यी खेलाडी जसले आत्मघाती गोल गर्दा प्राण त्याग्नुपर्यो

यी खेलाडी जसले आत्मघाती गोल गर्दा प्राण त्याग्नुपर्यो

सन् १९९४ को विश्वकप अमेरिकामा आयोजना भएको थियो । उक्त विश्वकपमा कोलम्बिया समूह ‘ए’ मा परेको थियो । जुुन २२ तारिखमा कोलम्बिया र अमेरिकाबीचको खेल थियो । खेलको ३५औं मिनेटमा अमेरिकी मिडफिल्डर जोन हार्केसले गरेको प्रहार कोलम्बियन डिफेन्डर आन्द्रेस स्कोबरसँग ठोक्किएर आत्मघाती गोलमा परिणत हुुन पुुग्यो । उक्त खेलमा कोलम्बिया अमेरिकासँग २-१ गोलले पराजित भयो। प्रारम्भिक चरणको तीनमध्ये एक खेलमा मात्र जित हात पारेको कोलम्बिया विश्वकपको पहिलो चरणबाटै बाहिरिन पुुग्यो । अमेरिकाविरुद्धको खेल जितेको भए कोलम्बिया नकआउट चरणमा पुुग्ने थियो । त्यसपछि कोलम्बियन टोलीसँगै स्कोबर पनि स्वदेश फर्किए । तर,…

Read More

कर्णाली प्रिमियर लिग : रुपन्देहीलाई ३७ रनले पराजित गर्दै आर्मीले चुम्यो उपाधि

कर्णाली प्रिमियर लिग : रुपन्देहीलाई ३७ रनले पराजित गर्दै आर्मीले चुम्यो उपाधि

त्रिभुवन आर्मी क्लबले फाइनलमा रुपन्देही-११ लाई ३७ रनले पराजित गर्दै रुस्लान कर्णाली प्रिमियर लिगको उपाधि जितेको छ। शनिबार वीरेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही ११ लाई ३७ रनले पराजित गर्दै आर्मीले केपीएलको पहिलो सिजनको उपाधि चुमेको हो ।   टस हारेर ब्याटिङको निम्तो पाएको  आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन जोडेको थियो । जवाफमा रुपन्देहीले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनायो। प्रतियोगिताको विजेता आर्मीले ३ लाख रुपैयाँ तथा उपविजेता रुपन्देही-११ ले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । आर्मीका…

Read More

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

लहान सिराहाको धनगढी नगरपालिका–३ स्थित सडकमा आज साँझ मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।   स ८ प ५३६६ नं को मोटरसाइकलले दिँदा स्थानीय ६५ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले धनगढीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलका चालक लहान नगरपालिका १३ निवासी २५ वर्षीय अखलेशकुमार महतो पनि घाइते भएकाले उहाँको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

प्रधानमन्त्रीले भोली सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने

प्रधानमन्त्रीले भोली सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने

आइतबार बिहान ११:०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३:०० बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताए । गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गरेका नीति तथा कार्यक्रममाथि दुवै सदनमा भएका छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन् ।

Read More

प्रमुख तालिवान कमाण्डरको सुरक्षा कारबाहीमा मृत्यु

प्रमुख तालिवान कमाण्डरको सुरक्षा कारबाहीमा मृत्यु

उत्तरी अफगानिस्तानको फारयाब प्रान्तमा सुरक्षाकर्मीले तालिवान विरुद्ध लक्षित गरी चलाएको कारबाहीमा उक्त क्षेत्रमा विद्रोहीतर्फ प्रभाबशाली मानिने एक तालिवान कमाण्डर र उनका सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीलाई प्राप्त गोप्य सूचनाका आधारमा तालिवान विद्रोही विरुद्ध गरिएको सुरक्षा कारबाहीमा सिरिन तागब जिल्लामा शनिबार बिहानै तालिवानका सैन्य आयोगका प्रमुख मलावी गुलिस्तान र उपप्रमुख मलावी मन्सूरको घटनास्थलमा नै मृत्य भएको, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम युरुशले सिन्ह्वा न्यूज एजेन्सीलाई बताउनुभयो ।

Read More

विराटनगर–पोखरा हवाई उडान शुरु हुने

विराटनगर–पोखरा हवाई उडान शुरु हुने

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताएका छन्। विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आज यहाँ आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा यहाँबाट पोखरा हवाई उडान शुरु गर्ने बताए। मन्त्री अधिकारीले आगामी वर्षको बजेटमा विराटनगर र नेपालगन्जलाई क्षेत्रीय विमानस्थलको विकास गरी भारतबाट हवाई रुट प्राप्त हुनाले यस क्षेत्रवाट छिमेकी देशका शहरमा ७२ सिटे विमानवाट सेवा सञ्चालन गर्न दुई विमान कम्पनी तयार रहेको जानकारी दिए। उनले भारतीय पर्यटकलाई यस क्षेत्रको हिमाल…

Read More

दाङमा झाडापखालाको महामारी, नियन्त्रण बाहिर

दाङमा झाडापखालाको महामारी, नियन्त्रण बाहिर

दाङको शान्तिनगर गाउँपालिकाका झाडापखालाको महामारी देखिएको छ। शान्तिनगर गाउँपालिका केही गाउँ दुई दिनदेखि झाडा पखालाबाटै पुरै प्रभावित भएपछि स्वास्थ्यकर्मीको टोली अहिले उपचारमा खटिएको छ। शान्तिनगर ३ चिराघाट लगायतका क्षेत्रमा शुक्रबार रातिदेखि देखिएको झाडापखालाको महामारी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए। उनका अनुसार अहिलेसम्म १० जनाको स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको भए पनि महामारी नियन्त्रणमा लिन सकिएको छैन। उनले अहिले औषधि समेत अभाव भए पछि जिल्ला र क्षेत्रलाई खबर गरेर औषधि मंगाइएको बताए। गाउँका सबै बिरामी परेको र औषधि अभाव भएको उनको भनाइ छ। ‘उपचारमा किहानैदेखि…

Read More

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तयारी पुरा

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तयारी पुरा

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आइतबारदेखि सुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको नेपालयले सम्पूर्ण तयारी भएको जनाएको छ । प्रतियोगितामा पहिलो पटक सातै प्रदेशका टिमलाई सहभागि गराइनेछ । प्रदेशका टिमसँगै ३ विभागीय टिमको पनि सहभागिता रहनेछ । आइतबार कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ भिड्नेछन् । आइतबार नै मूलपानी मैदानमा हुने खेलमा समूह बी का प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ बीच प्रतिस्पर्धा हुनेछ । आउँदो २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २०…

Read More

माग सम्बोधन नगरे सरकारबाट समर्थन फिर्ता लिने राजपा नेपालको चेतावनी

माग सम्बोधन नगरे सरकारबाट समर्थन फिर्ता लिने राजपा नेपालको चेतावनी

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ । पार्टीका नेता महेन्द्र राय यादवले संविधान संशोधन गर्ने लगायतका आफूहरुको माग सम्बोधन नगरे सरकारलाई समर्थन गरिरहन नसकिने बताएका छन् ।  शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकलाई अघि बढाउन प्रतिपक्षलाई पनि साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए। नेता यादवले विकास, निर्माणको कामलाई अघि बढाउन पनि सरकारले सबैलाई मिलाएर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । नेता यादवले सरकारले विकासको सपना देखाए पनि त्यसलाई काम गरेर देखाउन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

Read More

भारत नेपाल एक अर्काका परिपुरक : भारतीय राजदूत पुरी

भारत नेपाल एक अर्काका परिपुरक : भारतीय राजदूत पुरी

अनिल पोखरेल , राजविराज विकासको दृष्टिमा नेपाल भारत एक अर्काको परिपुक रहेको नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीले बताएका छन् । हनुमाननगर जेलकाण्डको ७५औं स्मृति दिवसको अवसरमा सप्तरीको सदरमुकाम राजविराजमा शनिवार आयोजित “नेपालको प्रजातान्त्रिक संघर्षमा लोकनायक जय प्रकास नारायणको देन ” विषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै राजदूत पुरीले उक्त कुरा बताएका हुन । राजदूत पसुरीले भने, अव नेपाल र भारत बिचको सम्बन्धलाई सामाजिक सम्बन्धमा मात्र सीमित राखिनु हुन्न, आर्थिक सम्बन्ध सँग जोडिनु पर्छ । नेपालको विकासमा भारतको विकास र भारतको विकासमा नेपालको विकास र्निभर रहेको र शोका लागि व्यापार,यातायात…

Read More