प्रेम विवाह गरेकी केटी फिर्ता गरेपछि लफडा , प्रहरी र स्थानीयबिच ढुङ्गामुढा

प्रेम विवाह गरेकी केटी फिर्ता गरेपछि लफडा , प्रहरी र स्थानीयबिच  ढुङ्गामुढा

गढवा गाउँपालिका-६, गढवामा शुक्रबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा दुई प्रहरीसहित नौ जना घाइते भएका छन् । जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका गढवा-६ का २२ वर्षीय डम्बरप्रताप यादवको रिहाईको माग गर्दै स्थानीय बासिन्दाले ईलाका प्रहरी कार्यालय घेराउ गरी ढुङ्गामुढा गरेका थिए । ढुंगा प्रहारबाट प्रहरीतर्फ सई कमल आचार्य र हवल्दार दौलतसिंह बुढा घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख पञ्चलाल गोलेले जानकारी दिएका छन् । प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा स्थानीय सहजदेव यादव, मञ्जीला यादव, सतवर यादव, गीता यादव, सञ्जिता यादव, अनवर अलि र मालिकराम यादव घाइते भएका छन् । एक किशोरीमाथि…

Read More

जस गिमिनेजको ८९औं मिनेटको गोलले उरुग्ये विजयी, सलाहले आशु झारे

जस गिमिनेजको ८९औं मिनेटको गोलले उरुग्ये विजयी, सलाहले आशु झारे

इजिप्टलाई १–० ले पराजित गर्दै उरुग्वेले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत रुसको इकाटेरिनबर्ग एरिना रंगशालामा केहिबेर अगाडि सकिएको खेलमा अन्तिम समयमा गोल खार्दै इजिप्ट पराजित हुन पुग्यो। उरुग्वेका लागि खेलको ९० औं मिनेटमा डिफेन्डर जस गिमिनेजले फ्रिकिक मार्फद उत्कृष्ट हेड गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए। खेलको अन्तिमसम्म उरुग्वेलाई रोकेको इजिप्टले ९० औं मिनेटमा भने गोल खान पुगेको थियो। खेलअवधिभर दुवै टोलीले पाएका केही सुन्दर अवसर सदुपयोग गर्न भने सकेनन्। खेल अवधिभर इजिप्टलाई दबाबमा राखेपनि उरुग्वेले गोल गर्न अन्तिम समयसम्म कुर्नुपरेको थियो। आजको खेलमा च्याम्पियन्स लिग अन्तर्गत…

Read More

उपत्यकामा लोडसेडिङ छैन तर दैनिक ७ पटक जान्छ लाईन, सेवाग्राही पुग्दा कार्यलय खाली (भिडियो सहित)

उपत्यकामा लोडसेडिङ छैन तर  दैनिक ७ पटक जान्छ लाईन, सेवाग्राही पुग्दा कार्यलय खाली (भिडियो सहित)

नवराज श्रेष्ठ / टिभी अन्नपूर्ण नेपाल विद्युत् प्राधिकरणमा पुग्दा एकै दिन कार्यालय प्रमुख, लेखा प्रमुख, प्रशासन प्रमुख र सूचना अधिकृत सहित ६ जना कर्मचारी अनुपस्थित भएको पाइएको हो । कार्यालयका प्रमुख सुरज रेग्मी, इन्जिनियर दीपक अधिकारी, सहायक लेखा अधिकृत सरोज घिमिरे, लेखापाल रामकुमार बोगटी, सुपरभाईजर विनोद कुमार श्रेष्ठ, रत्न बहादुर कंडेल एकै दिन कार्यालयमा अनुपस्थित भएका हुन् । ती मध्ये कार्यालय प्रमुख सुरज रेग्मीले निमित्त दिएर बिदामा बसेको पत्र प्रशासनमा बुझाए पनि कति दिन बिदामा बसेको सो को कुनै उल्लेख नभएको पाइएको हो । यसै गरी निमित्त कार्यालय प्रमुख पनि…

Read More

४ महिनाकी गर्भवतीको महिलाको हत्या, हप्तापछि भेटियो ट्वाइलेटमा शव

४ महिनाकी गर्भवतीको महिलाको हत्या, हप्तापछि भेटियो ट्वाइलेटमा शव

अनिल पोखरेल, राजविराज । सप्तरी राजविराजमा ज्वाइँको हत्या प्रकरणको २४ घण्टा नबित्दै एक गर्भवतीको हत्या भएको छ । राजविराज वडा नम्बर १५ मुसहर्नियाकी ४ महिने गर्भवती १७ वर्षीया वेचनकुमारी शाहलाई हत्या गरी ट्वाइलेटको रिङमा हालेको अवस्थामा शुक्रवार शव प्रहरीले बरामद गरेको होे । गर्भवती रहेकी बेचनकुमारीको शव कुहिएर दुर्गन्ध फैलिएपछि घटना बारे खुलासा भएको छ । ५/६ दिनअघि नै उनको हत्या भएको अनुमान प्रहरीले छ । स्थानीयले दुर्गन्ध आएपछि खोजी गर्ने क्रममा ट्वाइलेटको रिङमा बेचनीकुमारीको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका…

Read More

बजेटमा हिन्दी भाषा समावेश गरिएको भन्दै प्रदेश २ को संसद अवरुद्ध

बजेटमा हिन्दी भाषा समावेश गरिएको भन्दै प्रदेश २ को संसद अवरुद्ध

प्रदेशसभा २ को बजेटमा असहमति जनाउदै प्रमुख पतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले संसद अवरोध गरेको छ । उनीहरुले संसदमा बजेट टेबुल हुन अवरोध गरेका हुन् । बजेटमा हिन्दी भाषा समावेश गरिएको, मन्त्रीमुखी कार्यक्रम ल्याइएको, निर्वाचन क्षेत्र विकास कार्यक्रममा रकम अपुग भएको भन्दै उनीहरुले स‌ंसद अवरुद्ध गरेका हुन् ।प्रदेश सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रममा ७५ लाख रुपैयाँ विनियोजन गरेको छ तर विपक्षीले १ करोड बनाउन माग गरेका छन् ।

Read More

तनहुँमा बस दुर्घटना १ को ज्यान गयो, सात जना घाईते

तनहुँमा बस दुर्घटना १ को ज्यान गयो, सात जना घाईते

तनहुँको सराङघाटबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३७०१ नम्बरको यात्रुवाहक बस शुक्रबार दिउँसो सोँडे पुलनजिकै दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते छन् ।सडकबाट झण्डै २० मिटर तल खसेको बसका घाइतेदानबहादुर ठकुरीट गाउँपालिका २ बैदीका ५० वर्षीयका दानबहादुर ठकुरीको उपचारका क्रममा दमौली अस्पतालमा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा घाइतेमध्ये चिन्ताजनक अवस्थाका तीनलाई पोखरा रिफर गरिएको छ ।सल्यान त्रिवेणी गाउँपालिका ५ का १६ वर्षीय चुडामणी घर्ती, सोही ठाउँका ३० वर्षीय नरबहादुर रोका र शुक्लागण्डकी नगरपालिका १० का २५ वर्षिया अनिसा भन्ने दिलमाया आलेलाई…

Read More

तीन लाख घुस सहित सहायक वन अधिकृत पक्राउ

तीन लाख घुस सहित सहायक वन अधिकृत पक्राउ

कपिलबस्तुमा एक ब्यक्ति तीन लाख घुस सहित पक्राउ परेका छन् । ईलाका बन कायालय जवाबैराठका सहायक बन अधिकारी ब्रम देव महतो अधिकारी अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीबाट लिएको तीन लाख घुस सहित अख्तियार बुटवल द्वारा पक्राउ गरेको हो ।

Read More

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

विकास निर्माणमा जनप्रतिनिधिले ध्यान दिन नसकेको गुनासो आइरहेको बेला वडाअध्यक्षलाई सेवा दिने भन्दै मोटरसाइकल वितरण गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकाले ६ वटै वडा अध्यक्षलाई यमाहा कम्पनीका १ सय ५० सिसीको ६ वटा मोटरसाइकल वितरण गरेको हो । वडाअध्यक्षलाई सेवा सुविधा दिने र सेवामा थप सहजता ल्याउन मोटरसाइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष बलिराम डगौराले बताए । डगौराले यस अघिनै ६१ लाखको स्कार्पियो कार खरिद गरी सकेका छन् भने उपाध्यक्षलाई स्कुटर दिइएको थियो । छिमेकी गाउँ र नगरपालिकामा विकास निर्माणका काममा तीव्रता दिइएको बेला डगौराले अब अर्को कार्यक्रममा वडा सदस्यलाई समेत…

Read More

कर्णाली प्रदेशको बजेट २८ अर्ब २८ करोड, चालूभन्दा पूँजीगत विकास बजेट तेब्बर बढी(पूर्ण पाठसहित)

कर्णाली प्रदेशको बजेट २८ अर्ब २८ करोड, चालूभन्दा पूँजीगत विकास बजेट तेब्बर बढी(पूर्ण पाठसहित)

गरीब प्रदेशको रुपमा चिनिएको कर्णाली प्रदेश सरकारले चालूभन्दा पूँजीगत विकास बजेट तेब्बर बढी विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ विनियोजन गरिएको छ । विनियोजितमध्ये चालूतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार रुपैयाँ र पुँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्ण पाठ  

Read More

प्रदेश ७ सरकारको २५ अर्बको पहिलो बजेट,पूर्वाधार,कृषि र पर्यटन विकासमा जोड(पूर्ण पाठसहित)

प्रदेश ७ सरकारको २५ अर्बको पहिलो बजेट,पूर्वाधार,कृषि र पर्यटन विकासमा जोड(पूर्ण पाठसहित)

प्रदेश ७ सरकारले आगामी आर्थिक बर्षको बजेट संसदमा प्रस्तुत गरेको छ । अर्थ मन्त्री झपट बोहरालले प्रदेश सभामा आर्थिक वर्ष २०७५/०७६ को २५ अर्व ६ करोड बराबरको बजेट प्रस्तुत गरेका हुन् । बजेटमा पुर्वाधार विकास, कृषि र पर्यटनलाई प्राथमिकता दिईएको छ।   प्रदेश सभाको बैठकमा २०७५ साल असार १ गते शुक्रवार आर्थिक मामिला तथा योजना मन्‍त्री झपट बहादुर वोहराले प्रस्तुत गर्नुभएको   आर्थिक वर्ष २०७5/७6 को बजेट वक्तव्य   प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्‍‍त्रालय प्रदेश नं. ७ धनगढी, कैलाली माननीय सभामुख महोदय, प्रदेश सरकारको पहिलो पूर्णकालिन अवधिको आर्थिक…

Read More