सञ्चयकर्तालार्ई कसरी राम्रो सुविधा दिने र पहुँच विस्तार गर्ने मेरो पहिलो प्राथमिकता हो : रौनियार

सञ्चयकर्तालार्ई कसरी राम्रो सुविधा दिने र पहुँच विस्तार गर्ने मेरो पहिलो प्राथमिकता हो : रौनियार

कर्मचारी सञ्चयकोषका कामु प्रशासक दीपक रौनियारसँग कोषका प्राथमिकता र संस्थाका चुनौतीहरूबारे भएको विशेष कुराकानीः कोषको आगामी कार्ययोजनालाई कसरी अघि बढाउँदै हुनुहुन्छ ? कोषलाई म आएपछि गति दिने प्रयास गरेको छु। कोषले आजको दिनसम्म दुई सय ५६ अर्ब रुपैयाँ पुँजी परिचालन गर्ने मुलुककै सबैभन्दा ठूलो वित्तीय संस्था हो। हाम्रो प्रमुख दायित्व यसका सञ्चयकर्ता नै हुन्। हाल संस्थामा साढे पाँच लाख सञ्चयकर्ता आबद्ध छन्। सञ्चयकर्तालाई कसरी राम्रो सुविधा दिने, पहुँच विस्तार गर्ने मेरो पहिलो प्राथमिकता हो। सञ्चयकर्तालाई राम्रो र गुणस्तरीय सेवा सुविधा दिनु नै कोषको पहिलो दायित्व हो। सञ्चयकर्ताको सर्वोपरी हित हाम्रो…

Read More

घुस लिँदै गर्दा बिद्युत प्राधिकरणका भगत पक्राउ

घुस लिँदै गर्दा बिद्युत प्राधिकरणका भगत पक्राउ

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक श्यामकिशोर भगतलाई आज पक्राउ गरेको छ । मिटरको क्षमता बढाइदिने भन्दै सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले कलैयाबाट उनलाई पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।

Read More

१८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोली घोषणा, कोको परे ?

१८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोली घोषणा, कोको  परे ?

इण्डोनेसियामा हुने १८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोली घोषणा भएको छ । २० सदस्यीय नेपाली टोलीमा तीन सिनियर खेलाडी किरण लिम्बु, रोहित चन्द र भरत खवास छन् । गोलकिपरमा एलन न्यौपाने र सोजित गुरुङ छन् भने डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरब बुढाथोकी र छिरिङ गुरुङ छन् । मिडफिल्डमा हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिशेष रिजाल र तेज तामाङ छन् । फवार्डमा भरत खवाससँगै सुनिल बम, सुमन लामा र विमल घर्ती मगर छन् ।

Read More

सवारी साधनको जरिवाना शुल्कमा भारी वृद्धि

सवारी साधनको जरिवाना शुल्कमा भारी वृद्धि

 काठमाडौं महानगरपालिकाले अनाधिकृत स्थलमा पार्किङ गर्ने सवारीसाधनको जरिवाना शुल्कमा भारी वृद्धि  गरेको छ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५–७६ को  बजेट मार्फत अनाधिकृत पार्किङ गर्ने दुईपाङग्रे सवारीसाधन मोटरसाइकलको जरिवाना शुल्क  एक हजारबाट वृद्धि गरेर १५ सय रुपैयाँ पुर्‍याएको छ। अनाधिकृत रुपमा  पार्किङ गर्ने तीन पाङ्गे सवारीसाधनको पार्किङ शुल्क एक हजार रुपैयाँबाट बढाएर २५ सय रुपैयाँ पुर्‍याएको छ। त्यस्तै गरी चारपाङग्रे हलुका सवारीसाधनको अनाधिकृत रुपमा पार्किङ गरेमा तीन हजार रुपैयाँ जरिवाना रकम तोकेको छ । त्यस्तै गरी चार पाङ्ग्रे ठूला सवारीसाधन अनाधिकृत पार्किङ गर्नेलाई पट्के पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ ।…

Read More

पानामाविरुद्ध इङ्ल्यान्ड ६-१ ले विजयी , केनले गरे ह्याट्रिक

पानामाविरुद्ध इङ्ल्यान्ड  ६-१ ले विजयी , केनले गरे ह्याट्रिक

 स्ट्राइकर ह्यारी केनको ह्याट्रिक प्रेरित खेलमा पानामालाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै इङ्ल्याण्ड रसिया विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। निज्नी नोभगोरोड रंगशालामा आइतबार सम्पन्न समूह जी को खेलमा इङल्याण्डका लागि बाँकी ३ गोल जोन स्टोनीस र जेसी लिङगाडको नाममा रह्यो। पानामाका लागि फिलिप बलोएले एक सान्तवना गोल फर्काए।  इङ्ल्याण्डका लागि खेलको ८ औं मिनेटमा जोन स्टोनीसले कर्नर बलमा हेड गोल गर्दै टोलीलाई अग्रता दिलाए। इङ्ल्याण्डका लागि दोस्रो गोल खेलको २२ औं मिनेटमा ह्यारी केनले गरे। पानामाका  फिडेल इस्कोबारले इङल्याण्का जेसी लिङगाडलाई डि बक्समा लडाएपछि पाएको…

Read More

सेनेगल र जापान आामने–सामने हुँदै, दुवै दाेस्राे जितकाे भिडन्तमा

सेनेगल र जापान आामने–सामने हुँदै, दुवै  दाेस्राे जितकाे  भिडन्तमा

 समूह ‘एच’ अन्तर्गत आइतबार हुने अर्के खेलमा सेनेगल र जापान आामने–सामने हुँदै छन् । पहिलो खेलमा जित हात पार्दै रूस विश्वकप यात्राको सुखद सुरुआत दिलाएका दुवै टोली लगातार दोस्रो विजयी नतिजा निकाल्दै अन्तिम १६ प्रवेशका साथै समूहविजेताको दाबेदारीसमेत बलियो पार्न चाहन्छन्। सन् २००२ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा पक्का गर्दा टोलीको कप्तानी गरेका ओलियौ सेसे प्रशिक्षकका रूपमा समेत उक्त उपलब्धि दोहोर्याउन चाहन्छन् ।’ रूस विश्वकपमा अफ्रिकन राष्ट्रमध्ये पहिलो चरणमा सुखद सुरुआत गर्ने सेनेगल पहिलो टोली बनेको थियो ।‘पहिलो खेलमा हात पारेको जितले टोलीको मनोबल बढेको छ । हामी जापानविरुद्ध सोही लयलाई…

Read More

पानामाविरुद्ध गोलको वर्षा, इंगल्याण्डले गर्यो पहिलो हाफमै ५ गोल

पानामाविरुद्ध गोलको वर्षा, इंगल्याण्डले गर्यो पहिलो हाफमै ५ गोल

विश्वकप फुटवलको समूह जी अन्तर्गतको खेलमा इंग्ल्याण्डले पानामाविरुद्ध पहिलो हाफमै पाँच गोल गरेको छ ।खेलको आठौं मिनेटमा स्टोन्सको गोलबाट अग्रता लिएको इंगल्याण्डका लागि २२ औं मिनेटमा हृयारी केनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि ३६ औं मिनेटमा लिंगाड, ४० औं मिनेटमा स्टोन्सले गोल गरे भने पहिलो हाफको अतिरिक्त समयमा फेरि केनले नै पेनाल्टीमार्फत अर्को गोल थपे ।

Read More

राईस मिलको जग्गा बचाउन युवाहरूद्वारा धर्ना

राईस मिलको जग्गा बचाउन युवाहरूद्वारा धर्ना

अखिलेश कुमार यादव, रौतहट । रौतहट जिल्लाको गौरवको रूपमा रहेको राइस मिललार्इ भुमाफियाबाट बचाउनको लागि जस्तो सुकै संघर्ष गर्न तयार रहेको नेकपाका प्रभावसाली नेता शम्भु साहले बताएका छन् । राइस मिलमा रहेको खेल मैदानलाई बचाउनको लागि रौतहटको युवाहरूले धर्ना कार्यक्रम सुरु गरेका छन् । राइस मिल खेल मैदान बेच्ने कार्यक्रममा संलग्न जो सुकैलार्इ पनि नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन् । नेकपाका नेता शम्भु साह ,युवा नेता रवि मिश्र ,सन्तोष यादव,सितान्शु सिंह ,प्रमोद साह लगायत युवाहरूको सहभागितामा आज धर्ना कार्यक्रम सुरु भएको हो। राइस मिल खेल मैदानलाई भुमाफिया लाइै बेच्ने कार्यमा…

Read More

 प्रभावकारी सेवाका लागि स्थानीय तहमा १० हजार कर्मचारी खटाउँछौँ : मन्त्री पण्डित

 प्रभावकारी सेवाका लागि स्थानीय तहमा १० हजार कर्मचारी खटाउँछौँ : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी अभाव खेपिरहेको स्थानीय तहका लागि १० हजार कर्मचारी पठाउने तयारी भइरहेको बताएका छन् । आइतबार बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै मन्त्री पण्डितले जनताले प्राप्त गर्ने सेवामा कुनै अवरोध नहुने गरी कर्मचारी परिचालन गर्ने बताए । राज्यलाई ढाँटेर र छलेर बसेका कर्मचारीले अब उन्मुक्ति नपाउने चेतावनी मन्त्री पण्डितको थियो ।मुलुकमा राजनीतिक संक्रमण सकिएपनि राज्यले कर्मचारी संक्रमण भोगिरहनुपरेको मन्त्री पण्डितको भनाइ छ ।

Read More

गृहमन्त्री थापाको निर्देशनमा काठमाडौंको कान्तिपथबाट बसपार्क सारिदै

गृहमन्त्री थापाको निर्देशनमा काठमाडौंको कान्तिपथबाट बसपार्क सारिदै

तीन दशकदेखि कान्तिपथ सडकलाई पर्यटकीय बसपार्कका रूपमा प्रयोग गर्दै आएका बस अब त्यहाँबाट हट्ने भएका छन् । राजधानीबाट देशका विभिन्न पर्यटकीय गन्तव्यमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक बोकेर आवतजावत गर्ने बसलाई सोह्रखुट्टेस्थित सडकमा सार्न लागिएको हो । बस आगामी असार १६ गते कान्तिपथबाट सोह्रखुट्टे सारिनेछ । गृह प्रशासन सुधार योजना बमोजिम गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा पर्यटक बसलाई अन्यन्त्र सार्न लागिएको हो ।पर्यटक बसपार्कलाई स्थानान्तरणका लागि काठमाडौँ महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा एउटा समिति गठन गरिएको थियो । जसमा ट्राफिक प्रहरी, सरोकारवाला निकाय र वडा प्रतिनिधि सहभागी थिए । काठमाडौँ…

Read More