चर्चित क्रिकेटर सन्दीप लामिछानेले यस्तो गीत गाए , सुन्नुहोस् (भिडियो सहित)

चर्चित क्रिकेटर सन्दीप लामिछानेले यस्तो गीत गाए , सुन्नुहोस् (भिडियो सहित)

सन्दीप लामिछाने क्रिकेटरमा मात्र सीमित रहेनन् । अब उनी गायक पनि बनेका छन् । उनले आफ्नो पहिलो गीत यूट्यूवमा रिलिज गरेका छन् । उदास थियो मेरो मन’ बोलको गीत उनले आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट रिलिज गरेका हुन् । विनोद तिमिल्सिनाले लेखेको गीतमा उनको आफ्नै कम्पोजिसन रहेको छ । क्रिकेटर सन्दीपले संगीतलाई आफ्नो दोस्रो सौख बताउने गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेरो प्रेरणास्रोत रहिआएको छ । मैदान भित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।’ सन्दीपले गाएको…

Read More

झापड हान्ने र झापड खाने प्रदेशसभा सदस्य निलम्वित हुदैँ

झापड हान्ने  र  झापड खाने प्रदेशसभा सदस्य निलम्वित हुदैँ

प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा मंगलबार भएको झापड प्रकरणलाई लिएर पार्टीभित्र विवाद बढेको छ । महोत्तरीकी प्रदेशसभा सदस्य मन्जु यादवले धनुषाका सदस्य किशोरी साहलाई एक झापड हानेकी थिइन् । प्रदेशसभा सदस्य किशोरी साहले यादवमाथि कारवाहीको माग गरेका छन् भने मञ्जुले भने दलका नेता सत्यनारायण मण्डलकै उक्साहटमा आफूमाथि दुर्व्यवहार भएपछि प्रतिवाद गरेकी छन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मण्डल र किशोरी साहले आफूलाई अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको र सहन नसकेपछि प्रतिवाद गरेको सांसदले  बताइन् । प्रदेशसभा भवनभित्र रहेको नेकपा संसदीय दलको कार्यालयमै भएको यो घटनापछि मण्डल र…

Read More

बनेपा नेश्नल हेल्थ फाउण्डेशनका प्रिन्सिपल ज्ञवाली पक्राउ

बनेपा नेश्नल हेल्थ फाउण्डेशनका प्रिन्सिपल ज्ञवाली पक्राउ

विना इजाजत कलेज सञ्चालन गरेर ठगी गरेको आरोपमा उक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बनेपा नेश्नल हेल्थ फाउण्डेशनका प्रिन्सिपल सुरज ज्ञवाली छन् । उनले कलेज खोलेर ८० जना विद्यार्थीसँग एक लाखदेखि डेढ लाख रुपैयाँसम्म ठगी गरेको आरोप लागेको छ । पीडित विद्यार्थीहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, बनेपाले जनाएको छ । ‘उनीविरुद्ध २० जना विद्यार्थीले आफुहरुलार्इ झुक्याएर नर्सिङ पढाउने गरेको भन्दै एक लाखभन्दा बढी रकम उठाएको लिखित उजुरी परेको छ’, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनलजग शाहले भने, ‘अन्य पीडितहरुले मौखिक…

Read More

प्रमको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाउने तयारी

प्रमको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाउने तयारी

दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा एक जोडी गैँडा हस्तान्तरण गर्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले दुई जोडी गैँडा नियन्त्रणमा लिएर सौराहामा बुमामा राखिएको जनाउँदै सकेसम्म प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हस्तान्तरण गरिने तयारी गरिएको बताउनुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चीनका अधिकारीलाई जहाजको ढोकाको आकार र प्राविधिक टोली पठाउन ताकेता गरिएको बताउँदै चितवन राष्ट्रिय निकुञ्जले खोरका लागि आवश्यक काठ तयार गरेर…

Read More

नेविसंघले मूल्यवृद्धिको विरोध गर्दै देशैभरका प्रशासनमा धर्ना

नेविसंघले मूल्यवृद्धिको विरोध गर्दै  देशैभरका प्रशासनमा धर्ना

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भ्रातृ सङ्गठन नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै देशैभरि धर्ना दिएको छ । नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै बुधवार दिउँसो देशैभरीका जिल्ला प्रशासन कार्यालयहरूमा धर्ना दिएको हो । यसअघि मङ्गलवार नेविसंघले मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दैै देशैभरीका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाएको थियो । अन्तर्राष्ट्रिय मूल्य समायोजनको नाममा सरकारले गैर–जिम्मेवार ढङ्गबाट बढाएको मूल्यवृद्धि तत्काल खारेज हुनुपर्ने नेविसंघले माग गर्दै आएको छ ।उसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको लगातार मूल्यवृद्धि भए विद्यार्थीहरूलाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन पनि माग गरेको छ ।सरकारलाई मूल्यवृद्धि खारेजका लागि…

Read More

डिस होमबाट विश्वकपको प्रत्यक्ष प्रसारण नेपाली कमेन्ट्रीमा हुने

डिस होमबाट विश्वकपको प्रत्यक्ष प्रसारण नेपाली कमेन्ट्रीमा हुने

डिस होमको एक्सन स्पोर्ट्स च्यानलले रुसमा सुरु हुन गइरहेको विश्कप फुटबलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । जसमा नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण हुने भएको छ ।वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन् । नेपालका लागि अधिकारिक प्रसारण डिस होम एक्सन स्पोर्ट्सले गर्ने भएका छन् । डिस होमले भने नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । यसबाहेक खेल सुरु हुनु अघि र खेल पछि पनि विभिन्न कार्यक्रमहरू डिस होमले प्रसारण गर्ने भएको हो। खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केही चर्चित व्यक्तित्वहरुपनि आबद्ध हुने भएका छन्…

Read More

बलात्कारीलाई जोगाउन नक्कली कागज बनाउने वीर अस्पतालका कर्मचारीविरुद्ध मुद्दा

बलात्कारीलाई जोगाउन नक्कली कागज बनाउने वीर अस्पतालका कर्मचारीविरुद्ध मुद्दा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सेवा आयोगका सचिव लक्ष्मण अर्याल र रेडियोग्राफर कृष्णप्रसाद तिमल्सिनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई बचाउन कीर्ते कागजात बनाउन ५० हजार घुस लिएको अभियोगमा मुद्दा दायर गरेको हो । अख्तियारले जबरजस्ती करणीका अभियुक्त उद्धवप्रसाद नेपाललाई जोगाउन कीर्ते कागज बनाएको अभियोग लगाएको छ । सचिव अर्याल र रेडियोग्राफर तिमल्सिना ले जबर्जस्ती करणी मुद्दाका प्रतिवादी नेपाललाई जोगाउन ५० हजार घुस लिई नक्कली उपचार प्रतिवेदन बनाएको अख्तियारले जनाएको छ ।नेपालमाथि करणीको अभियोग लागेको बेला उनी अस्पतालमा उपचाररत रहेको…

Read More

सांसदले सांसदलाई झापड हानेपछि ..

सांसदले सांसदलाई झापड हानेपछि ..

प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा सांसदलाई झापड प्रहार गरेको घटना सार्वजनिक भएको छ । मंगलबार प्रदेशसभा बैठक सकिएपछि संसदीय दलको कार्यालयमा तत्कालीन एमालेका समानुपातिक सांसद मञ्जु यादवले धनुषाको क्षेत्र नं १ क बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी हुन्। दलको कार्यालयमा सांसदहरुको योजना टाइप गर्ने क्रममा भएको विवादमा यादवले महतोलाई झापड हानेको नेकपाका सांसदहरु बताउँछन्। पार्टीका सांसदहरुले बुझाएको योजना मन्त्रालय पठाउन कम्प्युटरमा टाइप गर्ने व्यक्तिसित सांसद यादवको विवाद चुलिएको थियो। सांसद यादवले आफ्नो योजना आफैं टाइप गर्ने बताएपछि उनीहरुबीच विवाद बढेको थियो।कम्प्युटर अपरेटरसँग सांसद यादवको सामान्य भनाभन…

Read More

राष्ट्रियसभामा पाण्डे मनोनीत

राष्ट्रियसभामा पाण्डे मनोनीत

राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनीत भएका छन्।कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन्।पार्टी संसदीय दलको विधान ९संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १२ को उपधारा ९१० बमोजिम उहाँलाई मनोनयन गरिएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिएका छन्।

Read More

प्राथमिकतामा पर्न नसकेको यार्सागुम्बा

प्राथमिकतामा पर्न नसकेको यार्सागुम्बा

हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन। नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हुदैँ आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्था गर्न सकेको छैन।यार्सागुम्बा हाल हिमाली भेगका झण्डै दुई दर्जन जिल्लाका हजारौँ मानिसको आम्दानीको राम्रो स्रोतका रुपमा स्थापित हुँदै गएको छ। यार्सागुम्बा संकलनका समयमा त्यस क्षेत्रका पूरै परिवार नै संकलन कार्यमा संलग्न हुने गरेका छन्। सरकारले हाल यार्सागुम्बामा प्रतिकेजी २५ हजार राजश्व लिने गरेको छ। आर्थिक वर्ष २०७२ ७३ मा डोल्पामा २४५…

Read More