सरकारले उत्पादकत्व वृद्धि गर्छु भन्ने वाहियात कुरा : देउवा

सरकारले उत्पादकत्व वृद्धि गर्छु भन्ने वाहियात कुरा : देउवा

नेपाली काँग्रेसले सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने जनाएको छ । अर्थमन्त्री खतिवडाले ल्याएको बजेटप्रति संसद परिसरमा टिप्पणी गर्दे प्रमुख प्रतिपक्षी नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भनी टिप्पणी गर्नुभएको हो । करको बोझ बढाएर उत्पादकत्व वृद्धि गर्छु भन्ने वाहियात कुरा भएको उहाँको भनाई छ । यो बजेट कार्यान्वयन हुन नसक्ने बजेट भएको उहाँको भनाई छ ।

Read More

कम डिजेल बेच्ने बंगलामुखी आयल स्टोरमा शिलबन्दी

कम डिजेल बेच्ने बंगलामुखी आयल स्टोरमा शिलबन्दी

नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभन्दा कम डिजेल विक्रि वितरण गर्ने ‘न्यू बंगलामुखी आयल स्टोर’लाई शिलबन्दी गरेको छ। विभागको टोलीले मंगलबार डिजेल वितरण पम्पको नाप मापदण्डभन्दा कम भेटिएकाले सानो भ-याङमा रहेको उक्त आयल स्टोरलाई शिलबन्दी गरेको हो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बंगलामुखी आयल स्टोर सानो भ-याङ, मकालु आयल स्टोर कलंकी र हामा आयल स्टोर स्वयम्भूमा गरिएको अनुगमनमा दुईवटा आयल स्टोर मापदण्डभित्र रहेको र बंगलामुखी आयल स्टोरलाई शिलबन्दी गरिएको बताए। यसैगरी विभागले साेमबार उपत्यकाका दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको थियो।

Read More

किन सरकारले गर्‍यो भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अभिव्यक्तिप्रति आपत्ति?

किन सरकारले गर्‍यो भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अभिव्यक्तिप्रति आपत्ति?

सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहको सन्दर्भलाई जोडेर विदेशमन्त्री सुष्मा स्वराजले दिएको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ । आफ्नो अभिव्यक्तिबारे खेद प्रकट गर्दै भारतका विदेशमन्त्रीले क्षमायाचना गरेको जानकारी नेपाल सरकारलाई प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय विदेशमन्त्रीको आपत्तिजनक टिप्पणीपछि आम नेपाली जनताले चासो व्यक्त गरेकामा पनि परराष्ट्र मन्त्रालयले हार्दिक आभार व्यक्त गरेको छ । सामाजिक एकता र सद्भावपूर्ण जीवनले नेपालीको मौलिकता दर्शाउने बताउँदै परराष्ट्रले सबै क्षेत्रमा बस्दै आएका नेपालीबीच राष्ट्रिय एकता प्रतिबिम्बित भएको पनि उल्लेख गरेको छ। जसलाई सबै छिमेकीले सम्मान गर्नुपर्नेमा पनि परराष्ट्रले जोड दिएको छ।  

Read More

प्रधानमन्त्री कपमा प्रदेश तीन र दुई बिजयी

प्रधानमन्त्री कपमा प्रदेश तीन र दुई बिजयी

राजधानीमा चलिरहेको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो दिन प्रदेश नम्बर तिन र प्रदेश नम्बर दुईले बिजय सुरुवात गरेका छन् । मंगलबार किर्तिपुर स्थित अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा प्रदेश नम्बर तिनले प्रदेश नम्बर ६ लाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । पहिलो टस जित्दै ब्याटिङ गरेको प्रदेश ६ ले पचास ओभरको खेलमा ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७८ रनको योगफल तयार पार्दा उसका लागी कप्तान रबिन्द्र साही र दिवन पुनले समान ५२ रनको अर्धसतकिय योगदान दिएका थिए । बलिङतर्फ प्रदेश…

Read More

शेयर बजारः नौ अंकले घट्यो

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ ।नेपाल स्टक एक्स्चेन्जकाअनुसार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ । आज कूल १६७ कम्पनीको आठ लाख ४० हजार १७५ कित्ता शेयर रु ४१ करोड ७४ लाख ३६ हजार ९६८ मूल्यमा कारोबार भएको छ । आज बीमा उपसमूहको शेयर भने उकालो लागेको छ । सो समूहको शेयर ५।६९ बिन्दुले उकालो लाग्दा बैंकिङ १०.५, होटल ३३.१८, विकास बैंक १४.२१, जलविद्युत् १३.३३, फाइनान्स २.९८, उत्पादन २०.६, अन्य…

Read More

गरिबले घर बनाउन ५० हजार रुपैयाँ पाउने

गरिबले घर बनाउन ५० हजार रुपैयाँ पाउने

सरकारले गरिवहरुलाई सुरक्षित छानोमुनि ल्याउन जनता आवास कार्यक्रमको दायरा बढाउने भएको छ । सरकारले घरबारविहीन लाई घर बनाउन ५० हजार रुपैयाँसम्म अनुदान दिने बजेटमा उल्लेख गरेको छ । यस्तै पराल र खरका घर विस्थापित गरेर सर्वसाधारणलाई सुरक्षित छानो बनाइदिने पनि बजेटमा उल्लेख छ ।

Read More

सरकारले लक्ष्य ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर

सरकारले लक्ष्य ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेट बक्तव्य अनुसार आर्थिक वर्ष ०७५/७६ को बजेट कार्यान्वयनबाट ८ प्रतिशत आर्थिक वृद्धिदर कायम हुने बताएका हुन् । उनले बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने र मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने पनि बताएका छन् । चालू आवमा भने सरकारले ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । तर, चालू आवमा ५.९ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ । गत आव २०७३/७४ मा सरकारले ७…

Read More

बजेटः के के आयो नयाँ कार्यक्रम ? (पूर्ण विवरणसहित)

बजेटः के के आयो नयाँ कार्यक्रम ? (पूर्ण विवरणसहित)

ससरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको वजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख वजेट विनियोजन गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख बजेट व्यवस्था गरिएको छ । बजेटका लागि राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८…

Read More

निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई शीर्षक फेरेर ४ करोड

निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई शीर्षक फेरेर ४ करोड

सरकारले निकै विवादास्पद निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसदमा पेश गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ४ करोड दिने उल्लेख छ । यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत ३ करोड बजेट छुट्याइएको थियो । सांसदहरुले १० करोड पु¥याउन माग गरेका थिए । ३ वर्षमा सक्ने गरी ५ वटा आयोजनामा खर्च गरिनेछ । आयोजना छनोटका लागि निर्वाचित प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको समिति बनाइनेछ ।

Read More

स्वास्थ्य सेवा र शिक्षा सेवा कर खारेज

स्वास्थ्य सेवा र शिक्षा सेवा कर खारेज

सरकारले स्वास्थ्य सेवा र शिक्षा सेवा कर खारेजको घोषणा गरेको छ । अहिलेसम्म शिक्षा सेवामा एक प्रतशत र स्वास्थ्य सेवामा जारी हुने बिजकको ५ प्रतिशत शुल्क लिने व्यवस्था थियो । सरकारको यो शुल्क हटाउने निर्णयले बहुसंख्यक नागरिकलाई लाभ मिल्नेछ । यस्तो सेवा शूल्क अहिले शैक्षिक तथा स्वास्थ्य संस्थाले सेवाग्राहीबाटै असुलिरहेका थिए । साथै निजी स्वास्थ्य संस्थाहरुले लिादै आएको मूल्य अभिबृद्धि कर पनि खारेज गरेको छ ।

Read More