कुख्यात गिरोहका नाइके छोटा राजनलाई आजीवन कारावासको सजाय

कुख्यात गिरोहका नाइके छोटा राजनलाई आजीवन कारावासको सजाय

भारतमा कुख्यात गिरोहनाइके छोटा राजनलाई सन् २०११ मा भएको एक जना पत्रकारको हत्याको अभियोगमा दोषी पाइएपछि आजीवन कारावासको सजाय सुनाइएको छ। सङ्गठित अपराधको विश्वमा छोटा राजन भनेर चिनिने राजेन्द्र सदाशिव निकल्जेले सात वर्षअघि खोज पत्रकार ज्योतिर्मय डेको हत्याको निर्देशन दिएको ठहर मुम्बईको एउटा अदालतले गरेको हो। डेलाई मोटरसाइकलमा आएका चार व्यक्तिको समूहले गोली हानेको थियो । छोटा राजनलाई आठ सहयोगीसहित उक्त हत्यामा बुधवार दोषी ठहर गरिएको हो । सो मुद्दाका एक जना सन्दिग्ध अझै फरार रहेका र अर्का एक जनाको मृत्यु भइसकेको बताइएको छ । पत्रकार जिज्ञा भोरा र अर्का…

Read More

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर मुक्तिनाथमा अस्थायी आइसीयू

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर मुक्तिनाथमा अस्थायी आइसीयू

काठमाडौँ । वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणलाई लक्षित गरेर स्वास्थ्य मन्त्रालयले मुक्तिनाथमा आकस्मिक अतिसघन उपचार कक्ष (आइसीयू ) को संरचना तयार पार्ने भएको छ । विहारको पटनाबाट वैशाख २८ गते बिहान जनकपुर पुगेपछि मोदी त्यहि दिन नै पोखरा हुँदै मुक्तिनाथ जाने कार्यक्रम छ । स्वास्थ्य मन्त्रालयका चिकित्सक, भारतीय राजदूतावासका पदाधिकारी, मोदीका चिकित्सक लगायतका एक टोलीले बुधबार मुक्तिनाथ गएर त्यहाँको अवस्थाको जानकारी सहित आकस्मिक उपचारबारे आवश्यक रणनीतिको तयारी थालेको छ । ‘मोदीको भ्रमणको समयमा कुनै आकस्मिक स्वास्थ्य जटिलतारअवस्था आउदा त्योसँग जुध्न के गर्ने भन्ने…

Read More

Breaking News : फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य, केमा कति पुग्यो ?

Breaking News : फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य, केमा कति पुग्यो ?

 काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १०८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको भाउ भने बढाएको छैन । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

Read More

साढे ३३ किलो सुनकाण्डका अभियुक्त एसएसपी लोहनीले पत्रकारलाई लात्ती हाने

साढे ३३ किलो सुनकाण्डका अभियुक्त एसएसपी लोहनीले पत्रकारलाई लात्ती  हाने

साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले जिल्ला पत्रकारमाथि लात्ती प्रहार गरेका छन् । जिल्ला अदालत मोरङबाट जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा पत्रकारहरुले आफ्नो फोटो खिचेको भन्दै एसएसपी लोहनी पत्रकारमाथि जाइलागेका हुन् ।  उनले पत्रकार ध्रुव भट्टराई र पत्रकार सुमन सुस्केरालाई हातपात गरेका हुन् । लोहनीले प्रहार गरेको लात्ती क्यामेरामा लागेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई बुधबार मोरङ प्रहरीले पक्राउ गरेको थियो । साढे ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्यको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय…

Read More

अभिभावकत्व ग्रहण गर्दै मन्त्री खनाल (भिडियोसहित)

अभिभावकत्व ग्रहण गर्दै मन्त्री खनाल (भिडियोसहित)

शम्भू माली , कपिलबस्तु कृषि, भुमि ब्यबस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव) ले कपिलबस्तुका ४ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्नु भएको छ । मन्त्री खनालले कपिलबस्तुको मायादेवी गाउपालिका सेमरौटीको सरस्वती प्रा वि का राम बहादुर बरईलाई कक्षा २ मा, शुद्धोधन गाउपालिका बग्दी स्थित पुर्णकेशर मा वि मा रियाजुदिन मुसलमानलाई कक्षा २ मा बाणगंगा नगरपालिका–११ बरवा स्थित सुर्योदय मा वि मा मोहन थारुलाई कक्षा ६ मा, र बाणगंगाकै जनज्योती मा वि मोतीपुरमा बिष्णु परियारलाई कक्षा ७ मा भर्ना गराउनुभएको हो । बाणगंगा नगरपालिका, ११ बरवा स्थित बरवा मा वि मा…

Read More

प्राण रहुन्जेल जनताकै गीत गाएर मर्ने रहर छः गायक जीवन शर्मा (भिडियो सहित)

प्राण रहुन्जेल जनताकै गीत गाएर मर्ने रहर छः गायक जीवन शर्मा (भिडियो सहित)

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको । उमेर भइसक्यो असी झन् ठूला दुःखले जेलेको ।। यी र यस्तै मार्मिक र जागरणका हजारौँ गीत गाइसकेका जनवादी गायकजीवन शर्माले आफ्नो श्वास र प्राण रहुन्जेल जनताकै गीत गाएर मर्ने धोको रहेको बताएका छन् । टिभी अन्नपूर्णको कार्यक्रम अनलाइन टकमा पत्रकार विनोद देवकोटासँग कुरा गर्दै उनले भने, मेरो कुनै नेता बन्ने, सभासद बन्ने वा मन्त्री बन्ने चाहना छैन, जनताको गित, जागरणको गीत मेरो अन्तीम श्वास रहुन्जेल गाउदै मर्ने इच्छा छ । साङगेतिक क्षेत्रमा तीन दशक बढी बिताइसकेका शर्माले आफुले पञ्चायत, बहुदल र निरङकुश…

Read More

१ लाख ३५ हजार घुससहित यादव पक्राउ

१ लाख ३५ हजार घुससहित यादव पक्राउ

अनिल पोखरेल, सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले बुधबार जिल्ला समन्वय समिति सप्तरीका नासुलाई घुस रकमसहित पक्राउ गरेको छ । टोलीले जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा ५७ वर्षीय युगेश्वरप्रसाद यादवलाई एक लाख ३५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई कार्यालयको लेखा शाखाबाटै पक्राउ गरी पेन्टको बायाँ खल्तीबाट घुसवापतको रकम बरामद गरेको हो । त्रिकोलको महुली खोलाको पुल निर्माण सम्पन्न भइसकेकोमा निर्माण व्यवसायी कम्पनीले राखेको धरौटी रकम फिर्ता गर्न पाँच प्रतिशत घुस लिएवापत यादवलाई पक्राउ गरिएको अख्तियारका प्रहरी निरीक्षक ओमप्रकाश खनालले बताए । फेवा…

Read More

दाइजोको निहँमा घाँटी थिचेर बुहारीको हत्या

दाइजोको निहँमा घाँटी थिचेर बुहारीको हत्या

दाइजो नपाएको निहुँमा वीरगन्जमा एक महिलाको हत्या गरिएको छ । वीरगन्ज महानगरपालिका ३१ इस्लामपुर टोलका २० वर्षीया अन्जुम आराको दाइजोको निहुँमा परिवारका सदस्यहरुले घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ । मृतक अन्जुमकी आमा रोशन जहानले आफुलाई फोन गरेर मागेको बुलेट मोटरसाइकल नदिएपछि ज्यान नै मार्ने धम्की पनि दिएको जानकारी गराइन् । कतारमा रहेका ज्वाँइ अफरोजले छोरीलाइ फोन गरेर बुलेट मोटरसाइकल माइतीबाट माग्न पटक पटक दबाब दिँदै आएको भन्दै अन्जुमकी आमा रोशनले भनिन्  ‘बिहे हुँदा १० कठ्ठा खेत बेचेर अढाई लाख भारु दाइजो दिएको हो अहिले फेरि बुलेट मोटरसाइकल…

Read More

राष्ट्रकै अस्तित्व खतरामा पर्छ भन्ने चिन्ता : प्रचण्ड

राष्ट्रकै अस्तित्व खतरामा पर्छ भन्ने चिन्ता : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले वर्तमान सरकारमा अधिकांश मन्त्रीहरु किसानका छोराछोरी भएको बताउँदै किसानका छोराछोरीबाट पनि भूमि सम्बन्धी समस्या हल नभए देश बर्बाद हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार अपरान्ह राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको कार्यक्रममा उनले भने, अहिले पनि भूमि सम्बन्धी समस्या समाधान गर्न सकिएन भने देश बर्बाद हुन्छ भन्ने हाम्रो चिन्ता छ । राष्ट्रकै अस्तित्व खतरामा पर्छ भन्ने चिन्ता छ । अध्यक्ष प्रचण्डले भू–उपयोग नीति बनेको तर कानूनको अभावमा कामलाई अगाडि बढाउन कठिनाई परेको जानकारी दिँदै अहिले आफूहरु कानून निर्माणको प्रक्रियामा रहेको बताए । …

Read More

विशेष अनुदानबापत प्रत्येक प्रदेश र स्थानीय तहले १० अर्ब पाउने

विशेष अनुदानबापत प्रत्येक प्रदेश र स्थानीय तहले १० अर्ब पाउने

आगामी आर्थिक वर्ष ०७५ र ७६ मा प्रदेश र स्थानीय तहले समपूरक र विशेष अनुदानबापत १० अर्ब रुपैयाँ पाउने भएका छन् । सरकारले प्रदेश र स्थानीय तहलाई आगामी आर्थिक वर्षमा दिने समपुूरक र विशेष अनुदानको अनुमानित बजेटको सीमा निर्धारण गरेको हो । जसअनुसार अब दुवै सरकारले समपूरक अनुदानबापत ६ अर्ब रुपैयाँ र विशेषबापत ४ अर्ब रुपैयाँ पाउने छन् । राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय लगायतको सहभागितामा बसेको स्रोत समितिको बैठकले दुवै तहमा जाने दुई अनुदानको एकमुष्ठ सीमा टुंगो लगाएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा सरकारले यसअघि…

Read More