आफ्नै परमाणु भट्टीको सुरुङ ध्वस्त पार्‍यो उत्तर कोरियाले

आफ्नै परमाणु भट्टीको सुरुङ ध्वस्त पार्‍यो उत्तर कोरियाले

उत्तर कोरियाले आफ्नो परमाणु सुरुङ बिहीबार विस्फोट गराएर ध्वस्त गरेको छ। उत्तर कोरियाले विभिन्न विदेशी पत्रकारहरुको उपस्थितमा बिहीबार आफ्नो परमाणु भट्टीको सुरुङ विस्फोट गराएर ध्वस्ता पारेको हो । स्काई न्यूजका पत्रकार टोम चेसियरका अनुसार उत्तर कोरियाले विश्व समुदायलाई आफू परमाणु निशस्त्रीकरणको बाटोमा रहेको देखाउन परमाणु भट्टीको सुरुङ ध्वस्त बनाएको हो । यो सुरुङ उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा आगामी जुन १२ मा वार्ता हुनुअघि विश्वासको वातावरण बनाउन ध्वस्त बनाएको हो । उत्तर कोरियाको यो परमाणु सुरुङ पुन्गेरीमा रहेको छ। जहाँबाट उत्तर कोरियाले अमेरिकासम्म…

Read More

ढुंगेललाई आममाफी दिने सरकारी कदमका विरुद्धमा सर्वाेच्चमा रिट

ढुंगेललाई आममाफी दिने सरकारी कदमका विरुद्धमा सर्वाेच्चमा रिट

सर्वाेच्च अदालतको फैसलाले जन्मकैदको सजायँ भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने तयारी गरिरहेको सरकारी कदमका विरुद्धमा सर्वाेच्च अदालतमा रिट दायर भएको छ। ढुंगेललाई माफी दिन लागिएको भन्दै बिहीबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दायर गरेका हुन्। रिटमा उनले सरकारी कदमका विरुद्धमा अन्तरिम आदेशको माग समेत गरेका छन्। आधार विना ढुंगेललाई माफी दिन लागिएको भन्दै रिट निवेदनमा ढुंगेललाई आगामी गणतन्त्र दिवसको अवसर पारेर कैदमुक्त गर्ने तयारी भइरहेको पनि निवेदनमा उल्लेख छ। त्यस्तो माफी दिइएमा गणतन्त्र तथा राष्ट्रपतिको अधिकारमाथि नै प्रश्न उठ्ने समेत उठाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, गृह मन्त्रालय,…

Read More

नेकपाको पहिलो बैठक: भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड

नेकपाको पहिलो बैठक: भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष निर्देशन दिएका छन्। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओली र प्रचण्डले विशेष निर्देशन दिएका हुन्। संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्दा भ्रष्टाचार हुन नदिन दुई अध्यक्षले जोड दिएका हुन्। ‘सुशासनलाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्नुपर्छ’, अध्यक्षको निर्देशनबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो मुख्य कार्यसूची संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्दा भष्टाचार नगर्ने, हुन नदिने र भएमा तत्काल…

Read More

देशका ठूला नेता र प्रशासक नै भ्रष्टाचारमा लिप्त छन्ःउपेन्द्र यादव

देशका ठूला नेता र प्रशासक नै भ्रष्टाचारमा लिप्त छन्ःउपेन्द्र यादव

अनिल पोखरेल, सप्तरी । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सवैभन्दा पछि परेको मधेशको विकासप्रति राज्य अझै सम्वेदनशिल नरहेको बताएका छन् । विहिवार जिल्ला कमिटिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मधेशमा चुरे विनासले मरुभुमि करणको खतरा बढ्दो छ उनले भने–‘अर्को्तिर वाढि नियन्त्रण गर्ने मामिलामा समेत सरकार गम्भिर देखिएको छैन । सात प्रदेश मध्ये प्रदेश २ उर्वर र समथल भुमि हुँदाहुँदै पनि सवैभन्दा वढि पिछडिनुलाई दुर्भाग्यपुर्ण भन्दै उनले यस प्रदेशको विकासका लागि राज्य सम्वोदनशिल वन्न नसकेको जिकिर गरे । तराई मधेशमा वढ्दो चुरेको…

Read More

पश्चिम सेतीको निर्माण सम्झौता खारेज गर्न सिफारिस

पश्चिम सेतीको निर्माण सम्झौता खारेज गर्न सिफारिस

सरकारले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना चिनियाँ कम्पनी थ्रि गर्जेजबाट फिर्ता लिइने भएको छ । आयोजनाको बारेमा अन्तिम टुंगो लगाउन गठन भएको समितिले थ्रि गर्जेजसँग यसअघि गरेको सम्झौता खारेज गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा यो आयोजना सरकारले आफैले निर्माण अघि बढाउन उचित भएको निष्कर्ष समेत निकालेको छ । यो प्रतिवेदन आगामी बोर्डमा बैठकमा पेश गरिनेछ । बोर्डले यो प्रतिबेदन पास गरेसँगै थ्रि गर्जेजसँगको सम्झौता खारेज हुनेछ । लगानी बोर्डका एक अधिकारीकाअनुसार यसको पुनः अध्ययन गरेर…

Read More

सुन तस्करी र सनम हत्याकाण्ड: दुई दिनमा १६ पृष्ठ, अझै सकिएन ‘गोरे’को बयान

सुन तस्करी र सनम हत्याकाण्ड: दुई दिनमा १६ पृष्ठ, अझै सकिएन ‘गोरे’को बयान

साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसँग बयान लिने काम दुई दिनमा पनि सकिएको छैन । दोस्रो दिन बिहीबार बिहान १० बजे बयानका लागि जिल्ला अदालत मोरङ लगिएको भएपनि बयान सकिने मिति अझै एकिन भएको छैन । न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा बुधबार र बिहीबार गरि गोरेसँग १६ पृष्ठको बयान लिइएको छ । तर उनले दिएको बयानबारे अदालतले केही खुलाएको छैन । बयान लिएर बादी र प्रतिवादी वकिलबीच थुनछेक बहस सकिएपछि अदालतले गोरेलाई थुनामा पठाउने, तारेख वा धरौटीमा छाडेर मुद्दाको…

Read More

मलेसियाका पुर्वप्रधानमन्त्रीलाई घर फर्कन अनुमति

मलेसियाका पुर्वप्रधानमन्त्रीलाई घर फर्कन अनुमति

मलेसियाका पुर्वप्रधानमन्त्री नाजिव रजाकसँग घन्टौ लामो अनुसन्धानात्मक प्रश्नोत्तर गरेपछि घर फर्कन अनुमति दिइएको छ । मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी)को मुख्यालयमा उनीसँग झण्डै छ घण्टा प्रश्नोत्तर गरिएको अधिकारीहरूले बताएका छन् । राज्य विकास कोषको दुरुपयोग भएको भनिएको विषयमा प्रश्नोत्तर सकिएपछि आयोगले उनलाई बिहीबार घर फर्कन पाउने व्यवस्था गरेको हो । पुर्वप्रधानमन्त्री नाजिब आयोगको कार्यालयमा स्थानीय समय अनुसार विहान ९.४५ बजे पुगेका थिएभने ४.४५ मा बाहिरिएका थिए । नाजिबसँग पहिलो चरणको सोधपुछ मंगलबार गरिएको थियो ।

Read More

नेकपाका केन्द्रीय बैठक प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा सुरु

नेकपाका केन्द्रीय बैठक प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा सुरु

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समितिको बैठक सुरु भएको छ । बिहीबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकलाई अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले संबोधन गर्नेछन् । बैठक अपरान्ह साढे ५ बजेपछि सुरु भएको हो । आजको बैठकलाई यसअघि पार्टी एकता घोषणा अगाडि बसेको केन्द्रीय समिति बैठककै निरन्तरता भनिएको छ ।

Read More

सर्वसाधारणले पनि प्रदेशसभामा प्रस्ताव लान पाउने

सर्वसाधारणले पनि प्रदेशसभामा प्रस्ताव लान पाउने

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले कोही पनि कानूनको अनभिज्ञ हुन नपाउने बताउनुभएको छ । रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा ‘जनताका आवाज प्रदेशसभामा उठाउने प्रक्रिया’बारे जानकारी गराउने उद्देश्यले आज आयोजित अन्तक्र्रियाम सभामुख घर्तील अहिलेसम्म संसद्मा कुनै पनि प्रदेशसभा सदस्य सत्तापक्ष र प्रतिपक्षको भूमिकामा नभई सबैको सहमतिमा ऐन, नियम बनिरहेको बताउनुभयो । पहिलेका संसद् बैठकमा सरकार र सांसदले मात्र प्रस्ताव पेश गर्न पाउने भए पनि अब भने सर्वसाधारणले पनि संसद्मा प्रस्ताव पेश गर्न सक्ने जानकारी उहाँले दिनुभयो । कुनै महत्वको प्रस्ताव पेश गर्दा १०० सर्वसाधारणले हस्ताक्षर गर्नुपर्ने र त्यसलाई तीन सांसदले समर्थन…

Read More

प्रदेश ३ को राजधानीबारे मुखै खोलेनन् प्रचण्डले

प्रदेश ३ को राजधानीबारे मुखै खोलेनन् प्रचण्डले

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ३ को राजधानी कहाँ राख्ने भन्ने विषय प्रदेशसभाको अधिकार भएको बताएका छन् । उनले बिहीबार काभ्रेको नालामा पत्रकारहरुले यसबारेमा प्रश्न गर्दा राजधानी तोक्ने जिम्मा प्रदेशसभाको अधिकार भन्दै आफूले नबोल्ने भन्दै पन्छिए । बिहीबार दाहाल बन्धु प्रतिष्ठानले गरेको कार्यक्रममा सहभागी हुन प्रचण्ड काभ्रेको नाला गएका थिए । उनलाई काभ्रेबाट निर्वाचित प्रदेश सांसद बसुन्धरा हुमागाईंले प्रदेश ३ को राजधानी काभ्रेमा ल्याउन पहल गर्न आग्रह गरेका थिए । कार्यक्रममा संबोधन गर्ने क्रममा प्रचण्डले सांसद हुमागाईले उठाएका प्रसंगबारे जवाफ नै दिएनन् । त्यसपछि पत्रकारले प्रश्न गर्दा…

Read More