इबोलाको प्रकोप नियन्त्रण प्रभावकारी

इबोलाको प्रकोप नियन्त्रण प्रभावकारी

किन्सासा अफ्रिकी मुलुक कङ्गोमा पुनः देखिएको इबोला भाइरसको सङ्क्रमण नियन्त्रण प्रभावकारी भएको स्वास्थ्य अधिकारीले जनाएका छन्। कंगोमा विशेषगरी  उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएको  जनाइएको छ। कंगोको झण्डै १० लाख जनसंख्याको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले नियन्त्रणका पहल प्रभावकारीरुपमा अघि बढाउन आग्रह गरेको थियो। कंगोमा देखिएको यस सङ्क्रमणमा परी करिब ३० जनाले ज्यान गुमाएका थिए। परीक्षणको लागि चार हजार इबोलाको खोप त्यहाँ पुर्‍याइएको छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार यहाँका अधिकारीले गरेका कार्यका कारण यसको…

Read More

विश्वकप फुटबल–२०१८ को गीत सार्वजनिक

विश्वकप फुटबल–२०१८ को गीत सार्वजनिक

रुस विश्वकप फुटबल–२०१८ को अफिसियल गीत सार्वजनिक भएको छ । फिफाले विश्वकपका लागी बजाईने आधिकारिक गीतको ‘लिभ इट अप’ नामक भिडियो सार्वजानीक गरेको छ । निकी जामले गाएको यो गीतमा हलिउड अभिनेता तथा गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् ।  यो गीतको शब्द डिप्लोले लेखेका हुन् । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा सकिराले गाएको ‘वाका वाका..’ बोलको गीत पनि डिप्लोले नै लेखेका थिए । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा पिटबुलले गाएको ‘ओले ओला..’ गीतको शब्द पनि उनकै थियो । विश्वकप यही जुन १४ देखि जुलाई १५…

Read More

कर्णाली प्रिमियर लिग : उपाधिको लागि त्रिभुवन आर्मी र रुपन्देही-११ भिड्ने

कर्णाली प्रिमियर लिग : उपाधिको लागि त्रिभुवन आर्मी र रुपन्देही-११ भिड्ने

सुर्खेतमा जारी कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभुवन आर्मी क्लब र रुपन्देही-११ भिड्ने भएका छन्। शुक्रबार सुर्खेत रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा रुपन्देही ११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित गर्दै फाइनल खेलको लागी प्रवेश गरेको हो । त्यसैगरि दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्यो।   टस हारेर पहिले ब्याटिंग गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रनको योगफल तयार पारेको थियो। रुपन्देहीका लागि सन्दीप सुनारले ३० बलको सामना गर्दै सर्वाधिक ५० रन बनाए। उनले ७ चौका र २ छक्का प्रहार गरे। १…

Read More

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

सप्तरी सप्तरीमा माटोको ढिस्कोले पुरिएर शुक्रबार एक महिलाको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहकी २८ वर्षीया जयदेवी लौगीको पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । उनी लिपपोतका लागि आवश्यक माटो खन्न गएकी थिइन् । मृतकका पति रोजगारीका लागि मलेसियामा रहेका छन् । उनका एक छोरा र एक छोरी छन् । मृतकको शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

Read More

राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख

राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो ।   “बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ”, उहाँले भन्नुभयो, “अहिले बुबाको स्वास्थ्य राम्रो छ ।” छोरी अधिकारीका अनुसार सानो आन्द्रामा रगतका दुई फोका रहेका र ती फोकाको उपचार गरेपछि साना आन्द्राबाट रक्तश्राव रोकिएको हो ।” धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि बुधबार मेदान्त अस्पतालमा लगिएको थियो । चिकित्सकको सल्लाहमा…

Read More

सर्वोच्चले माग्यो सरकारसगँ ढुंगेललाई आममाफी दिनुपर्ने कारण

सर्वोच्चले माग्यो सरकारसगँ ढुंगेललाई आममाफी दिनुपर्ने कारण

सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो । आदेशमा दुवै पक्षलाई यही जेठ १३ गते छलफलका लागि उपस्थित हुन भनिएको छ । सरकारले गणतन्त्र दिवसका अवसरमा ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिन गरेको निर्णय रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

Read More

मेरै कार्यकालमा चक्रपथमा मनोरेल कुदाएर देखाउछु : मेयर शाक्य

मेरै कार्यकालमा चक्रपथमा मनोरेल कुदाएर देखाउछु : मेयर शाक्य

काठमाडौँ । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा महानगरका मेयर विद्यासुन्दर शाक्य र चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशनका महाप्रवन्धक लि होङगकीले सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीले ६ महिनाभित्रमा महानगरलाई सम्भाव्यता अध्ययन रिपोर्ट बुझाउने छ । सोही रिपोर्टका आधारमा मोनोरेल निर्माण कार्य अघि बढाईने काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाले मोनोरेलको सम्भाव्यता अध्ययन गर्न इच्छुक कम्पनीहरुलाई आशयपत्र माग गरेको थियो । सम्झौता अनुसार कम्पनीले चक्रपथमा मनोरेल सञ्चालनका लागि आर्थिक, प्राविधिक, आवश्यकता, दिगोपना जस्ता पक्षमा अध्ययन…

Read More

लम्बियो गोरेको बयान , आइतबार सनमलार्इ टर्चर दिएको भिडियो देखाउने तयारी

लम्बियो गोरेको बयान , आइतबार सनमलार्इ टर्चर दिएको भिडियो देखाउने तयारी

गत वर्ष त्रिभुवन विमानस्थलबाट हराएको साढे ३३ किलो तस्करीको सुन र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’को बयान लम्बिएको छ । जिल्ला अदालत मोरङमा तीन दिनदेखि गोरेको बयान लिने क्रम जारी छ । गएको बुधबारदेखि थालिएको बयान लिने क्रम आइतबारसम्म चल्ने जिल्ला अदालत मोरङले जनाएको छ । निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार आइतबारसम्म गोरेको बयान सक्ने लक्ष्य छ । त्यसपछि थुनछेक बहस शुरु हुनेछ । आइतबारको बयानमा गोरेलाई सुनकाण्डसँग सम्बन्धित भिडियो पनि देखाउने योजना रहेको बताइएको छ । गोरेले बयानमा औपचारिक भन्दा पनि अनौपचारिक विषयमा बढी…

Read More

रेडियोबाटै पक्राउ परेका विप्लवका नेता रिहा

रेडियोबाटै पक्राउ परेका विप्लवका नेता रिहा

गत बैशाख ३० गते रेडियाबाटै पक्राउ परेका नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता दिलबहादुर साउद शुक्रबार रिहा भएका छन् । उनलाई कैलालीको लम्कीको सामुदायिक रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिदैँ गर्दा इलाका प्रहरी कार्यालय लम्कीको टोलीले प्रशारण कक्ष बाटै अपहरण शैलिमा पक्राउ गरेको थियो । प्रेस स्वतन्त्रता माथि धावा बोल्दै जनताको आवाजलाई नै कुन्ठीत गर्ने गरि सञ्चारमाध्याम भित्रै हतियार सहित प्रहरी प्रबेश गरि पक्राउ गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो । नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रशारक संघ तथा प्रत्रकारका विभिन्न पेशागत संघ, संगठनका साथै मानवअधिकारवादी संस्थाले समेत घटनाको चर्को…

Read More

उपत्यकाको सडक बिस्तार १२ किलोमिटरमा १३ सय अवरोध (भिडियो सहित)

उपत्यकाको सडक बिस्तार १२ किलोमिटरमा १३ सय अवरोध (भिडियो सहित)

शिशिर ढुङ्गाना/नवराज श्रेष्ठ, टिभी अन्नपूर्ण, काठमाडौँ । सडक बिस्तारका लागी भन्दै भत्काईएका संरचनाका कारण राजधानीका सडकमा हिँड्न नसकिने अवस्था भएको वर्षौँ भयो । निर्माण थालिएका यस्ता धेरै सडकहरू कहिले सकिन्छन् भन्ने जनताका प्रश्नको जवाफ निर्माणको जिम्मा लिएकाहरुसँग पनि छैन  । उपत्यकाका अधिकांश सडक निर्माणको लागी तोकिएको समय अघिल्लै वर्ष सकियो । निमार्ण सक्नुपर्ने मिति सकिएपछि सरकारले एक वर्ष थप्ने निर्णय ग¥यो । तर थपिएको १ वर्ष पुरा हुनैलाग्दा समेत बर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे उपत्यकाका अधिकांश सडकको प्रगति शून्य छ  । एकैपटक भत्काएर असरल्ल छाडिएका सडकको काम पूर्ण हुन नसक्दा यात्रु…

Read More