राजविराजमा यसरी मनाइयो बालश्रम विरुद्ध विश्व दिवस

राजविराजमा यसरी मनाइयो बालश्रम विरुद्ध विश्व दिवस

अनिल पोखरेल , राजविराज  । बालश्रमको प्रयोग नगरौँ, युवा रोजगारलाई प्रवर्द्धन गरौँ भन्ने नाराका साथ मङ्गलवार राजविराजमा बालबालिकाहरूले प्रभात फेरी र बक्तृतवकला प्रतियोगिता गरेर १८औं बालश्रम विरुद्ध विश्व दिवस मनाइयो । राजविराज नगरपालिकाको सहयोगमा नगरस्तरिय बाल सञ्जालद्वारा निकालिएको प्रभात फेरीले बालश्रमविरुद्ध नारा लगाउँदै नगर परिक्रमा गरेको छ । प्रभात फेरीसँगै बालबालिकाहरूले श्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गर्दै पसलहरूमा पर्चा, पोस्टर वितरण गरे । नगरपालिकाको सभाकक्षमा आयोजित बक्तृत्वकला प्रतियोगितामा वडा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विजेताहरूलाई प्रमुख प्रशासकिय अधिकृत चन्द्रबहादुर कार्की, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, गायतले पुरस्कार वितरण गरे…

Read More

उत्तर कोरियामा किन देखाइएन ट्रम्प–किम ऐतिहासिक वार्ता ?

उत्तर कोरियामा किन देखाइएन ट्रम्प–किम ऐतिहासिक वार्ता  ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनको मंगलबार सिंगापुरमा भएको शिखर वार्ताले संसारभर कभरेज पायो। विश्वभरका सञ्चारकर्मीले सिंगापुर पुगेर तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीमार्फत प्रकाशन तथा प्रशारण गरे। तर, भेटवार्तासँग प्रत्यक्ष जोडिएको उत्तर कोरियामा भने ट्रम्प–किम भेटबारे कुनै खबरहरु प्रशारण भएनन्। बीबीसीका अनुसार जुन बेला उत्तर कोरियाको संसारभर चर्चा भइरहेको छ, ठिक त्यही समयमा उत्तर कोरियाली समाचार च्यानलमा किम सिंगापुरको भ्रमणमा रहेको मात्र प्रशारण भइरहेको थियो। उनी ट्रम्पलाई भेट्न गएका हुन भने कुरा कही उल्लेख गरिएको छैन्। उत्तर कोरियाको सरकारी टेलिभिजन च्यानल कोरियन सेन्ट्रल टेलिभिजन –केसीटिभी)ले…

Read More

तीन दिनका लागि विद्यालय बन्द

तीन दिनका लागि विद्यालय बन्द

 तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनसम्म गर्मी बिदा हुने भएको छ । शिक्षा समितिको आज बसेको बैठकले चर्को गर्मीका कारणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको र अध्यापन कार्यपनि प्रभावकारी नभएकाले बिदा दिने निर्णय गरिएको संयोजक देवराज विकले बताए ।उनले वार्षिक विदाबाट कट्टी हुने गरी आगामी असार १ गतेसम्मका लागि बिदा गरिएको पनि बताए । अचानक गर्मी बढ्दा विद्यार्थीलाई असर परेको भन्दै विभिन्न विद्यार्थी संगठन, अभिभावक र सरोकारवालाले विदाका लागि आवाज उठाउँदै आएका थिए ।

Read More

आइएमईले मनायो आफ्नो १८ औँ वार्षिकोत्सव

आइएमईले मनायो आफ्नो १८ औँ वार्षिकोत्सव

आइएमईले आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मुख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिब २० हजार व्यावसायिक साझेदारहरूको साझा सञ्जाल निर्माण गरेको छ । त्यसैले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका साथ यसपटकको वार्षिकोत्सव मनाएको हो ।१८औँ वर्षसम्म आइपुग्दा आइएमईले रेमिटेन्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखिराखेको छ । आइएमईको साख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’ मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरेको छ।१८औं वार्षिकोत्सवका अवसरमा काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक…

Read More

माछापुच्छ्रे बैंकको सिईओमा सुमन शर्मा

माछापुच्छ्रे बैंकको सिईओमा सुमन शर्मा

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् ।२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरि एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपदमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यस अघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।

Read More

शिवम् सिमेन्टले ल्यायो प्रिडिक्ट एण्ड विन योजना

शिवम् सिमेन्टले ल्यायो प्रिडिक्ट एण्ड विन योजना

शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ को अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई मध्यनजर गर्दै विश्वकप विजेताको भविष्यवाणी गरी आकर्षक पुरस्कार जित्ने योजना अघि सारेको छ ।हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरूको घोषणा गरी उक्त भविष्यवाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्न सक्ने शिवम् सिमेन्टले बताएको  छ । यस खेलमा सहभागी हुन सहभागीहरूले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रिडिक्ट एण्ड विन को पोस्टको लिङकमा गर्ई हरेक दिन हुने म्याचहरूको सम्भावित विजेता र गोल स्कोर भविष्यवाणी गर्नुपर्ने बताएको छ । हरेक दिन हरेक खेलमा आएको उत्तरहरू मध्ये सही…

Read More

एनआईसी एशियाको सर्लाहीमा थप दुई शाखा संचालनमा

एनआईसी एशियाको सर्लाहीमा थप दुई शाखा संचालनमा

एनआईसी एशिया बैंकले सर्लाहीको बरहथवामा र बागमतीमा थप दुई शाखा संचालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमका विच बरहथवाका उद्योग वाणिज्य संघका अध्यक्ष  निरन्जन प्रसाद दासबाट बरहथवा शाखाको र बागमती नगरपालिकाका मेयर  भरत कुमार थापाबाट बागमती शाखाको विधिवत् समुद्घाटन सुसम्पन्न गरी संचालनमा ल्याएको बैक द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ।यसै साथ झापा जिल्ला बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले शाखारहित बैंकिङ्ग सेवा समेत संचालनमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित…

Read More

यी हुन स्तनपान गराउँदा आमा र बच्चा दुवैलाई हुने फाइदा

यी हुन स्तनपान गराउँदा आमा र बच्चा दुवैलाई हुने फाइदा

बढ्दो आधुनिकतासँगै महिलाहरुले आफ्नो बच्चालाई स्तनपान गराउन छोडेका छन् । जुन आमा र बच्चा दुबैको लागि राम्रो होइन । नयाँ पुस्ताका आमाहरु शरीर बिग्रने डरमा बच्चालाई कृतिम धुन खुवाउने गर्छन् । आफ्नो आमाको दुध राम्रोसँग खान नपाएका भएपनि बालबालिकाहरू बजारमा पाइने विभिन्न आहार खानाले मोटोघाटो देखिने गरेका छन् । अझ विकसित देशहरूमा त बच्चाको मोटोपन मुख्य समस्या नै बनेको छ । तर बच्चाले लामो समयसम्म आमाको दुध खान पाएको अर्थात स्तनपान गर्न पाएको भएमा उसमा मोटोपन निकै कम हुने अनुसन्धानले देखाएको छ । जापानमा ४३ हजार बच्चाहरूमा गरिएको अध्ययनमा जो…

Read More

खुकुरी देखाएर ज्यान लिने धम्की दिने वडाध्यक्ष पक्राउ

खुकुरी देखाएर ज्यान लिने धम्की दिने वडाध्यक्ष पक्राउ

डेढ वर्षअघि महिलालाई खुकुरी देखाएर ज्यान लिने धम्की दिएका एक वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा दोषी ठहर्‍याइएका जाजरकोट भेरी नगरपालिका– १२ का वडाध्यक्ष निमबहादुर भनारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । भेरी नगरपालिका– १२ ही शितला रावतले २०७३ फागुन १७ गते मदिरा सेवन गरेर भनारीले आफुलाई खुकुरी देखाएर गाली गलौज गरी ज्यान लिने धम्की दिएको भन्दै सार्वजनिक अपराध अन्तर्गत स्थानीय प्रशासनमा जाहेरी दिएकी थिइन् । घटना लगत्तै खुकुरीसहित पक्राउ परेका वडा अध्यक्ष भनारी १० दिन प्रहरी हिरासतमा बसेर तारेखमा छुटेका थिए । वडाध्यक्ष नहुँदै भएको घटनाको वडाध्यक्ष…

Read More

प्रभावकारी नभएको भन्दै ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव

प्रभावकारी नभएको भन्दै ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव

विभिन्न ७ देशमा जान लागु गरिएको फ्रि भिसा फ्रि टिकटको प्रावधान पुनरावलोकन गर्न राष्ट्र बैंकले सुझाव दिएको छ । सरकारले मलेसियासहित ७ देशमा जाने नेपाली कामदारका लागि फ्रि भिसा र टिकट प्रावधान लागु गरेको थियो । यो व्यवस्थाले विदेश जाने कामदारको लागतमा कमी आए पनि प्रभावकारी नभएको उसको ठहर छ । अहिले पनि झण्डै २ तिहाइ कामदारले न्यूनतम शूल्क भन्दा बढी रकम तिर्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्रबैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ ‘निशुल्क भिसा र टिकटको प्रावधानले वैदेशिक रोजगारीमा जाने खर्चमा उल्लेख्य कमी…

Read More