प्रदेश नं १ नेकपा संसदीय दलको नेतामा राई चयन

प्रदेश नं १ नेकपा संसदीय दलको नेतामा राई चयन

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं १ को संसदीय दलको नेतामा मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य शेरधन राई सर्वसम्मत रुपमा चयन हुनुभएको छ । यसअघि मुख्यमन्त्री राई तत्कालिन नेकपा (एमाले) संसदीय दलको नेता हुनुहुन्थ्यो । पार्टी एकतापछि आज पहिलो पटक बसेको प्रदेश नं १ को संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरिएको हो । त्यस्तै प्रदेश नं १ का संसदीय दलको उपनेतामा टंक आम्बुहाङ चयन हुनुभएको छ । आम्बुहाङ तत्कालिन नेकपा (माओवादी केन्द्र) का संसदीय दलको नेता हुनुहुन्थ्यो । संसदीय दलको नेता र उपनेता चयनका लागि इन्द्रबहादुर…

Read More

ट्राफिक जनचेतना र लागूऔषध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

ट्राफिक जनचेतना र लागूऔषध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

अभिमन्यु लामिछाने , उदयपुर सामुदायिक विकाश केन्द्र तथा परिवर्तन केन्द्र र कटारी नगरपालिका २ नम्बर वडा कार्यालयको समन्वयमा ट्राफिक जनचेतना र लागूऔषध विरुद्धको सचेतना मूलक कार्यक्रम समापन भएको छ । कल्याणपुर मा. वि र जनता मा. वि गुरासेमा भएको कार्यक्रममा कक्षा ८,९ र १० का विद्यार्थीहरू सहभागी भएको मा. वि. कल्याणपुरका प्रधानाध्यापक खिलराज दाहालले जानकारी दिनुभयो। कटारी क्षेत्र दुर्घटनाको जोखिम र धेरै युवाहरू लागूऔषध दुर्वेसनीमा फसेकाले आउँदा पिढीहरु त्यस्तो कुलतमा नलाग्न भनेर नै यो कार्यक्रम गरेको २ नम्बरका वडा अध्यक्ष प्रेम बहादुर थापाले जानकारी दिनु भयो। ट्राफिक जनचेतना कटारी अस्थायी ट्राफिक…

Read More

चर्किदै काठमाडौं महानगरका मेयर र उपमेयरबिचको विवाद

चर्किदै काठमाडौं महानगरका मेयर र उपमेयरबिचको विवाद

काठमाडौ महानगरपालीकाका मेयर र उपमेयरबिचको बिबाद बढ्दै गएको छ । महानगरपालीकाभित्र मेयर विद्यासुन्दर शाक्यले एकलौटी ढंगले निर्णय गर्ने गरेको भन्दै उपमेयर हरिप्रभा खड्कीले बिहीबार आफु निकट वडाअध्यक्षहरुका साथ छुटै पत्रकार सम्मेलन समेत गरेकि छिन् । काठमाडौ महानगरपालीकाको एकवर्षको कार्यप्रगति सार्वजनिक गर्न छुट्टै पत्रकार सम्मेलन गर्दे उपमेयर खड्कीले महानगरपालीका भित्र सत्तापक्ष र प्रतिपक्षीको व्यवहार भएको गुनासो गरिन् । उनले महानगरका हरेक गतिविधिमा मेयर शाक्यले आफूखुशी गरेको निर्णय गरेको आरोप पनि लगाइन् । आफ्नै वडामा बन्दै गरेको ठूलो परियोजनामा समेत उपमेयरलाई थाहा नै नदिइ मेयर शाक्यले काम अघि बढाएको आरोप खड्कीको छ…

Read More

अदालतमा एसएसपी खत्रीको बयानः हराएको सुनको म कसरी तस्कर ?

अदालतमा एसएसपी खत्रीको बयानः हराएको सुनको म कसरी तस्कर ?

गत वर्ष त्रिभुवन विमानस्थलबाट हराएको साढे ३३ किलो तस्करीको सुनसहित करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले अदालतमा इन्कारी बयान दिएका छन् । उनले आफूलाई मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले फसाउन खोजेको आरोप लगाएका छन् । जिल्ला अदालत, मोरङमा बिहीबार बयान दिँदै उनले आफूलाई फसाउन खोजिएको दाबी गरेका हुन् । ‘मलाई फसाउन खोजिएको छ । मैले पैसा पनि लिएको पनि छैन’, उनले भनेका छन्, ‘डायरीमा मेरो नाम किटान गरिएको छैन । एसएसपी त प्रहरीमा म मात्रै छु र ? उनले गोरेलाई गोविन्द निरौलाको साथीको…

Read More

सुन तस्करी र हत्या मुद्दामा अभियुक्तको पक्षमा सांसदले बहस गर्दै

सुन तस्करी र हत्या मुद्दामा अभियुक्तको पक्षमा सांसदले बहस गर्दै

तस्करीको सुन प्रकरण र हत्या मुद्दामा अभियक्तको पक्षमा बहस गर्ने प्रदेश १ को का एकजना प्रदेशसभा सदस्यलाई स्पष्टिकरण सोधिने भएको छ । संसद नियमावलीको उल्लंघन गरेको भन्दै प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीलार्ई पार्टी संसदीय दलको बैठकले लिखित स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । अधिकारी तत्कालीन एमालेबाट उम्मेदवार भएका मोरङ २ को ‘ख’ बाट निर्वाचीत प्रदेशसभा सदस्य हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहीबार बसेको प्रदेश १ को संसदीय दलको बैठकले प्रदेशसभा अधिकारीलाई सुन तस्करी र हत्या मुद्दामा अदालतमा बहस गरेको विषयमा लिखित स्पष्टिकरण सोध्न निर्णय गरेको हो। कानुन व्यवसायी समेत…

Read More

क्यान्सर अस्पताल निर्माणका मुख्यमन्त्री राउतलाई आग्रह

क्यान्सर अस्पताल निर्माणका मुख्यमन्त्री राउतलाई आग्रह

अनिल पोखरेल, राजविराज । सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माणका लागि प्रदेश २ का मुख्य मन्त्री लालवावु राउतलाई स्थानीयले आग्रह गरेका छन् ।  विश्व धुम्रपान रहित दिवसका अवसरमा नेपाल अर्वुद रोग निवारण संस्थाले विहिवार सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा उपस्थित भएका मुख्यमन्त्री राउतलाई यस्तो आग्रह गरिएको हो । नेपाल अर्वुद रोग निवारण संस्था सिरहाका जिल्ला अध्यक्ष अशोक अमात्यले २०७० साल फागुन १० गतेदेखि लहानमा क्यान्सर केयर सेन्टर स्थापना गरी भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक समेत झिकाएर क्लिनिक सञ्चालन भईरहेको जानकारी दिदै त्यसलाई क्यान्सर अस्पतालमा रुपान्तरणका लागि आग्रह गरे । उनले भने –‘अस्पतालका…

Read More

यी नायिका जसले एकअर्कालाई देखिसहँदैनन्

यी नायिका जसले एकअर्कालाई देखिसहँदैनन्

बलिउडका कतिपय अभिनेत्री एकअर्कालाई देखी सहँदैनन्। ‘टप अभिनेत्री’ बन्ने होडबाजीमा उनीहरूबीच ‘क्याट फाइट’ चलिरहन्छ। फिल्मका अफरदेखि ब्याइफ्रेन्डका कारण एकअर्कालाई मन नपराउने थुप्रै छन् बलिउडमा। आज हामी यिनै नायिकाहरु बारे चर्चा गर्दैछौं जसको सम्बन्ध पानी बाराबारसम्मको छ । रानी-ऐश्वर्या अभिनेत्री रानी मुखर्जी र ऐश्वर्या रोयबीचको वैमनस्य पनि सबैलाई थाहा छ। यी दुईले नाक मात्र खुम्च्याउँदैनन्, एकअर्कालाई हेर्नै मन पराउँदैनन्। फिल्म ‘बन्टी और बबली’ को सुटिङताका रानी र अभिषेक बच्चनमा बढेको मित्रता यी दुई अभिनेत्री बीचको झगडाको कारण बन्यो। त्यसताका अभिषेक र रानीको अफेयरका समाचार मिडियामा आए। अभिषेककी आमा जया बच्चनले रानीलाई बुहारी…

Read More

अदालतमै नापियो अभियुक्तको लिंग

अदालतमै नापियो अभियुक्तको लिंग

सामान्यतया बलात्कार, हत्या, चोरी आदिजस्ता अभियोग लागेका अभियुक्तहरुको अदालतमा बयान लिइन्छ । अदालतमा बयान लिने क्रममा अभियुक्तसँग सोधपुछ र केरकार  गरेको समाचार त तपाईहरु सबैलाई अवगत नै छ । तर न्युजिल्याण्डमा चाहीँ बलात्कारका अभियुक्तको अदालतमै लिंग नापिएको छ । बलात्कारको अभियोगमा अदालतमा उपस्थित गराइएका एक पुरुषको मंगलबार अदालतभित्रै यौनांग मापन गरिएको हो । पीडित महिलाले अभियुक्तको लिंगको आकारका बारेमा प्रस्तुत गरेको दाबी प्रमाणका आधारमा अभियुक्तको लिंग नापिएको थियो । यस्तो अभियोग लागेका व्यक्ति वेलिंगटन नजिकैको कापिटी सहरका निर्वाचित काउन्सेलर हुन् । उनको नाम डेभिड स्कट हो । गत वर्ष एक…

Read More

धूम्रपान : सबैभन्दा बढी र कम गरिने देश

धूम्रपान : सबैभन्दा बढी र कम गरिने देश

फ्रान्समा सन् २०१६ को तुलनामा सन् २०१७ मा दश लाख मानिसहरूले धूम्रपान नगर्ने गरेको देखिएको छ। ‘पब्लिक हेल्थ फ्रान्स’का अनुसार धूम्रपान गर्ने व्यक्तिको संख्यामा त्यस्तो तीव्र कमी देखिएको हो। तर दशकौँदेखि धूम्रपानविरोधी नीतिहरू ल्याइएपनि अघिल्लो वर्ष गरिएको एउटा अध्ययनले विश्वव्यापी रूपमा चुरोट पिउने मानिसको संख्या बढ्दै गएको देखाएको थियो। सुर्तीजन्य पदार्थको प्रयोग विरुद्धको दिवसका सन्दर्भमा धूम्रपान बढी र कम हुने देशहरू बारे एक चर्चा। १) किरिबाटी टापु देश किरिबाटीमा धूम्रपानको दर विश्वकै उच्च रहेको छ। त्यहाँ जनसंख्याको दुईतिहाइ पुरुष र एकतिहाइभन्दा बढ्ता महिला चुरोट पिउँछन्। प्रशान्त क्षेत्रमा पर्ने उक्त टापुको…

Read More

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले पठाए २१ पेजको सर्कुलर (निर्देशनसहित)

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले पठाए २१ पेजको सर्कुलर (निर्देशनसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकम दाहाल प्रचण्डले २१ पेज लामो अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टी एकता प्रक्रियामा सामेल हुन सम्पूर्ण सदस्यहरुलाई अपिल गरेका छन् । पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकका निर्णयबारे पार्टी सदस्यहरुलाई जानकारी दिन अन्तरपार्टी निर्देशन जारी गरिएको हो । अन्तरपार्टी निदेृशनमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै ठाउँमा रहने जनाइएको छ । तर मुख्य सचिवालय धुम्बाराहीमा रहनेछ । दुवै कार्यालयमा अध्यक्ष तथा महासचिवको कार्यकक्ष रहने र केन्द्रीय सचिवालय धुम्बाराहीमा रहने तथा केन्द्रीय विभागहरु पेरिसडाँडामा रहने निर्णय भएको अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।…

Read More