नारायणगढ–मुग्लिन सडकखण्ड : पाँच पटक म्याद थप ,३३ प्रतिशत काम समपन्न

नारायणगढ–मुग्लिन सडकखण्ड : पाँच पटक म्याद थप ,३३ प्रतिशत काम समपन्न

नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सकिएको छ । पाचौं पटक थपिएको मिति बुधबार सम्पन्न भए पनि बाँकी दुई खण्डको काम भने सकिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०.७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई जानकारी गराएको छ । सो सडकको काम हाल सम्पन्न भए पनि एक वर्षसम्म भत्के बिग्रिएमा हेर्नुपर्ने भएकाले बजेटको हिसाबले शतप्रतिशत सम्पन्न भएको देखिदैन । खनालका अनुसार आँपटारीदेखि दासढुंगासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र…

Read More

हत्या गरिएको भनिएका पत्रकार जीवितै

हत्या गरिएको भनिएका पत्रकार जीवितै

पश्चिमा सञ्चारमाध्यममा हत्या भएको आशंका गरिएका रूसी पत्रकार अर्कादी बाब्चेन्को जीवितै फेला परेका छन्। उनले बुधबार साँझ युक्रेनी टेलिभिजनमा बोल्दै आफू जीवितै रहेको बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक पत्रकारको गोली हानी हत्या गरिएको पश्चिमा सञ्चारमाध्यमले दाबी गरेका थिए। उनको हत्या युक्रेनको राजधानी किभमा मंगलबार साँझ भएको बताइएको थियो। ती पत्रकारले युक्रेनबाट क्रिमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका कारण रूसी सत्ताको आदेशमा हत्या गराइएको समाचार सम्प्रेषण गरिएका थिए। राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए। उनलाई के कस्तो असुरक्षा…

Read More

पत्रकारमाथि हमला, पत्रकार महासङ्घको आपत्ति

पत्रकारमाथि हमला, पत्रकार महासङ्घको आपत्ति

सिरहा सिरहाका पत्रकार गणेश साह र सन्तोष यादवलाई जेठ १३ गते रिर्पोटिंगको क्रममा माडर भन्सारका प्रमुखले दुर्व्यवहार गरेका छन् । रिर्पोटिंगको क्रममा गरिएको यस किसिमको कार्यप्रति नेपाल पत्रकार महासङ्घ सिरहा शाखाले आपत्ति जनाएको छ । सिरहाका माडर भन्सारका प्रमुख राजेन्द्र हमालले पत्रकारद्धय साह र यादवलाई गरिएको दुर्व्यवहारप्रति पत्रकार महासङ्घ सिरहाले कारबाहीको माग गरेको छ । भन्सार प्रमुख हमाललाई कारबाही नगरे महासङ्घ चरणबद्ध सङ्घर्षमा उत्रन बाध्य हुने महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यालय सञ्चालन रहेको बेला पत्रकारद्धय साह र यादवले कार्यालय प्रमुख हमालसँग मासिक राजस्वबारे डाटा माग गरेका थिए…

Read More

रौतहटको माधवनारायण नगरपालिकामा विकास निमार्णले गति लियो

रौतहटको माधवनारायण नगरपालिकामा विकास निमार्णले गति लियो

अखिलेश यादव , रौतहट । रौतहटको माधव नारायण नगरपालिकामा विकासको गतिलाई नगरवासीले प्रशंसा गरेका छन । जिल्लाका अन्य नगरपालिकाको तुलनामा आफ्नो नगरमा विकास निमार्णले गति लिने संकेत देखेपछि स्थानीय हर्षित बनेका छन । नगरपालिका भित्र स्वास्थ्य शिक्षा खानेपानी यातायातका क्षेत्रमा प्रमुख र उपप्रमुखले सक्रियता बढाएपछि यसको प्रशंसा हुन थालेको हो । । नगरवासी सङ्घीय सामाजवादी फोरमका जिल्ला उपाध्यक्ष श्याम विहारी यादवले नगरपालिकाको काम बिवादरहित भएको बताए । गरिब जेहन्दार छात्र छात्राका लागि छात्रवृत्ति सहित पठनपाठन सामग्रीको निःशुल्क वितरण , नगर भित्रका स्वास्थ्य चौकीमा अभाव देखिएको औषधीको व्यावस्थापन लगायतमा नगरापालिकाले देखाएको…

Read More

रौतहट –सर्लाहीको पुल माधव नेपालको पहलमा सुरु हुने

रौतहट –सर्लाहीको पुल माधव नेपालको पहलमा सुरु हुने

गौर रौतहट – सर्लाही दुई जिल्ला जोड्ने रौतहट जिल्लाको बडहरवा नजिक बागमती नदीको अधुरो पक्की पुलको कार्य सुचारु गर्न मन्त्रालयले निर्देशन दिएपछि जिल्लावासीमा पुल निर्माण हुने आशा पलाएको छ । विगत करिब ८ वर्षदेखि अधुरो अवस्थामा रहेको पुलको कार्य नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको पहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले डिजाइनमा सुधार गर्दै पुलको निर्माण कार्य अगाडी बढाउन स्वीकृति दिइएको गौर नगरपालिकाका मेयर प्रत्यासी नेपाल कम्युनिस्ट पार्टीका नेता शम्भू साहले जानकारी दिएका छन् । तर राजपा पार्टी को रौतहट एक बाट सान्सद रहेको अनिल झाले…

Read More

बलियो सरकारले ल्याएको कमजोर बजेट : राप्रपा

बलियो सरकारले ल्याएको कमजोर बजेट : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई आश्वस्त तथा वैदेशिक लगानीलाई आकर्षित गर्न नसक्ने निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले आठ प्रतिशतको आर्थिक वृद्धि कायम गर्ने, पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने लगायतका महत्वाकाङ्क्षी विषय बजेटमा उल्लेख गरिएकाले कार्यान्वयनमा समस्या रहेको हुँदा बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बैठकले ठहर गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग एकता तथा सहकार्यका लागि प्रारम्भिक छलफल, सम्पर्क र समन्वय…

Read More

तीन महिनादेखि कैदीबन्दीको नगद सिदा बन्द

तीन महिनादेखि कैदीबन्दीको नगद सिदा बन्द

दाङ  । यहाँका कारागारमा रहेका कैदीबन्दीलाई दिइँदै आइएको नगद सिदा विगत तीन महिनादेखि रोकिएको छ । सरकारले प्रतिकैदीबन्दीका लागि दैनिक रु ४५ उपलब्ध गराउँदै आएको छ । तर गत फागुन महिनादेखि कैदीबन्दीलाई नगद सिदा प्राप्त हुन नसक्दा समस्या भएको बताइएको छ । चामलबाहेक अन्य खानपिनको वस्तु खरिदका लागि सरकारले दिने दैनिक रु ४५ प्राप्त नभएपछि कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । प्रतिव्यक्ति ७०० ग्राम चामल भने खाद्य संस्थान अञ्चल कार्यालयबाट उधारोमा ल्याइने गरिएको कारागार शाखा तुलसीपुरका निमित्त जेलर गीता अधिकारीले बताउनुभयो । बिहान बेलुकीको खानपिनका लागि आवश्यक पर्ने तेल, नून,…

Read More

नेविसंघका विद्यार्थीबीच खुकुरी हानाहान

नेविसंघका विद्यार्थीबीच खुकुरी हानाहान

काठमाडाैं । त्रीचन्द्र कलेजका विद्यार्थीबिच ग्याङ फाइट भएको छ । ग्याङ फाइट हुँदा खुकुरी प्रहार गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा अनिल तामाङ, सौरभ श्रेष्ठ र सहदेव नेपाल रहेका छन् । सोमबार बिहान साढे १० बजे कमलादीमा त्रीचन्द्र कलेजका विद्यार्थी म्यागी गुरुङलाई उक्त समूहले खुकुरी प्रहार गरेको थियो । घाइते गुरुङको हिमाल अस्पताल, कमलपोखरीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार कमलादी क्षेत्रमा रहेका गुरुङलाई अभियुक्तहरुले खुकुरी प्रहार गर्न थालेपछि उनी भागेका थिए ।म्यागीलाई पुनस् खुकुरी प्रहार गर्न लखेट्दै गरेको अवस्थामा सादा पोसाकमा रहेका नेपाल प्रहरीका सही लोकेन्द्र…

Read More

प्रधानमन्त्री कप : भारी अन्तरले प्रदेश १ माथि प्रदेश ४ को विजय

प्रधानमन्त्री कप : भारी अन्तरले प्रदेश १ माथि प्रदेश ४ को विजय

प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ४ ले प्रदेश १ लाई १ सय २९ रनले पराजित गरेको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा बुधवार भएको खेलमा हरिबहादुर चौहानले ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिकसहित ४ विकेट लिएपछि प्रदेश नम्बर ४ ले पहिलो जित हात पारेको हो । प्रदेश नम्बर ४ यसअघि पहिलो खेलमा एपीएफसँग ५ विकेट र प्रदेश २ सँग ६७ रनले पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले मध्यक्रमका ब्याट्सम्यान हरिबहादुर चौहानको शतकीय योगदानमा निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको विशाल…

Read More

आफैंमाथि गोली हान्न लगाउने आचार्य श्रीनिवास जेल चलान

आफैंमाथि गोली हान्न लगाउने आचार्य श्रीनिवास जेल चलान

  गत चैत्रमा बिराटनगरमा आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन्  जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । श्रीनिवासलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । आदेशसँगै कडा सुरक्षाकाबीच श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट निकालिएको थियो । आदेशपछि झुम्का कारागार लगिएको छ । जिप्रका मोरङको…

Read More