काठमाण्डौमा केबलकार चलाउन कम्तिमा १५ अर्ब लाग्ने

काठमाण्डौमा केबलकार चलाउन कम्तिमा १५ अर्ब लाग्ने

काठमाडौं उपत्यकामा केबलकार संचालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इन्जिनियरिङ अध्ययनले देखाएको छ । काठमाडौं उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले काठमाडौंमा केबलकार सन्चालन गर्न सम्भव भएको देखाएको हो । सम्भाव्यता अध्ययन प्रतिवेलन नेपाल सरकारलाई हन्तान्तरण गरेको नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले जानकारी दिए । केबलकार निर्माण, जडान र संचालनमा विश्वमा प्रसिद्धि कमाएका फान्सेली कम्पनीद्वय एडीपी र स्याष्ट्राले नेपालका पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनसँगको सहकार्यमा पाँच वर्ष लगाएर गरेको अध्ययनमा केबलकार परियोजना काठमाडौं उपत्यकामा संचालन गर्न सकिने…

Read More

३३ किलो सुनका मुख्य अभियुक्त गोरेले भने – प्रहरी हिरासत भित्रनै असुरक्षित छु

३३ किलो सुनका मुख्य अभियुक्त गोरेले भने – प्रहरी हिरासत भित्रनै असुरक्षित छु

 प्रहरी हिरासतमा रहेका सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीले हिरासतमै सुरक्षाको माग गरेका छन्। उनले प्रहरी हिरासत भित्र आफू असुरक्षित रहेको भन्दै उपयुक्त सुरक्षा व्यवस्था मिलाइदिन  माग गरेका हुन्। मंगलबार पक्राउ परेका गोरे जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन्। जिल्ला अदालत मोरङमा बयानका लागि बुधबार उपस्थित गराइएका उनले मानव अधिकारकर्मीको निगरानीमा आफू हिरासतमा बस्न पाउनु पर्ने आवाज उठाएका हुन्। प्रहरी हिरासत भित्र असुरक्षित रहेको र घटना अनुसन्धानका नाममा आफूलाई विभिन्न किसिमका यातना दिने काम गर्न थालिएको भन्दै गोरेले सुरक्षित रहन पनि…

Read More

स्याङ्जामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा १  जनाको मृत्यु, ५ घाइते

 पुतलीबजार नगरपालिका–२ ज्याङ्दी ग्रामीण कच्ची सडकमा महेन्द्र बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पुतलीबजार नगरपालिका–१ प्रगतिनगरबाट ओरष्टे जाँदै गरेको ग१ज ६३९९ नम्बरको बुधबार साँझ जीप दुर्घटना भएको हो। दुर्घटनामा बिरुवा गाउँपालिका–४ ओरष्टेका ७२ वर्षीय शुक्र बहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको हो। यसैगरी दुर्घटनामा बिरुवा गाउँपालिका–४ का २५ वर्षीय भिम बहादुर थापा, २४ वर्षीय विष्णु थापा, १७ वर्षीया सनि थापा र १८ वर्षीया अप्सरा राना घाइते भएको प्रहरीले जनाएको छ। जिप…

Read More

संसद बैठकः बजेटको समर्थन र कडा आलोचनामा सत्ता पक्ष र प्रतिपक्ष

संसद बैठकः बजेटको समर्थन र कडा आलोचनामा सत्ता पक्ष र प्रतिपक्ष

सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बुधबारबाट प्रतिनिधिसभामा छलफल सुरु भएको छ । छलफल अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा राष्ट्रपतिबाट यही जेठ ७ गते संघीय ससद्को दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सत्तापक्ष सांसदहरुले सरकारको निति तथा कार्यक्रमको समर्थन गर्दे बचाउ गरेका छन् भने प्रतिपक्षी दलका सांसदहरुले कडा आलोचना गरेका छन् । छलफलमा भाग लिदै नेकपा सांसद ओनसरी घर्ति मगरले दुई तिहाई सरकारले ल्याएको निति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सरकार गम्भिर हुनुपर्ने बताउनुभयो ।…

Read More

पाँच अर्ब अनुदानमा सम्पन्न हुदैँ कलंकी अण्डरपास (भिडियो सहित )

पाँच अर्ब अनुदानमा सम्पन्न हुदैँ कलंकी अण्डरपास (भिडियो सहित )

विमल खड्का टिभी अन्नपूर्ण देशकै राजधानीे काठमाण्डौं, सडकभरि गाडीको लाइन त्यसैमा गर्मीमा यात्रुको जिउनै छोप्ने धुलो र झरीमा जिउ भरि हिलोको चपेटा खेपिरहेका राजधानी बासिन्दाहरु । सडकमा निस्कने अंघिकांस जो कोही पनि बिहान निस्कँदा जति चिट्क्कि परेपनि बेलुकी आफैलाई दिक्क लाग्ने घर फर्किनु पर्ने बाध्यता छ । सडकै छेक्ने गरी बसेका छाडा गाई बस्तुले झनै सडकलाई अस्तव्यस्त गराइरहेका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरू तथा अन्य यात्रुहरूलाई काठमाडौँको ट्राफिक जामले रुवाई छाडेको छ । गाडीमा चढ्नेबाट झर्ने सम्म पुग्दा ट्राफिक जामले यात्रुहरू बाटोमै नीद«ा पु¥याउने गर्दछन् ।…

Read More

नेपाली बजारमा भित्रियो रु २० लाख पर्ने टीभी

नेपाली बजारमा भित्रियो रु २० लाख पर्ने टीभी

के एल दुगड समूह अन्तर्गतको स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्रान्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो टिभीको मोटाइ जम्मा ३.६ एम एम रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । ओएलईडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समावेश गरेको छ जुन अन्य एलईडी टिभी भन्दा निकै राम्रो रहेको छ । साथै यो टिभीमा जेविएल साउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यो टिभीको मूल्य नेपाली बजारमा रु….

Read More

राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्था गम्भीर, थप उपचारका लागि दिल्ली लगियो

राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्था गम्भीर, थप उपचारका लागि दिल्ली लगियो

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेन्दान्त अस्पताल लगिएको छ । गएको केही हप्तायता ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि बुधबार अपरान्ह मेदान्त अस्पताल लगिएको हो । अस्पतालले राष्ट्रकवि घिमिरेलाई एम्बुलेन्समा राखेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पु¥याएको थियो । ग्यास्ट्राईटीस र उच्च रक्तचापका कारण थला पर्नु भएका राष्ट्रकवि घिमिरेको दिसामा समेत रगत देखिन थालेपछि ग्रान्डी अस्पतालमा अस्पताल नै भर्ना गरेर राखिएको थियो । उहाँको उपचारमा संलग्न चिकित्सकहरुको सिफारिसमा थप उपचारका लागि राष्ट्रकवि घिमिरेलाई दिल्ली लगिएको हो । राष्ट्रकवि घिमिरे अस्पताल…

Read More

हिन्दु धर्म र राजासहितको लोकतन्त्र बोकेर राप्रपा गाउँ पस्ने

हिन्दु धर्म र राजासहितको लोकतन्त्र बोकेर राप्रपा गाउँ पस्ने

राष्ट्रिय प्रधानमन्त्री पार्टीले राजसंस्था सहितको लोकतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि सशक्त भएर गाउँ गाउँ जाने भएको छ । पार्टी केन्द्रीय परिषद्को तीन दिने बैठक बुधबार सम्पन्न भएको छ । सो बैठकले राजनीतिक तथा वैचारिक कार्य्दिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित गर्यो । निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली काँग्रेससँगको तालमेललाई पराजयको मूल कारण ठहर गर्दै बैठकले पार्टीको विधान संशोधन, राजसंस्था सहितको लोकतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि सशक्त भएर जनतामा जाने निर्णय गर्यो । पार्टीले जेठदेखि माघ मसान्तभित्र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा,…

Read More

याम्बालिङ् खोलामा चाईनिज कम्पनीले लगानी गर्ने

याम्बालिङ् खोलामा चाईनिज कम्पनीले लगानी गर्ने

सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थित याम्बालिङ् खोलामा ७ दशमलव २७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ इन्टरनेशनल इन्जिनियरिङ कम्पनी लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ याम्बालिङ् हाईड्रोपावर प्रा.लि ले पत्रकार सम्मेलन गरेर उक्त आयोजनाको बारेमा जानकारी दिँदै चाईनिज कम्पनीसँग निर्माण सम्झौता भएको जनाएको हो । पत्रकार सम्मेलनमा याम्बालिङ् हाईड्रोपावर प्रा.लि का अध्यक्ष कमानसिंह लामाले आगामी दुईवर्ष भित्र याम्बालिङ् विद्युत आयोजना सम्पन्न हुने बताउनुभयो । १ अर्ब २० करोडको लागतमा बन्ने उक्त आयोजनासँगै थप ४० मेघावाट विद्युत आयोजना सम्पन्न गर्नेगरि रकम समेत तोकिएको अध्यक्ष लामाले जानकारी दिएका छन् । कुललागत…

Read More

सपनामैै सीमित मन्त्रीका भाषण, काठमाडौँकै सडकमा ज्यान लिने खाडल (भिडियोसहित)

सपनामैै सीमित मन्त्रीका भाषण, काठमाडौँकै सडकमा ज्यान लिने खाडल (भिडियोसहित)

विनोद देवकोटा/टिभी अन्नपूर्ण, काठमाडौँ । उसो त नेपालमा राजनीतिज्ञ र सरकारका मन्त्रीले बोलेका कुरामा सर्व साधारणले चासो र विश्वास लिन छोडी सकेका छन् । निर्वाचनका बेला वर्षैदेखि नेताहरूले विभिन्न सपना बाँड्दै आएका छन्। उनीहरूले देखाएका र बोलेका अधिकांश कुरा सपनामै सीमित भएका छन् ।                                                      सपनामै सिमित मन्त्रीका भाषण गत वर्षको चैत ११ गते चितवनमा भएको पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले…

Read More