विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबाट डोल्पामा प्रहरीमाथी आक्रमण

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबाट डोल्पामा प्रहरीमाथी आक्रमण

  नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहरी टोलीमाथि आक्रमण गरेका छन् । नेपाल बन्दको शिलशिलामा आईतबार पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी डोल्पाका सदस्यलाई त्रिपुराकोट प्रहरी चौकीबाट चलान गरी जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउदै गरेको बेला प्रहरी टोलीमाथि आक्रमण भएको हो । नेपाल बन्दका क्रममा पक्राउ परेका नेकपा जिल्ला कमिटी डोल्पाका सदस्य सागर शाहीलाई सोमबार विहान ८ बजेतिर जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गरेको बेला प्रहरी टोली माथि आक्रमण गरी उनलाई नेकपाका कार्यकर्ताले छुटाए लगेका थिए । नेकपा डोल्पाका इन्चार्ज अजिज विष्ट सहितका ५ जनाले ठुलीभेरी नगरपालिका वार्ड नम्बर…

Read More

कर्मचारीकै भरमा छाडिदिने हो भने नेपालमा संघीयता घातक हुने देखियो :पीताम्बर शर्मा

कर्मचारीकै भरमा छाडिदिने हो भने नेपालमा संघीयता घातक हुने देखियो :पीताम्बर शर्मा

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं भूगोलविद् पीताम्बर शर्मा नेपालमा संघीय नेपालका परिकल्पनाकार पनि हुनुहुन्छ । विगतमा संघीयताविरोधी स्वरहरू उठिरहँदा सामाजिक, आर्थिक र राजनीतिक हिसाबले मुलुक संघीयतामा जान उचित छ भन्दै भन्ने तार्किक बहसमा सक्रिय शर्मा अहिले नेपालको संघीय व्यस्था कतै असफल हुने त होईन भन्ने चिन्तामा हुनुहुन्छ । नेपालमा संघीयताको भविष्य र सफलताका सुत्र के हुन सक्छन भनेर टिभी अन्नपूर्णकर्मी शर्मिला सुबेदीले गरेको कुराकानी ।   संघीय व्यवस्था हाम्रा लागि नयाँ अभ्यास हो। यसको बलियो कार्यान्वयनको  कसरी विश्लेषण गर्नुहुन्छ ? नेतृत्वको रुचिमा कमी देखिन्छ। यसलाई बलियो र व्यवस्थित ढंगले अगाडि…

Read More

सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते

सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते

सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेछिन् । त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक जेठ ७ गते अपराह्न ४ बजे बोलाइएको छ ।    

Read More

जनस्वास्थ्य अधिकृतले अस्पताल हातामै क्लिनिक खोलेर औषधी बेच्ने गरेको आरोप

जनस्वास्थ्य अधिकृतले अस्पताल हातामै क्लिनिक खोलेर औषधी बेच्ने गरेको आरोप

अखिलेश यादव, जिल्ला अस्पतालको स्वास्थ्य सेवामा लापरबाहीको आरोप खेपेको रौतहट जिल्ला अस्पताल प्रशासनमाथी अर्को गम्भिर आरोप थपिएको छ । जनस्वास्थ्य अधिकृत कृष्ण शाहको मिलेमोतोमा अस्पताल हाताभित्रै क्लिनिक खुल्न लाखौंको चलखेल भएको आरोप स्थानीयको छ । शाहले जिल्ला अस्पालको सेवा प्रभावकारी बनाउनुको साटो जिल्ला अस्पतालाई रेफर अस्पतालमा परिणत गरेको उनिहरुको आरोप छ । यतिमात्रै होईन अस्पताल हाताभित्रै खुलेको क्लिनिकमा जिल्ला अस्पतालमा आएको निशुल्क औसधीसमेत सोही क्लिनिकमा पु¥याउने गरेको भेटिएको छ । अस्पतालबाट रेबिजको सुइ सहित सरकारबाट अनुदान प्राप्त अन्य औसधि समेत बिरामीलाई बितरण गर्नुको साटो सोही क्लिनिकबाट बिक्री गरेको आशंका छ…

Read More

नेपालमा १५ लाख फोरजी प्रयोगकर्ता, एनसेलको इन्टरनेट बिश्वकै महंगो

नेपालमा १५ लाख फोरजी प्रयोगकर्ता, एनसेलको इन्टरनेट बिश्वकै महंगो

नेपालमा फोरजी सेवाको प्रयोग गर्नेको सङख्या झण्डै १५ लाखको हाराहारीमा रहेको नेपाल दुरसञ्चार प्राधिकरणले जनााएको छ । सेवा प्रदायकका नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकममार्फत १५ लाख ग्राहकले यो सेवा लिएको तथ्याङ्क छ । जसअनुसार एनसेल र नेपाल टेलिकमका प्रयोगकर्ता बढि छन भने स्मार्ट टेलिकमका प्रयोगकर्ता तुलनात्मक रुपमा यी कम्पनीका भन्दा कम छन । नेपालमै पहिलोपटक फोरजी सेवा शुरु गरेको नेपाल टेलिकमले अहिले काठमाडौं उपत्यकासहित पोखरा लगायतका केही स्थानमा छन भने । टेलिकमपछि फोरजी सेवा सुरु गरेको एनसेलले आफ्नो सेवालाई नेपाल टेलिकमको भन्दा बढि स्थानमा बिस्तार गरेको छ । नेपालमा फोरजी…

Read More

कराँते : नेपाल टिम च्याम्पियन

कराँते : नेपाल टिम च्याम्पियन

नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिताको उपाधि आज हात पारेको छ । नेपाल वादोरियो कराँते डो संघद्वारा आयोजित प्रतियोगितामा नेपालले १४ स्वर्ण, १७ रजत र ३७ कास्य जित्दै टिम च्याम्पियनसमेत बन्यो । दोस्रो भएको भारतले ११–११ स्वर्ण, रजत र कास्य हात पा-यो । तेस्रो स्थानमा चित्त बुझाएको भुटानले तीन तीन स्वर्ण र रजत तथा चार कास्य प्राप्त ग-यो । पाँच राष्ट्र सहभागी दुईदिने उक्त प्रतियोगितामा तीन स्वर्ण र आठ कास्यसाथ श्रीलंका चौथो तथा दुई दुई स्वर्ण र कास्यसाथ मलेसिया पाँचौँ भए । पुरुषमा नेपालका कुइसाङ लामा र महिलामा नेपालकै विविका…

Read More

बन्ने भयो धरहरा, कति लागत र कहिलेसम्म बन्नेछ ?

बन्ने भयो धरहरा, कति लागत र कहिलेसम्म बन्नेछ ?

काठमाडौं। भूकम्पले क्षतिग्रस्त धरहराको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नै गर्ने भएको छ । धरहरा पुनःनिर्माणको शिलान्यास असारमै गर्ने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ । धरहरा पुनःनिर्माणका लागि प्राधिकरणले आजको गोरखापत्र दैनिकमा टेण्डर आह्वानसमेत गरेको छ । धरहरा पुनःनिर्माणका लागि करीब रु चार अर्ब लाग्ने लागत अनुमान गरिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो । “एकतीस दिन टेण्डर फारम भर्ने अवधि तोकिएको छ, छनोट गर्न १५ दिन लाग्छ, असार तेस्रो सातासम्म धरहरा पुनःनिर्माणका लागि शिलान्यास हुन्छ”, उहाँले भन्नुभयो । शिलान्यास भएको दुई वर्षमा धरहरा पुनःनिर्माण भइसक्ने प्राधिकरणले जनाएको छ ।…

Read More

विद्युत् प्रसारण प्रणाली सञ्चालन गर्न दुई दिन लाग्ने

विद्युत् प्रसारण प्रणाली सञ्चालन गर्न दुई दिन लाग्ने

हावाहुरीका कारण आइतबार राति तराई–मधेश क्षेत्रस्थित नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा क्षति भएको र त्यसलाई सञ्चालनमा ल्याउन अझै दुई दिन लाग्ने भएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार तराई क्षेत्रका ३३ केभी प्रसारण लाइन हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको छ । महेन्द्रनगरबाट शुरु भएको हावाहुरीले सयौँ घर तथा आवासको छाना उडाउनुका साथै प्राधिकरणको वितरण प्रणालीमा समेत ठूलो क्षति पुगेको छ । हावाहुरीका कारण ढलेको खम्बा तथा तार तान्ने काम सम्पन्न गर्न कम्तीमा पनि दुई दिन लाग्ने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । आज दिनभरमा विराटनगर क्षेत्रको ६० प्रतिशत प्रसारण…

Read More

भारतीय सांसद आजादको ट्वीटप्रति काँग्रेसको आपत्ति

भारतीय सांसद आजादको ट्वीटप्रति काँग्रेसको आपत्ति

नेपाली काँग्रेसले भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत गरेको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । दुई देशबीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु-याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको काँग्रेसको ठहर छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहनुभएका बेला भारतीय सांसद आजादले नेपालको अखण्डतामाथि प्रहार हुने अभिव्यक्ति ट्वीट गर्नुभएको थियो । भारतीय सांसद आजादको उक्त आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको काँग्रेसले घोर निन्दा र भत्र्सना गर्दै स्वतन्त्र, सार्वभौम, स्वाधीन राष्ट्र नेपालको विषयमा आएको आपत्तिजनक र दुराशयपूर्ण…

Read More

पोखराको लेकसाइडमा एनआईसी एशिया बैंकको नयाँ शाखा

पोखराको लेकसाइडमा एनआईसी एशिया बैंकको नयाँ शाखा

३१ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाइडमा सोमबार उद्घाटन गरिएको छ । शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले सबै स्थानीय तहमा वाणिज्य बै‌ंकको शाखा खोल्ने सरकार र राष्ट्र बंैकको अभियानमा सहभागी भई ३३ वटा शाखा स्थापना गर्ने प्रतिवद्धता जनाएकोमा एनआईसी एशिया बैंकको प्रशंसा गरे । यस बैंकको हालसम्म २१० शाखा कार्यालय, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर, ६ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकको वासलातको आकार १५८ अर्ब भन्दा बढी पुगिसकेको र ११० अर्ब कर्जा पुुगेको बैंकले जनाएको…

Read More