आदेशमा भनिएको छ । इजलासले कानुनी आधार तथा उचित र पर्याप्त कारण नखुलाई निवेदन दरपीठ गर्ने आदेश भएको भन्दै आदेशमा भनिएको छ, अन्य कुराको रीत…

Read More

चोरीको आरोपमा अनमोलद्वारा अभिनित चलचित्र ‘कृ’ का निर्माता पक्राउ

चोरीको आरोपमा अनमोलद्वारा अभिनित चलचित्र ‘कृ’ का निर्माता पक्राउ

गीत चोरीको आरोप लागेपछि नायक अनमोल केसीद्वारा अभिनित चलचित्र ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ । ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गीत चोरेर चलचित्रमा समावेश गरेको भन्दै जाहेरीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गिरीलार्इ नियन्त्रणमा लिएको हो । ‘सम्झना’ फिल्मका निर्माता शम्भु प्रधानले जाहेरी दिएका थिए । यसबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । ‘प्रतिलिपि अधिकारसँग सम्बन्धित विषय हो’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

Read More

महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रले चौविसै घण्टा सेवा प्रवाह गर्ने

महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रले चौविसै घण्टा सेवा प्रवाह गर्ने

शम्भू माली कपिलवस्तु कपिलवस्तुको महाराजगञ्ज नगरपालिका अन्तरगत  महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रले चौविसै घण्टा सेवा प्रवाह गर्ने भएको छ । महाराजगञ्जका नगरप्रमुख अब्दुल कलामले नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्ये नजर गर्दै चौविसै घण्टा स्वास्थ्य सेवा सञ्चालन गरेको बताए । नगर प्रमुख कलामले भने, अब हामीलाई औषधी उपचार गराउन टाढा जानुपर्ने बध्याता हट्यो, सबै नागरिकले स्वास्थ्य सेवा पाउन भनेर सेवा सुचारु गरिएको हो । महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम र महाराजगञ्ज नगरपालिकाका स्वास्थ्य संयोजक विद्याधर पाण्डेले महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गर्दै सोमबार देखि नै चौविसै घण्टा सेवा सञ्चालन गरेको बताए ।…

Read More

नेपाली झण्डा फहराएर २०१९ मा पानीजहाजको उद्घाटन गर्ने प्रधानमन्त्रीको उद्घोष

नेपाली झण्डा फहराएर २०१९ मा पानीजहाजको उद्घाटन गर्ने प्रधानमन्त्रीको उद्घोष

प्रधानमन्त्री केपी शर्मा ओलीले सन २०१९ मा पानीजहाजको उद्घाटन गर्ने बताएका छन् । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार राष्ट्रिय युवा परिषद्का पदाधिकारीसंगको भेटमा प्रधानमन्त्री ओलीले पानीजहाज किनेर समुन्द्रमा नेपाली झण्डा फहराउने बताए । उनले नेपालमा रेल यातायातका लागी पनि काम अघि बढिरहेको भन्दै छिटै नेपालमा रेल गुड्ने समेत बताए । प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई भ्रष्टाचारमुक्त बनाएर आर्थिक समृद्धितर्फ लैजान प्रतिवद्ध रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले आगामी शैक्षिक सत्रदेखि विद्यालय जाने उमेर पुगेका विद्यालय बाहिरै रहेका एक विद्यार्थीलाई भर्नाका लागि विद्यालय पुयाउने गरी योजना ल्याउन लागेको उल्ल्ेख गरे । तराईमा अशिक्षा…

Read More

प्रधानन्यायाधीशको लागि तीन जनाको नाम पठाइयो

प्रधानन्यायाधीशको लागि तीन जनाको नाम पठाइयो

काठमाडौं न्यायापरिषदले प्रधानन्यायाधीशको लागि तीन जना न्यायाधीशको अभिलेख पठाएको छ। मंगलबार बसेको न्यायापरिषदको बैठकले सर्वोच्चका तीन जना बरिष्ठतम न्यायाधीश दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको अभिलेख संवैधानिक परिषदलाई पठाएको हो। तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि दिपकराज जोशीले कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका छन्। संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।

Read More

रुस विरुद्ध ‘ऐक्यबद्धताको असाधारण प्रदर्शन’

रुस विरुद्ध ‘ऐक्यबद्धताको असाधारण प्रदर्शन’

अमेरिका तथा यूरोपेली मुलुकहरुपछि अष्ट्रेलियाले पनि रुसी कूटनीतिज्ञलाई निष्काशन गरेको बताएको घटनालाई बीबीसीका कूटनीतिक संवाददाता जनाथन मार्कसले ऐक्यबद्धताको असाधारण प्रदर्शन भनेका छन्। मस्कोले क्राइमियालाई अधिग्रहण गरेयता रुस तथा पश्चिमा देशहरुबीच भएको सबैभन्दा गम्भीर कूटनीतिक संकट यो घटनाक्रमसँग विकास भइरहेको उनको विश्लेषण छ।रुसी पक्षले अस्वीकार गरेपनि ब्रिटेनका साझेदारहरुले स्पष्ट रुपमा यो धारणालाई स्वीकार गरिसकेका छन् कि सोल्जबरीमा भएको हमलामा सैन्य-प्रयोजन स्तरको पदार्थ प्रयोग गरिएको कार्यमा रुसी राज्यकै संलग्नता रहेको धेरै सम्भावना छ। संयुक्त राज्य अमेरिका तथा ईयू राष्ट्रहरुले रुसी कूटनीतिज्ञहरुलाई निष्का गर्न संयुक्त रुपमा आदेश दिनु ऐक्यबद्धताको एउटा असाधारण प्रदर्शन हो।ईयूबाट…

Read More

गायक ओम सुनारको रोमान्स मोडलमा देखिईन् गायिका श्रेष्ठ

गायक ओम सुनारको रोमान्स मोडलमा  देखिईन् गायिका श्रेष्ठ

गायिका कविता श्रेष्ठ अब मोडलमा पनि देखिने भएकी छिन । प्रसिद्ध संगितकार तथा गायक ओम सुनार र कविता श्रेष्ठको स्वरमा सजिएको “मन ”एल्बम बाट उनी पहिलो चोटि मोडेलको रुपमा देखिने भएकी छिन । गितमा गायक सुनार र गायिका श्रेष्ठको रोमान्स रहेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ७ लुङ्गेलिटारमा जन्मेर हाल काठमाडौमा बसोबास गर्दै आएकी गायिका श्रेष्ठले यस म्युजिक भिडियो लाई आफैले निर्देशन गरेकी छन । गितको सुटिङ्ग सकिएको र आउदो नयाँ बर्षको अवशर पारेर बैशाख १ गते रिलिज गरिने गायक ओम सुनारले बताए । एल्बमको म्युजिक भिडियोको सम्पुर्ण सुटिङ गरि…

Read More