नेकपाको स्थायी कमिटीमा माओवादीबाट १९ नेताको नाम टुंगो लाग्यो (नामसहित)

नेकपाको स्थायी कमिटीमा माओवादीबाट १९ नेताको नाम टुंगो लाग्यो (नामसहित)

नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाएको छ । तत्कालीन माओवादी केन्द्रबाट १९ नेताको नाम टुंगो लागेसँगै नेकपाको स्थायी कमिटीले पूर्णता पाएको हो । तत्कालीन एमालेले यसअघि नै नाम टुंगो लगाएको थियो । तत्कालीन माओवादीबाट अध्यष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा र शक्ति बस्नेत परेका छन् । यस्तै जनार्दन शर्मा, मात्रिका यादव, पम्फा भुसाल, लेखराज भट्ट, देवेन्द्र पौडेल, गणेश साह, चक्रपाणि खनाल, मणि थापा पनि स्थायी कमिटीमा परेका छन् । १९ औं सदस्यका रुपमा लिलामणि पोखरेल…

Read More

विप्लव र सिके राउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण : सेना

विप्लव र सिके राउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण  : सेना

काठमाडौँ । जंगी अड्डामा बसेको सैनिक पृतनापतिहरुको समन्वयात्मक बैठकले विप्लव र सिके राउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष निकालेको छ। आइतबारदेखि दुई दिनसम्म चलेको बैठकले नेपालको आन्तरिक सुरक्षामा विप्लव र सिके राउत मुख्य सुरक्षा चुनौति रहेको निष्कर्ष निकालेको सैनिक स्रोतले जानकारी दिएको छ। सेनाको आन्तरिक अध्ययनले तत्कालका लागि यी दुई समूह आन्तरिक सुरक्षाका लागि चुनौतिपूर्ण रहेको देखिएपछि त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा सेनाको पृतनामा छलफल भएको स्रोतले जनायो। समन्वयात्मक बैठकमा पृतनापतिले हाल सानो समूहमा रहेका यी दुई समूह भविष्यका लागि चुनौतिपूर्ण रहेको भन्दै  भविष्यमा आईपर्न सक्ने चुनौतीलाई कसरी सम्बोधन…

Read More

मोदीको नेपाल भ्रमणबारे शुष्माको विवादास्पद अभिव्यक्ति

मोदीको नेपाल भ्रमणबारे शुष्माको विवादास्पद अभिव्यक्ति

गत महिना सम्पन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे विभिन्न टिप्पणी भइरहेका बेला भारतीय विदेश मन्त्री शुस्मा स्वराजले विवादित अभिव्यक्ती दिएकी छिन् । उनले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गर्नु भारतीय कुटनीतिमा असाधारण सफलता रहेको बताएकी छन् । विदेश मन्त्रालयमा सोमवार आयोजित वाषिर्क पत्रकार सम्मेलनमा भारत सरकारको ४ वर्षको उपलब्धीसम्बन्धी पुस्तक विमोचन गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदी प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने पहिलो प्रधानमन्त्री बनेको बताएकी छन् । स्वराजले भनिन् ‘आजभन्दा पहिले कुनै पनि भारतीय प्रधानमन्त्रीले भारतीय समुदायसँग जोडिने गरी सम्बोधन गरेका थिएनन् । नरेन्द्र…

Read More

प्रधानमन्त्री कप क्रिकेट नेपाल पुलिस र प्रदेश १ बिजयी

प्रधानमन्त्री कप क्रिकेट नेपाल पुलिस र प्रदेश १ बिजयी

काठमाडौमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा नेपाल पुलिस र प्रदेश नंवर १ बिजयी भएको छ । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताका सोमबारको वर्षाले प्रभावित खेलहरुमा बिभागीय टोली नेपाल पुलिस र प्रदेश नम्बर १ विजयी भएका छन् । पुलिसले प्रदेश ७ लाई १ सय ७४ रनले हराउँदा प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले निराश बनायो । टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय २४ रनको विशाल योगफल बनाएको थियो । ३ सय २५…

Read More

बार्सिलोना बन्यो युरोपको सर्वोत्कृष्ट क्लब

बार्सिलोना बन्यो युरोपको सर्वोत्कृष्ट क्लब

चर्चित फुटबल क्लव बार्सिलोना युरोपको सर्वोत्कृष्ट क्लब बनेको छ ।उसले युरोपेली च्याम्पियन्स लिग विजेता रियल मड्रिडलाई पछि पार्दै उत्कृष्ट क्लव बनेको हो । खेलकुदको डाटा संकलन तथा मूल्याकंन गर्ने कम्पनी ग्रेसनोटले सार्वजनिक गरेको उत्कृष्टताको वरीयताक्रममा बार्सिलोनाले ४३३३ अंक जोडेको छ भने रियलको ४१९० अंक छ । क्लबले चार वर्षमा गरेको प्रदर्शनका आधारमा यो वरीयता निर्धारण गरिनेछ । तर वरीयताक्रममा हालको सिजनबाट दुई तिहाई अंक निर्धारण हुन्छ । यस वरीयता क्रममा जर्मन क्लब बायर्न म्युनिख तेस्रो, इटालियन क्लब युभेन्टस चौथो, इंग्लिस क्लब म्यान्चेष्टर सिटी पाँचौं, फ्रेन्च क्लब पीएसजी छैटौं, एथलेटिको मड्रिड…

Read More

गणतन्त्रका १० वर्ष, स्मारक अन्तिम चरणमा, स्तम्भ अझै अन्योलमा (भिडियोसहित)

गणतन्त्रका १० वर्ष, स्मारक अन्तिम चरणमा, स्तम्भ अझै अन्योलमा (भिडियोसहित)

राणा शासनको अन्त्यदेखि हालसम्म नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनका लागि धेरैले आफ्नो ज्यानको आहुती दिएका छन् ।उक्त परिवर्तन ल्याउन भएका आन्दोलनका क्रममा हजारौँ मानिस हराए, कयौँ बेपत्ता भए र पारिए र अङ्गभङ्गसमेत भए । उनीहरुको नाममा सम्झनास्वरुप ७ वर्ष अघि निर्माण थालिएको गणतन्त्र स्मारकको निर्माण अन्तिम चरणमा पुगेको छ भने स्तम्भको निर्माण कार्यबारे अझै अन्योल कायम छ । नेपालमा गणतन्त्र घोषणा भएको पनि १० वर्ष पुरा भएको छ । तर पनि गणतन्त्र स्मारक निर्माणका काम अन्तिम चरणमा भएपनि स्तम्भ निर्माणबारे अझै टुङ्गो लाग्न सकेको छैन । शहरी विकास तथा भवन…

Read More

लोपोन्मुख सालकको खपटासहित दुई पक्राउ

लोपोन्मुख सालकको खपटासहित दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय इलामले लोपोन्मुख सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार देउमाई नगरपालिका–४ मंगलबारेबाट इलामतर्फ आइरहेको मे ९प२९०९ नम्बरको मोटरसाइकलबाट प्रहरीले चेकजाँच गर्ने क्रममा चार केजी दुई सय ग्राम खपटा बरामद गरेको हो। पक्राउ पर्नेमा देउमाई नगरपालिका–४का २८ वर्षीय सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान उपमहानगरपालिका –१५ तुलसीपथ बस्ने ५० वर्षीय फुर्वु भोटेलाई पक्राउ गरिएको इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

Read More

ढुङ्गेलको कैद मिनाहाको विषयमा सर्वोच्चले खोज्यो सरकारी निर्णयको फाइल

ज्यान सम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा सम्बन्धी सरकारी निर्णयको सक्कल फाइल माग गरेको छ । सोमबार न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले ढुंगेलको कैद मिनाहासम्बन्धी निर्णयको सक्कल फाइल अदालतमा झिकाउन आदेश दिएको हो । सोमबार सरकारी वकिलले ढुंगेलको कैद मिनाहाको सिफारिस गृह मन्त्रालयसम्म पुगेको जानकारी पाएको बताउँदै के आधारमा माफी दिएको हो आफूले पत्र हेर्न नपाएको बताएका थिए ।लगत्तै न्यायाधीश मीना खड्काले के आधारमा मिनाहा गर्न लागेको भनी प्रश्न गरिन् । वकिलले त्यसबारेमा आफूलाई थाहा नभएको बताएपछि सक्कल फाइल मगाउन आदेश भएको हो…

Read More

अपडेटः दुर्घटना मृत्यु भएकाहरुको पहिचान खुल्यो

अपडेटः दुर्घटना मृत्यु भएकाहरुको पहिचान खुल्यो

डोटी जिप दुर्घटना हुँदा डोटीमा चारजनाको मृत्यु भएको छ। डोटीको दिपायलबाट बोगटान गाउँपालिका वडा नं ६ गगुडाका लागि हिँडेको से१ज ८७७ नं को जीप दुर्घटना हुँदा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो। घटनामा अन्य १० जना घाइते भएका छन्। मृतकमा चालक रामबहादुर बिक, जिपका साहु भगत द्धारिया र ईन्नरी रावत रहेको घटनास्थलबाट स्थानीय जानकारी दिए। थप एकजना मृतक महिलाको भने पहिचान खुल्न सकेको छैन।

Read More

जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु,१० घाइते

जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु,१० घाइते

फाईल फोटो डोटीको बोगटान गाउँपालिका-६ गगुडा पलाडीमा जीप दुर्घटना भएको छ दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से१ज ८७७ नंको जीप दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भने अन्य ९ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय डोटीले पनि कार्यालयमा ४ जनाको मृत्यु भएको जानकारी आएको बताएको छ ।घाइतेहरूलाई स्थानीयवासीको सहयोगमा अस्पताल पठाइसकेको बताइएको हो । दुर्घटना भएलगत्तै प्रहरीको टोली घटना स्थलतर्फ हिँडेको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा छ ।

Read More