यार्सा सङ्कलन गर्न गएका तीनको मृत्यु

यार्सा सङ्कलन गर्न गएका तीनको मृत्यु

डोल्पामा यार्सागुम्बा सङ्कलन गर्न गएका तीनजनाको लेक लागेर मृत्यु भएको छ। लेक लागेर गम्भीर बिरामी भएका एक जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका १० लिकुका ३० वर्षीय नारायणप्रसाद पहाडी, जाजरकोट नलगाड नगरपालिका ८ खगेनकोट का १५ वर्षीय भद्रबहादुर चनारा र काइके गाउँपालिकाको सुन्दर शेर्पा आधारभूत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर रानाको लेक लागेर शनिवार मृत्यु भएको हो। यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको ठूलीभेरी नगरपालिका १० मा पर्ने ग्यालवारा पाटन पुगेका पहाडी लेक लागेर बिरामी भई दुनैतर्फ ल्याउँदै गर्दा माझवनमा मृत्यु भएको हो। डोल्पोबुद्ध गाउँपालिकाको धो ताक्सी पुगेका जाजरकोटका चनारा…

Read More

सशस्त्र प्रहरीका असईले लुटे ११ लाख रुपैयाँ र एक किलो सुन 

सशस्त्र प्रहरीका असईले लुटे ११ लाख रुपैयाँ र एक किलो  सुन 

करिब एक किलो सुन  र ११ लाख रुपैयाँ लुटेको आरोपमा   सशस्त्र प्रहरीको सहायक निरीक्षक (असई)  विशाल खड्का  पक्राउ परेका छन् । लुटपाटमा संलग्न भएको आरोपमा सशस्त्र मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत् उनलाई काठमाडौं प्रहरी परिसरले आइतबार पक्राउ गरेको हो । खड्कासहित ७ जनाको समूहले सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका वीरगञ्जका एक सुन व्यवसायीको साथबाट ८ सय ८३.१०० ग्राम सुनसहित ११ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । ‘७ जनाको समूहमा भएका मध्ये एक जनासँग ती व्यवसायी परिचित थिए’, घटनाको अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘उनकै सूचनाको आधारमा व्यवसायी लुटिएका थिए ।’…

Read More

घुससहित प्रहरी पक्राउ

घुससहित प्रहरी पक्राउ

मदिरा बिक्री सहज बनाइदिने भन्दै १० हजार घुस लिँदालिँदै धनुषाको जनकपुरमा एक घुमुवा प्रहरी जवान पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिकाको लक्ष्मीनियाँ अस्थायी प्रहरी पोष्टमा कार्यरत घुमुवा प्रहरी मनोज कुमार पर्सौला घुसहित पक्राउ परेका हुन् । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासबाट खटिएको छोलीले उनलाई उपमहानगरपालिका ७ को सार्वजनिक चोकबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

Read More

ललाईफकाई किड्नी प्रत्यारोपण गराएको आरोपमा वस्नेत पक्राउ

ललाईफकाई किड्नी प्रत्यारोपण गराएको आरोपमा   वस्नेत पक्राउ

प्रहरीले किड्नी प्रत्यारोपण गराउने एक जनालाई आइतबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले ललाईफकाई किड्नी प्रत्यारोपण गराएको उजुरीको आधारमा मोरङको विराटनगर उपनगरपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १ डेरा गरी वस्ने वर्ष ५१ का थर्कबहादुर वस्नेतलाई पक्राउ गरेको जनाएको छ । काभ्रेको टुकुचा गाविस ९ घर भई हाल बनेपा नगरपालिका २ वस्ने वर्ष २९ को कुमार गिरीको बायाँं किड्नी वैशाख १० गते निकाली प्रत्यारोपण गराएको दाजु प्रल्हादले गरेको उजुरीको आधारमा वस्नेतलाई पक्राउ गरेको परिसकार सूचना अधिकृत कृष्ण प्रसाईले बताए। भक्तपुरस्थित शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा ललाईफकाई किड्नी…

Read More

अभिनेत्री पूजा र निर्देशक सुर्दशन कतारमा

अभिनेत्री पूजा र निर्देशक सुर्दशन कतारमा

यतिबेला अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापा कतार पुगेका छन् । उनीहरुको कतार यात्रा चलचित्र ‘रामकहानी’ले गराएको हो । यो चलचित्रको छायाँङ्कनसँगै उनीहरुले यस अघिको चलचित्र ‘म यस्तो गीत गाउँछु’को विशेष शो समेत गर्ने भएका छन् । यो चलचित्रको सुरुवात नै कतारबाट हुनेछ । कतारमा अभिनेत्री पूजाका साथमा कतारमै रहेका केही कलाकारले अभिनय गरेका छन् । कतारको सम्पूर्ण व्यवस्थापन कलाकार बिष्णु कार्कीले मिलाएका हुन् । यो चलचित्रको कतार छायाँकन अनुमतिका लागि मात्रै ८ लाख गर्च भएको स्रोतले बताएको छ । चलचित्र ‘रामकहानी’मा पूजाका साथमा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल,…

Read More

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

 चितवन भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ।  अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिए। यति एयरलाइन्सको  9N AIS कलसाइनको जहाज २२ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो। प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने बित्तिकै इन्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो। समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको…

Read More

को हुन गोरेले नाम लिएका ३३ केजी सुनकाण्डका मुख्य नाइके छिरिङ?

को हुन  गोरेले नाम लिएका ३३ केजी सुनकाण्डका मुख्य नाइके छिरिङ?

चुडामणि उप्रेती चुडामणि उप्रेती गोरेले सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । तर, आफू नाइके नभएको दाबी गरेका छन् ।गोरेले सुुन तस्कचुडामणि उप्रेती गोरेले सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । तर, आफू नाइके नभएको दाबी गरेका छन् ।रीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । तर, आफू नाइके नभएको दाबी गरेका छन् । जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन् । गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण…

Read More

प्रधानमन्त्री कप क्रिकेटः एपीएफ क्लव र प्रदेश ७ को विजयी सुरुआत

प्रधानमन्त्री कप क्रिकेटः एपीएफ क्लव र प्रदेश ७ को विजयी सुरुआत

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव र प्रदेश नम्बर ७ ले विजयी सुरुआत गरेका छन् । एपीएफले प्रदेश ४ लाई ५ विकेटले हराउँदा प्रदेश ७ ले कर्णाली प्रदेशलाई ४८ रनले हरायो । राष्ट्रिय टोलीका युवा स्टार रोहित पौडेलले मध्यक्रममा शानदार इनिङ खेलेपछि प्रदेश ४ पोखराले दिएको २४० रनको लक्ष्य एपीएफले ३६ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । यसअघि टियू मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश ४ ले बलियो मानिएको एपीएफबिरुद्ध उत्कृष्ट व्याटिङ गरी निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २…

Read More

एकतामा असन्तृष्टले गठन गरे नेकपा माओवादी

एकतामा असन्तृष्टले गठन गरे नेकपा माओवादी

एमाले र माओवाली केन्द्रबिचको एकतामा असन्तुष्ट भएकाहरुले नेपाल कम्युष्टि पार्टी (माओवादी) गठन गरेका छन् । आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे उनीहरुले एकतामा असहमत हुनेहरुलाई एकतावद्ध गर्ने भन्दै नेपाल कम्युष्टि पार्टी (माओवादी) घोषणा गरेका हुन् । एकता आँफैमा गलत नभएपनि बामएकताको प्रवृत्ति हेर्दा सममन्तवादी, अलोकतान्त्रिक, अति नोकरशाही, निरकुंश तथा एकाधिकार चरित्रको भएको आरोप उनीहरुले लगाएका छन् । अनेकौ जालझेल र षड्यन्त्रबाट गरिएको एकताले निकट भविष्यमा माओवादीहरुको आत्मसर्मपर्ण बाहेक अरु केही हुने नदेखिएको नवगठित पार्टीको ठहर छ । पत्रकार सम्मेलनमा त्यसैगरि नेपाल कम्युष्टि पार्टी (माओवादी) केन्द«का केन्दि«य सदस्य आलोक रायमाझीले तत्कालिन् माओवादी…

Read More

गाउँपालिका कर्मचारीकै मिलेमतोमा कामै नगरी लाखौँ रुपैयाँ स्वाहा

गाउँपालिका कर्मचारीकै मिलेमतोमा कामै नगरी लाखौँ रुपैयाँ स्वाहा

देश नयाँ संरचनामा गयो, तीनै तहको निर्वाचन पनि सम्पन्न भयो । दुई दशकदेखि कर्मचारीले एकछत्र राज गरेका स्थानीय तहले जनप्रतिनिधि पायो । सिंहदरबारको अधिकार गाउँगाउँमा गएको भनियो । स्थानीयले पहिलाभन्दा सहज रूपमा सेवा पनि पाए । नीति बदलियो तर नियति भने खासै बदलिएको छैन । स्थानीय समूह र गाउँपालिका कर्मचारीको मिलेमतोमा काम नै नगरी लाखौँ रुपैयाँ निकासा गरी आर्थिक हिनामिना गरेको खुलासा भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ मा भैँसी पालन सम्बन्धी गाउँपालिकाको कुषि कार्यक्रम अन्तरगत उन्नत जातको राँगो किन्न तीन समूहलाई छुट्याइएको १ लाख…

Read More