राजनीति गर्ने र जागिर मात्र खाने शिक्षकका कारण शिक्षा राम्रो भएनः शिक्षामन्त्री

राजनीति गर्ने र जागिर मात्र खाने शिक्षकका कारण शिक्षा राम्रो भएनः शिक्षामन्त्री

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राजनीति गर्ने र जागिर मात्र खाने स्वभावका शिक्षकबाट शिक्षा राम्रो नहुने बताएका छन् । सोमबार काठमाडौंको सिनामंगलस्थित गुह्यश्वरी माध्यमिक विद्यालयले भर्ना अभियानअन्तर्गत गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सरकारी स्कुलका शिक्षकहरुलाई इङ्गित गर्दै भने, ‘राजनीति गर्ने माष्टर पनि माष्टर हुन्छन् उनीहरुले पढाउन छोडेर राजनीति गरे हुन्छ। जागिर मात्र खाने स्वभावका शिक्षकबाट शिक्षा राम्रो हुन्न।’ सरकारले ल्याएको भर्ना अभियानलाई सफल बनाउनका लागि विद्यालयले आफ्नो क्याचमेन्ट एरियामा गरेको घरदैलो तथा शैक्षिक जागरण अभियानको उद्घाटन अनि रौतहटका प्रशान्त साह र अदिति साहलाई विद्यालयमा भर्ना गरिदिँदै उनले सरकारी स्कुलको स्तर उकास्नका…

Read More

इन्सपेक्टरसहित तीन प्रहरीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर

इन्सपेक्टरसहित तीन प्रहरीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर

सशस्त्र प्रहरी बलका इन्सपेक्टरसहित तीन प्रहरीविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकारणमा पक्राउ परेका उनीहरुविरुद्र्ध सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो। इन्सपेक्टर काले बम्जन र जवानद्वय ठाकुर खत्री र नवीन खड्कालाई आयोगको टोलीले २५ हजार घुससहित पक्राउ गरेको थियो। भारतीय नम्बर प्लेटको गाडी छुटाइदिने भन्दै उनीहरुले घुस लिएका थिए। सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीमा कार्यरत इन्सपेक्टर बम्जनको घटनामा संलग्ता देखिएपछि उनलाई समेत नियन्त्रणमा लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए।

Read More

दिल्लीले गर्‍यो पाँच खेलाडी परिवर्तन तर सन्दीप परेनन्

दिल्लीले गर्‍यो पाँच खेलाडी परिवर्तन तर सन्दीप परेनन्

दिल्ली डेयरडेभिल्सले घरेलु मैदान फिरोज शाह कोटला रंगशाला स्पिनरमैत्री भएकाले आज सन्दीपले खेल्ने सम्भावना निकै रहेको दिल्ली आफैले बताएको थियो । तर सन्दीप दिल्लीको टिम ११ मा आज पनि पर्न सकेनन् । भर्खरै टस जितेर दिल्लीका कप्तान गौतम गम्भीरले फिल्डिङ रोजेका छन् । यो सिजनमा आफ्नो घरेलु मैदानमा खेल्दै गरेको दिल्लीले आज आफ्नो टिममा व्यापक परिवर्तन गरेको छ । आज क्रिस मोरिस तथा जेसोन रोय टिममा पर्न सकेनन् । उनीहरुको ठाउँमा आज ड्यानियल क्रिस्चियन तथा लियाम पलङकेटलाई समावेश गरिएको छ । साथै टिम ११ मा अमित मिश्रा, पृथ्वी शा तथा…

Read More

६८ प्रतिशत बालबालिका बीचमा नै हराउछन्

६८ प्रतिशत बालबालिका बीचमा नै हराउछन्

कक्षा १ मा भर्ना भएका ३२ प्रतिशत विद्यार्थीले मात्र कक्षा १० सम्मको अध्ययन गर्ने गरेको पाइएको छ । अनेरास्ववियु क्रान्तिकारीले सोमबार आयोजना गरेको ‘वर्तमान शिक्षाका समस्या र चुनौती’ विषयमा आयोजना गरेको अन्तक्र्रियामा नेकपा निकट शिक्षक नेता गुणराज लोहनीले कार्यपत्र प्रस्तुत गर्दै भने, “६८ प्रतिशत बालबालिका बीचमा नै हराउने गरेका छन्, यसलाई कम गर्न शिक्षामा विशेष नीति बनाएर अघि बढ्न आवश्यक छ ।” कार्यपत्रमा भनिएको छ, शिक्षामा निजीकरण हावी भएको छ, स्थानीय तहलाई माध्यमिक तहसम्मको जिम्मा दिनाले पनि यस क्षेत्रमा समस्या बढ्दै गएको हो ।” शिक्षा मन्त्रालयका सचिव हरि लम्सालले निजी…

Read More

किशोर पन्थीको ‘कम्पन’ को विमोचन (भिडियोसहित)

किशोर पन्थीको ‘कम्पन’ को विमोचन (भिडियोसहित)

पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’ बिमोचन गरिएको छ । सोमबार एक समारोहकाबीच पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधव कुमार नेपालका साथै माओवादी नेतृ पम्फा भुसाल, पत्रकार किशोरनेपाललगायतले पुस्तक विमोचन गरेका हुन । गत २०७२ बैशाख १२ गते गएको भूकम्पपछिका अनुभव, अनुभूति तथा गतिविधिलाई संगालेर ‘कम्पन’ को तयार पारिएको हो । पुस्तक विमोचन समारोहमा बोल्दै नयाँ शक्ति पार्टी, नेपालका संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले भूकम्पपछिको पुनर्निर्माणको अनुदान सहायता एकमुष्ट रुपमा उपलब्ध गराउन सरकारसँग माग गरे । भट्टराईले किस्ताबन्दीमा अनुदान सहायता उपलब्ध गराएर सरकारले जनतालाई सास्ती दिईरहेको आरोप पनि लगाए ।…

Read More

ट्रम्प र पुटिनबीच यौनकर्मी महिला बारे भनाभन

ट्रम्प र पुटिनबीच यौनकर्मी महिला बारे भनाभन

तपाई अचम्ममा पर्नु हुन्छ जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति बिच यौनकर्मी महिलाको विषयमा झगडानै पर्छ भनेर तर यस्तै भएको छ । विश्वकै सबैभन्दा शक्तिशाली दुई देशका नेता भेट भए भने कस्तो कुरा गर्लान् ? तपाईँलाई लाग्न सक्छ उनहीरु पैसा, बिजनेस, देश, प्रगति, विकास र राजनीति जस्ता विषयमा बहस गर्छन् होला । तर तपाई गलत हुनुहुन्छ ।यी दुई शक्तिशालीहरु जब भेट हुन्छन् तब महिला र यौन कर्मी महिलाबारे कुरा गर्छन् ।यो कुरा हामीले भनेको होइन, अमेरिकाको संघीय जाँच ब्यूरो ९एफबीआई० का पूर्व प्रमुख जेम्स कोमीको मेमो ले बताएको…

Read More

सिण्डिकेट खारेजी अभियानः अब ट्याक्सीको पनि तोड्ने मन्त्री महासेठको उद्धघोष

सिण्डिकेट खारेजी अभियानः अब ट्याक्सीको पनि तोड्ने मन्त्री महासेठको उद्धघोष

यातायातमा जरा गाडेर रहेको यातायात समितिको सिण्डिकेट हटाउने तयारीमा रहेको सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्धघोष गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन नि, हामीले त कार्यान्वयन गराएका हौँ, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो, हामीले कार्यान्वयन गरेका छौँ, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित् गर्छौं।’ उनले…

Read More

राष्ट्रिय वाणिज्य बैंकबाट दश लाख ऋण लिन ५० हजार घुस

राष्ट्रिय वाणिज्य बैंकबाट दश लाख ऋण लिन ५० हजार घुस

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रवन्धकलाई घुस सहित सोमबार पक्राउ गरेको छ। प्रबन्धक जगदिश प्रसाद काफ्लेलाई ५० हजार घुस रकम स-प्रमाण सहित समातेको हो ।ऋण मिलाईदिए बापत काफ्लेले सोहि नगरपालिका वडा नं. ९ स्थित रन्जना गाई फर्मबाट सो घुस मागेका थिए ।स्वीकृत गरेको कृषी ऋण १० लाख दिलाईदिन ५० हजार घुस लिँदै गर्दा पक्राउ परेको काफ्ले लाई अख्तियारको टोलीले नियन्त्रणमा राखेको छ ।

Read More

वाम सरकार पनि ढल्न सक्ने वाम देव गौतमको चेतावनी

वाम सरकार पनि ढल्न सक्ने वाम देव गौतमको चेतावनी

सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुक निर्माणको यो अवसर सदुपयोग गर्न नसके जनताले सरकार ढाल्न सक्ने बताएका छन् । सोमबार काठमाडौंमा राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन् । उपाध्यक्ष गौतमले मुलुक यदि अहिलेको सरकारले राम्रो काम गर्न नसके ५ वर्षपछि बाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढालिदिने चेतावनी दिए । उपाध्यक्ष गौतमले जनताको भरोसा हुनेगरी काम गर्ने अवसर वर्तमान सरकारलाई रहेको पनि स्मरण गराए । जनताको आकर्षणको केन्द्र विन्दु बन्न पनि…

Read More

रोकी राखेको बसमा आगलागी, बस जलेर नष्ट

रोकी राखेको बसमा आगलागी, बस जलेर नष्ट

फाइल फोटो सडकमा राखिरहेको बसमा एक्कासी आगलागी हुदा बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । जनकपुरदेखि धनुषाधामसम्म चल्ने ना २ ख ८२४ नम्बरको बसमा अचानक आगलागी भएको हो । धनुषाधामको सडक छेउमा रहेको आरक्षित वनमा रोकेर राखेको बसमा बेलुका साढे ४ बजे आगलागी भएपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए । नजिकै रहेको धनुषाधाम नगरपालिकाको बारुण यन्त्र र स्थानीय प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिए पनि गाडीमा पूर्णरुपले क्षति पुगेको प्रहरीले जनाएको छ । आगो कसरी लागेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

Read More